काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो विजयी यात्रालाई आठौं खेलसम्म पनि कायम राखेको छ ।
शनिबार सम्पन्न खेलमा बायर्ननले बोरुसिया मोन्चेनगाल्डबाचविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।
लगातार आठौं जितसँगै आठ खेलमा २४ अंक जोडेको बायर्न शीर्ष स्थानमा छ । पराजित मोन्चेनगाल्डबाच समान खेलबाट तीन अंकका साथ पुछारमा छ ।
बोरुसिया पार्कामा पाहुना टोली बायर्नलाई जित दिलाउन जोसुआ किमिच, राफेल गुरेरोे र लेनार्ट कार्लले गोल गरे ।
जेन्स क्यास्ट्रोपले रातो कार्ड बेहोरेदै मैदान छाडेपछि मोन्चेनगाल्डबाच १९औं मिनेटमै १० खेलाडीमा समेटिएको थियो ।
पहिलो हाफ गोलरहित बारबरीमा सकिएको खेलको ६४औं मिनेटमा किमिचको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै गुरेरोले टोलीको अग्रता दोब्बर बनाए ।
कार्लले ८१औं मिनेटमा गोल गर्दै बायर्नलाई सहज जित दिलाए ।
शनिबारै सम्पन्न अन्य खेलमा उल्फसबर्गले ह्यामबर्गलाई १-०, आरबी लाइपजिगले औसबर्गलाई ६-०, इन्ट्रयाक्ट फ्रयांकफर्टले एफसी सेन्ट पौउलीलाई २-० र होफेनहेइमले हेइडेनहेइमलाई ३-१ ले पराजित गरे ।
