फाल्गुन २७, २०८२ बुधबार | ११:००:५७
राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना
शनिबारको दिन

आक्रामक बन्दै महिला क्रिकेट

काठमाडौं । अहिले भारतमा महिला विश्वकप चलिरहेको छ । महिलाको एकदिवसीय क्रिकेटमा विश्वको सबभन्दा ठूलो प्रतियोगिता । समूह चरणमा केही खेल बाँकी रहँदा नै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भइसकेको छ ।

प्रतियोगितामा कुल आठ टिम सहभागी रहेकोमा राउन्ड रोबिन पद्दतिमा सबैले एकअर्काविरुद्ध खेल्नु परेको थियो । समूह चरणमा अझै सबैको एक–एक खेल बाँकी छ । तर अंकतालिकाको समीकरणले सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लगाइसकेको छ । जसमा आयोजक भारतसँगै अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्ड छन् ।

सबैभन्दा अन्तिममा सेमिफाइनल प्रवेश गर्ने टिम थियो, भारत । यसमध्ये अस्ट्रेलिया साविक विजेता टोली हो । एक प्रकारले तिनै चार टिम सेमिफाइनल पुगे, जसबाट अपेक्षा थियो । प्रतियोगिताबाट बाहिरिनेमा न्युजिल्यान्ड, श्रीलंका, बंगलादेश र पाकिस्तान थिए । पाकिस्तान त यो प्रतियोगितामा अफ्नो नामको छविभन्दा बिल्कुल फरक सबैभन्दा कमजोर टिमका रुपमा प्रस्तुत भयो ।

महिला ब्याटर पुरुष जक्तिकै आक्रामक देखिन थालेका छन् । तिनीहरू पनि अगाडि बढेर निकै आक्रामक भएर चौका छक्का प्रहार गर्ने भइसकेका छन् ।

समूह चरणका केही खेल बाँकी हुँदा तय हुन बाँकी एउटा तथ्य चाँही सेमिफाइनलमा कसको प्रतिद्वन्द्वी को हुने भन्ने नै हो । त्यस अर्थमा बाँकी खेल पनि रोमाञ्चक हुने नै छन् । भलै त्यसबाट आउने नतिजा धेरै हदसम्म औपचारिक मात्र हुनेछन् ।

प्रतियोगिताको नियम अनुसार समूह चरणमा पहिलो हुने टिमले सेमिफाइनलमा चौथो हुनेको सामना गर्नेछ । अर्को सेमिफाइनलमा दोस्रो र तेस्रो हुने टिम भिड्ने छन् ।

अहिलेसम्म प्रतियोगिता जसरी अगाडि बढेको छ, त्यसमा पनि विश्व क्रिकेट खुसी छ । किन त ? यसको पनि स्पष्ट कारण छ । केही वर्ष अगाडिसम्म पनि महिला क्रिकेटमा खासै आकर्षण थिएन् । खालि खेल्नकै लागि खेल हुने जस्तो स्थिति थियो । धेरैलाई लागेको थियो, महिला त्रिकेट सुस्त हुने गर्छ, खासै आक्रामक  देखिन्न ।

तर यो छवि कम्तीमा यो विश्वकपबाट लगभग हटेको छ । एक त यस विश्वकपमा ठूल ठूला स्कोर देख्न पाइयो, २५० रनको लक्ष्य मज्जाले भेटिने स्थिति भएको छ । त्यति मात्र होइन, महिला ब्याटर पुरुष जक्तिकै आक्रामक देखिन थालेका छन् । तिनीहरू पनि अगाडि बढेर निकै आक्रामक भएर चौका छक्का प्रहार गर्ने भइसकेका छन् ।

सेमिफाइनल पुगेका चार टिममध्ये केहीमा ब्याटर असाध्यै माथिल्लो दर्जाका देखिएका छन् । उनीहरू एकसेएक सट प्रहार गर्न माहिर देखिएका छन् । महिला क्रिकेटका लागि यो सुखद पक्ष हो । यसले अबको दिनमा महिला क्रिकेटलाई लोकप्रिय हुन अझ बढी मदत मिल्नेछ । फेरि भारतमा भएका खेलमा दर्शकको उपस्थिती उत्साहजनक रहयो । जुन महिला क्रिकेटका लागि अर्को उल्लेखनीय पक्षका रुपमा स्थापित भएको छ ।