फाल्गुन ११, २०८२ सोमबार | ०८:२६:१२
एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

एनएसएलको दर्शक उत्साहले एन्फा जाग्ला ?

काठमाडौं । दर्शक रंगशाला धाउन छाडे भनेर नेपाली फुटबलले चिन्ता गर्न थालेको धेरै समय भइसकेको थियो । शीर्ष डिभिजनका टिमहरूबीच हुने लिग वा अन्य नकआउट प्रतियोगिताका प्रतिस्पर्धामा खाली प्यारापिट साक्षी हुने गथ्र्यो ।

घरेलु फुटबलमा त अवस्था दयनीय थियो नै । अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोली मैदान उत्रिँदा समेत दशरथ रंगशालाको प्यारापिटमा आधाभन्दा बढी सिट खाली हुन थालिसकेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हजारौं पास वितरण गर्दा पनि साढे १५ हजार दर्शक क्षमताको दशरथ रंगशाला नेपाली फुटबलका लागि ‘रुङग्राडो मे डे’ (उत्तर कोरियाको प्योङचाङमा रहेको १ लाख ५० हजार दर्शक क्षमताको विश्वकै सबैभन्दा ठूलो रंगशाला) झै हुन थालिसकेको थियो । जति दर्शक पुगे पनि नभरिने ।

क्षमताभन्दा केही हजार बढी दर्शकले ठेलमठेल गरेरै पनि ललितपुरले उपाधि जितेको खेल प्यारापिटमै बसेर हेरे । दोस्रो संस्करण गरिरहँदा समेत रंगशालाको राम्रो भेउ नपाएको आयोजकले टिकट बेचेर पनि रंगशाला छिर्न नपाएका केही हजार दर्शकलाई प्रतियोगिता सकिएपछि पनि पैसा फिर्ता गरिरह्यो ।

भर्खरै फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण दशरथ रंगशालाले सम्पन्न गरेको छ । अघिल्लो शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसी (लाखे) बीच सम्पन्न फाइनलमा नेपाली फुटबलको घर भनेर चिनिने दशरथ रंगशालाको प्यारापिट खचाखच भयो ।

क्षमताभन्दा केही हजार बढी दर्शकले ठेलमठेल गरेरै पनि ललितपुरले उपाधि जितेको खेल प्यारापिटमै बसेर हेरे । दोस्रो संस्करण गरिरहँदा समेत रंगशालाको राम्रो भेउ नपाएको आयोजकले टिकट बेचेर पनि रंगशाला छिर्न नपाएका केही हजार दर्शकलाई प्रतियोगिता सकिएपछि पनि पैसा फिर्ता गरिरह्यो ।

पास निकै सीमितमात्र वितरण गरिएको थियो । एन्फाको शीर्ष नेतृत्वले नै फाइनलको दिन ‘जीहजुरी’ गरिरहँदा पनि मागे जति पास पाएन । यसबाट त्यो बुझ्न कठिन थिएन । तथापि रंगशालाले त्यो दिनको दर्शक चाप थेग्न सकेन । त्रिपुरेश्वर धेरै वर्षपछि फुटबलले जुराएको भीडको आतिथ्यतामा रम्न पायो ।

एनएसएलको फाइनलमा ओइरिएका दर्शकले नेपाली फुटबलमा स्थापित हुनै लागिसकेको एउटा निराशाजनक भाष्य गलत साबित गरिरहेको थियो । ‘दर्शक अभावमा नेपाली फुटबल अब मर्न लागिसक्यो’ भन्ने नयाँ भाष्यलाई जबरजस्त रूपमा गलत प्रमाणित गरिरहेको त्यो भीडले फेरि ‘नेपाली फुटबलमा खेल्ने भए हेर्नेको कमी हुँदैन’ भन्ने पुरानै विश्वास ब्युँताएको छ ।

विगतमा पनि हुने गरेको त्यस्तै हो । फुटबलले ठूलो संख्याका दर्शकको तालीसँगै लय लिन समय लाग्ने गर्दथ्यो । विगतमा नियमित रूपमा शीर्ष स्तरको फुटबल गतिविधि भइरहने गरेका कारण त्यो लय कायम रहिरहन्थ्यो । र, रंगशाला दैनिक हजारौं फुटबलप्रेमीको गन्तव्य बन्ने गर्दथ्यो ।

नेपाली फुटबलमा एउटा बेग्लै खालको ‘ट्रेन्ड’ छ । जस्तोसुकै खेल भए पनि पहिलै दिन रंगशालामा दर्शकको भीड लाग्दैन । दर्शकले रंगशाला धाउने जाँगर निकाल्नका लागि समय लाग्ने गर्छ । कुनै पनि प्रतियोगिता सुरु भएपछि विस्तारै त्यसले माहोल तताउँदै लैजान्छ । जसै प्रतियोगिता अगाडि बढ्दै जान्छ, पूरा देश फुटबलमय बन्दै जान्छ । अनि रंगशाला धाउनेको संख्या पनि बढ्दै जान्छ ।

विगतमा पनि हुने गरेको त्यस्तै हो । फुटबलले ठूलो संख्याका दर्शकको तालीसँगै लय लिन समय लाग्ने गर्दथ्यो । विगतमा नियमित रूपमा शीर्ष स्तरको फुटबल गतिविधि भइरहने गरेका कारण त्यो लय कायम रहिरहन्थ्यो । र, रंगशाला दैनिक हजारौं फुटबलप्रेमीको गन्तव्य बन्ने गर्दथ्यो ।

पछिल्लो समय एन्फा चुकेकै त्यसमा हो । आफ्नै व्यक्तिगत स्वार्थकेन्द्रित आपसी शक्तिसंघर्षमा रूमल्लिँदा एन्फा नेतृत्वले फुटबल गर्नैपर्ने बाध्यकारी कर्तव्य बिर्सियो । जसका कारण फुटबलले कहिल्यै लय समाउन सकेन । अनि दर्शक पैसा तिरेर किन रंगशाला धाउनु ?

रिक्त जस्तै बनेको नेपाली फुटबलमा महत्त्वाकांक्षी एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले मोलेको एउटा ठूलै जोखिम थियो । ४० खेलको प्याकेजरूपी एनएसएलका अघिल्ला अधिकांश खेल सीमित संख्याका दर्शकको भरमा गर्नुपर्दा केही निश्चित खेलले मात्र उल्लेख्य दर्शक पाएको थियो ।

एनएसएल सम्पन्न भइसक्यो । अबको समय वास्तविक अर्थमा नेपालको फुटबल सिजन सुरु हुने समय हो । एनएसएलले ठूलो लगानी गरेर बनाएको लय कायम राख्दै फुटबल अगाडि बढाउने अवसर एन्फाले बिनालगानी पाएको छ । 

अघिल्ला ३९ खेलमा आशा गरिएअनुरुप दर्शक नआए पनि फाइनलले सबैखाले निराशा उत्साहमा परिणत गरिदियो । नेपाली फुटबल लामो समयपछि फेरि लयमा फर्किएको प्रमाण दियो । दर्शकलाई रंगशाला फर्काउँदै फुटबललाई लयमा ल्याउन एनएसएलले ठूलो लगानी गरेको छ । नेपालमा फुटबल अझै जीवित छ भन्ने सन्देश आम दर्शकमाझ पुर्याएको छ । दर्शकमात्र नभई व्यावसायिक प्रतिष्ठानहरूको ध्यान पनि फुटबलतिर आकर्षित गरेको छ ।

एनएसएल सम्पन्न भइसक्यो । अबको समय वास्तविक अर्थमा नेपालको फुटबल सिजन सुरु हुने समय हो । एनएसएलले ठूलो लगानी गरेर बनाएको लय कायम राख्दै फुटबल अगाडि बढाउने अवसर एन्फाले बिनालगानी पाएको छ । आफ्ना नाकामीले भत्किएको आधार एनएसएलले पुनर्निर्माण गरिदिएको अवस्था उपयोग गर्न पाउने सुनौलो मौका एन्फाले पाएको छ ।

तत्काल सिजनको घोषणा गरेर मैदानमा फुटबल फर्काए अब एन्फाले माहोल तताउन थुप्रै खेलको प्रतीक्षा गर्नुपर्ने छैन । एनएसएलले बनाइदिएको माहोलमा भटाभट प्रतियोगिता गरेर पहिलो दिनबाटै नाफामा जान सक्छ । चरम आर्थिक संकटको दुरुह अवस्थामा समेत इतिहासमै कहिल्यै नभएको फजुलखर्चीमा रमाइरहेको एन्फा नेतृत्वको व्यक्तिगत स्वार्थ पनि फुटबलले नै पूरा गर्न सक्छ ।

तर, त्यसका लागि अब पनि लाजसमेत लजाउने खालका हर्कतमै रमाउने छुट एन्फा नेतृत्वसँग हुने छैन । रत्ति पनि ढिलो नगरी रोकिएका सबै ‘लिग साइकल’ सुचारु गरिनुपर्छ । अनि अझ महत्त्वपूर्ण कुरा एनएसएलको जसरी प्रतियोगिता आयोजना र व्यवस्थापनमा चुस्त÷दुरुस्त हुन सक्नुपर्छ । नेपाली फुटबलको आधार बलियो गरी पुनर्निर्माण भइसकेको छ । यत्ति गरे दर्शक र प्रायोजक फेरि फुटबलमा फर्किने छन् ।

नेपाल फुटबलप्रेमी देश हो । यहाँ खेल्ने र खेलाउने भए हेर्नेको कमी पक्कै हुने छैन ।
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||