चैत्र १७, २०८२ मंगलबार | ०६:३५:३०
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा
शनिबारको दिन श्याम थापा विशेष

खेलाडीको भोगाइमा श्याम थापा: कुशल रणनीतिकार र सर्वोत्कृष्ट मोटिभेटर

काठमाडौं । ‘भारतमा मैत्रीपूर्ण खेल खेल्न जाँदा श्याम सरलाई त्यहाँका ठुल्ठूला मानिसले खुट्टा ढोगेको देख्दा हामीलाई निकै गौरव लाग्थ्यो । त्यो समय म कहिल्यै बिर्सन सक्दिनँ,’ नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठले श्याम थापालाई सम्झँदा कहिल्यै नछुटाउने प्रसंग हो यो ।

थापाले मुख्य प्रशिक्षकका रूपमा नेपाली फुटबलको नेतृत्व गर्दा राकेश राष्ट्रिय टोलीमा कप्तान थिए । राकेशमात्र होइनन्, उनको नेतृत्वमा खेलेका सबै खेलाडी थापालाई प्रेरणादायी मान्छन् । नेपाल फुटबललाई निकै माया गर्ने थापाले आफ्नो करियरको अधिकांश समय भारतमै बिताए पनि थोरै समयका लागि प्रशिक्षकको भूमिकामा नेपालमा काम गरेका थिए ।

‘उहाँ भनेको एउटा लेजेन्ड खेलाडी हो । रणनीतिक रूपमा उहाँ राम्रो हुनुहुन्थ्यो । खेलाडी भनेको देशका लागि हो भन्ने उहाँको मान्यता थियो । खेलाडीलाई मोटिभेट गर्नमा उहाँजस्तो अर्को प्रशिक्षक मैले देखेको छैन,’ राकेश भन्छन्, ‘नेपाली युवा फुटबल हेर्न भनेर आए पनि उहाँले समग्र प्राविधिक निर्देशकजस्तै भएर काम गर्नुभयो । खेलाडीलाई निकै माया गर्ने उहाँ हुँदा टिमको वातावरण सधैं अत्यन्तै पारिवारिक र सहज हुन्थ्यो ।’

त्यही टिमका उपकप्तान राजेश शाहीको भोगाइमा नेपाली फुटबललाई माया गर्ने सवालमा श्याम थापा सबैभन्दा माथि छन् ।

‘खेलाडीका रूपमा उहाँले तहल्का नै मच्चाउनुभएको थियो । हामीले त नाममात्र सुनेको महान खेलाडीलाई प्रशिक्षकको रूपमा पाएका थियौं । उहाँ जहिले पनि देशका लागि खेल्दा सबै व्यक्तिगत कुरा बिर्सनुपर्छ भन्ने मज्जासँग सम्झाउनुहुन्थ्यो,’ शाही भन्छन्, ‘एउटा खेलाडी लेजेन्ड बन्नका लागि राम्रो खेलेर मात्र पुग्दैन । स्टारडम जति बढि हुन्छ, त्यति नै व्यक्तिगत रूपमा उसले गर्ने व्यवहार सरल र सहज हुनुपर्छ । श्याम सर वास्तवमै लेजेन्ड हुनुहुन्थ्यो ।’

थापाको प्रशिक्षण गराउने शैली, मैदानमा उपयोग गर्ने रणनीति र खेलाडीलाई जोस्याउने क्षमता अद्भूत भएको शाही मान्छन् । नेपाली फुटबललाई माथि उठाउनका लागि थापालाई आफ्नो तर्फबाट जस्तोसुकै योगदान गर्न तयार रहने व्यक्तित्वको रूपमा लिन्छन् ।

यसैगरी थापाले राष्ट्रिय टोलीको नेतृत्व लिँदा करियरको अन्तिम अवस्थामा पुगेका पूर्वकप्तान हरि खड्का भन्छन्, ‘मैले उहाँसँग धेरै लामो समय खेल्न पाइनँ । उहाँ खेलाडीको मनोबल उच्च बनाउन माहिर हुनुहुन्थ्यो । उहाँसँग धेरै कुरा सिक्न सकिन्थ्यो । तर चोटका कारण धेरै खेल्न नपाएकामा मलाई दुखेसो छ ।’