चैत्र १८, २०८२ बुधबार | १६:०२:०७
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लबलाई सुपर ओभरमा पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।

बुधबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपिएफ र लुम्बिनीले समान १२४ रन बनाए पछि सुपर ओभरमा पुगेको खेल लुम्बीनीले जितेको हो । लुम्बिनीले पिएम कपको इतिहासमा भएको पहिलो सुपर ओभर खेलमा जित हात पारेको हो ।

एपिएफलाई पराजित गरेसँगै पिएम कपको इतिहासमा विभागीय टोलीमाथि लुम्बिनीको यो पहिलो जित हो । पिएम कपमा अहिलेसम्म बागमती बाहेकका सवै प्रादेशीक टिमले विभागीय टोलीलाई पराजित गरेका छन् ।

१२५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले पनि ३४ ओभरमा सबै विकेट गुमाएर १२४ रन नै बनायो । लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ४५ रनको इनिङ खेल्दै आउट भए । उनले ६४ बलको सामना गर्दै ५ चौका प्रहार गरे । आकाश त्रिपाटीले ३५ बलमा ३२ रन जोडे ।

एपिएफका लागि कप्तान रोहित कुमार पोडेलले ३ तथा अभिशेष गौतम, युवराज खत्री तथा भुवन कार्कीले समान २ विकेट लिए । दुवै टोलीको योगफल बराबर भएपछि पिएम कपको इतिहासमा पहिलो पटक सुपर ओभर भएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ बलमा १ विकेट गुमाएर १४ रनको योगफल तयार गरेको थियो । लुम्बिनीका लागि सुपर ओभरको सुरुवातमा आएका आकाश त्रिपाटी रनको खाता नखोल्दै आउट हुदाँ कप्तान देव खनाल १ तथा सन्तोष यादब ८ रनमा अविजित रहेका थिए । एपिएफका लागि बलिङमा अभिशेक गौतम आएका थिए ।

१५ रनको लक्ष्य पछ्याएको एपिएफले ६ बलमा १ विकेट गुमाएर केबल ६ रन मात्र बनायो । एपिएफका लागि सुरुवाती ब्याटिङमा आएका लोकस बम रनको खाता नखोलि आउट भए । कपतान रोहत कुमार पौडेलले ५ तथा सन्दीप जोराले १ रन बनाए । लुम्बिनीका लागि सुपर ओभरमा सन्तोष यादव बलिङमा आएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा १२४ रन मात्र बनाएको थियो । एपिएफका लागि अभिषेक गौतमले सर्वाधिक २८ रन बनाए । ओपनर दिपक बोहोरा २०, आसिफ शेख र लोकेश बम समान १५ तथा कमलसिंह ऐरी ११ रनमा आउट भए ।

लुम्बिनीका लागि अजय चौहानले ४, सन्तोष यादवले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए । ऐतिहासिक जित हासिल गरेको लुम्बिनी ५ खेलमा ५ नै अंकका साथ पाँचौं स्थानमा नै रहेको छ । पराजित एपिएफ समान खेलमा ३ अंकमा रहेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो