मंसिर २१, २०८१ शुक्रबार | १३:१७:३८
पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा पोखराविरुद्ध ब्याटिङ गर्दै लुम्बिनी चितवनविरुद्ध कर्णालीको रोमाञ्चक जित चितवनविरुद्ध पावरप्लेमा कर्णालीले बनायो ३२ रन बोपाराको अर्धशतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य बोपाराको लगातार दोस्रो खेलमा अर्धशतक कर्णालीविरुद्ध पावरप्लेमा चितवनले बनायो २८ रन चितवनविरुद्ध फिल्डिङ गर्दै कर्णाली एनपिएलः पहिलो जितको लक्ष्यमा लुम्बिनी र पोखरा एनपिएलः शिखर धवनविरुद्ध सोहेल तन्वीर हिमरश्मी, एन्जल्स हार्ट, जीवन ज्योति र श्रृजना ज्ञान सागर क्वार्टरफाइनलमा
शनिबारको दिन काउन्टर अट्याक

आलोचित एन्फालाई एउटा अवसर

काठमाडौं । भर्खरै अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभा सम्पन्न भएको छ । कार्यसमितिका बहुमत सदस्यले कार्यसमितिबाटै पास नभएका एजेन्डा नेतृत्वले जबरजस्ती साधारणसभामा लगेको भन्दै विरोध जनाए । कार्यसमितिबाट पास नभएका एजेन्डा बैठकमा नलैजान अनुरोध गरे । नेतृत्वले नमानेपछि साधारणसभा बहिष्कार पनि गरे ।

मध्यपुर युथ एसोसिएसनमाथिको अनुशासन कारबाहीको विरुद्धमा ‘बी’ डिभिजन लिगका १३ क्लब पनि साधारणसभा बहिष्कार गर्नेको सूचीमा छँदै थिए । कतिपय जिल्लाका साथै ‘ए’ डिभिजन र ‘सी’ डिभिजन तथा राष्ट्रिय लिगका केही क्लबले पनि साधारणसभाको निर्णय प्रक्रियामा भाग नलिएर विरोध जनाएका थिए ।

विरोधी जतिले बहिष्कार गरेपछि नेतृत्वले लगेका सबै एजेन्डा सर्वसम्मत पारित भयो । चार महिनाको बीचमा बसेको यो एन्फाको तेस्रो साधारणसभा थियो । तीनवटै साधारणसभाबाट नेतृत्वले चाहेजस्तै नतिजा आयो । अर्थात नेतृत्व पूरा सफल ।

लगातार आपसी रस्साकस्सीका कारण पूरा नेपाली फुटबल विभिन्न ध्रुवमा विभाजित भएको अवस्थामा नेतृत्वका लागि यो साधारणसभा सही बाटोमा फर्किने राम्रो अवसर थियो । आफ्नै नालायकीका कारण सधै चरम आलोचनाको घेराबन्दीमा परेको एन्फा नेतृत्व यसपाली परिपक्व रुपमा प्रस्तुत भएर त्यसबाट उम्कने आशा थियो । प्रशासनले सधै निराश पारिरहेका बेला नेपाली फुटबलकर्मी र फुटबलप्रेमीसँग आशा गर्नु वाहेकको विकल्प पनि थिएन ।

तर, नेतृत्वको चेत खुलेन । उल्लेखनीय संख्याका सदस्यको विरोधका बावजुद साधारणसभा सम्पन्न भयो । विरोधी जतिले बहिष्कार गरेपछि नेतृत्वले लगेका सबै एजेन्डा सर्वसम्मत पारित भयो । चार महिनाको बीचमा बसेको यो एन्फाको तेस्रो साधारणसभा थियो । तीनवटै साधारणसभाबाट नेतृत्वले चाहेजस्तै नतिजा आयो । अर्थात नेतृत्व पूरा सफल । अनि यी तीन साधारणसभामा विरोधी भने असफल भए ।

त्यसअघि असोजमा बोलाइएको विशेष साधारणसभा कोरम नपुगेकै कारण दुई पटक स्थगित गर्नुपरेको थियो । त्यतिबेला नेतृत्व असफल भयो, विरोधीचाहिँ सफल ।

गत वर्ष असार ६ गते चुनावी साधारणसभाबाट पंकजविक्रम नेम्वाङको अध्यक्षतामा प्यानल नै निर्वाचित भएको वर्तमान कार्यसमितिले चार वर्षे (४८ महिना) कार्यकालको २० महिनाभन्दा बढी समय बिताइसकेको छ । यसबीचमा सधैं आन्तरिक कलहमा अल्मलिँदै आएको एन्फामा कुनै पनि कार्यसमिति बैठक निर्विवाद सम्पन्न भएका छैनन् ।

प्रत्येक सदस्यको नाडी राम्ररी छामिसकेको नेतृत्वलाई अमूक पात्रका चुत्था स्वार्थ पूरा गर्दै आफूअनुकूल निर्णय गराउन सजिलो हुन्छ । यही कारण धेरैजसो अवसरमा नेतृत्वले चाहेको निर्णय गराइहाल्छ । त्यतिबेला नेतृत्व सफल भएको ठानिन्छ । यदाकदा विपक्षीले बैठक बिथोल्छन् । 

कार्यसमितिका प्रत्येक बैठकमा नेतृत्व र विपक्षीबीच ठुलै लडाईं हुन्छ । कार्यसमिति २१ जनाको मात्र भए पनि सत्तापक्ष र विपक्षीको बेन्चमा देखिने अनुहारचाहिँ प्रत्येक अवसरमा फरक–फरक हुन्छन् । आज सत्तापक्षको बेन्चमा देखिएको अनुहार अर्को पटक विपक्षीको बेन्चमा पुग्छन् । अनि फेरि कुनै स्वार्थले उसलाई सत्तापक्षको बेन्चतिर पुर्याउँछ । एन्फा कार्यसमिति र साधारणसभाको पनि वास्तविकता यही हो ।

प्रत्येक सदस्यको नाडी राम्ररी छामिसकेको नेतृत्वलाई अमूक पात्रका चुत्था स्वार्थ पूरा गर्दै आफूअनुकूल निर्णय गराउन सजिलो हुन्छ । यही कारण धेरैजसो अवसरमा नेतृत्वले चाहेको निर्णय गराइहाल्छ । त्यतिबेला नेतृत्व सफल भएको ठानिन्छ । यदाकदा विपक्षीले बैठक बिथोल्छन् । त्यो बेला विपक्षी आफू सफल भएको ठान्छ ।

कार्यसमितिको बैठकमा आफैंले गरेका कतिपय निर्णय पनि लागू गर्दैन । त्यसमाथि अर्को बैठक मौन बस्छ । सदस्यहरुको व्यक्तिगत स्वार्थ नरहेका विशुद्ध फुटबलसम्बन्धी त्यस्ता निर्णयमा कसैको ध्यान नै पुग्दैन । तै चुप मै चुप । यही कारण हो, पटक–पटक कार्यसमितिले निर्णय गरेका प्रतियोगिताहरु हुन नसकेका र किन हुन सकेनन् भनेर अर्को बैठकमा कसैले कुरा नउठाएका । यही कारण हो, निर्वाचित हुनुभन्दा अगाडिदेखि फलाक्दै आएको ‘श्वेतपत्र जारी गर्ने’ नारा अचेल सबैले विर्सिएको । यही कारण हो, सबै श्रेणीका लिगहरु हुन नसकेको । महिला फुटबलमा माखो नमारिएको ।

कुनै पनि प्रतियोगिता समयमा नहुँदा, बारम्बार अनावश्यक रुपमा साधारणसभाका नाममा करोडौं रुपैयाँ खर्च हुँदा, नेतृत्वसामु भ्रष्टाचार, कुशासन र नालायकीको हाकाहाकी आरोप लाग्दा, एउटै बैठक विवादविना सम्पन्न गर्न नसक्दा, भौतिक पूर्वाधारमा सिन्को नभाचिँदा, सयौं राष्ट्रिय स्तरका खेलाडी नेपाली फुटबलको अवस्थाबाट विरक्तिएर विदेसिँदा, रंगशालाको कमजोर सतह र घाँसका कारण घरेलु खेल आयोजना गर्न नसक्ने अवस्थामा पुग्दा, आफैंले भन्दै आएको चरम आर्थिक संकटका बेलासमेत अनावश्यक फजुल खर्चमा रमाउँदा अनि कामै नभएका पद सिर्जना गर्दै आसेपासे भर्ती गरेर संस्थाको मासिक लाखौं रुपैयाँ दुरुपयोग गर्दा पनि एन्फा नेतृत्व भने सफल छ ।

एन्फाभित्र सफलता भनेको आफ्नो स्वार्थ पूरा गर्नु मात्र जस्तो देखिन्छ । तर सफलताको साँचो परिभाषा भनेको महिला टोलीले वाफ च्याम्पियनसिपमा हासिल गरेको उपलब्धि हो । महिला–पुरुष दुवैतिर निरन्तर सबै श्रेणी र उमेर समूहका लिग तथा नकआउट प्रतियोगिताको आयोजना गरिनु हो । 

किनकि तमाम जालझेल र छलकपटको माध्यमबाट उसले आफ्नो स्वार्थअनुकूल सबथोक गर्न पाएको छ । एन्फाको ढुकुटीमा असीमित रवाफ जमाउन पाएको छ । आसेपासेलाई समेत हुक्के, चिलिमे र ढोकेको जागिर दिएर रिझाउन सकेको छ ।

एन्फाभित्र सफलता भनेको आफ्नो स्वार्थ पूरा गर्नु मात्र जस्तो देखिन्छ । तर सफलताको साँचो परिभाषा भनेको महिला टोलीले वाफ च्याम्पियनसिपमा हासिल गरेको उपलब्धि हो । महिला–पुरुष दुवैतिर निरन्तर सबै श्रेणी र उमेर समूहका लिग तथा नकआउट प्रतियोगिताको आयोजना गरिनु हो । खेलाडीले फुटबल खेल्नमै भविष्य छ भन्ने पत्याएर देश नछोड्नु हो । अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न पूर्वाधार बन्नु हो ।

फुटबलमा सफलताको परिभाषाभित्र पर्ने अरु थुप्रै विषय थप गर्न सकिन्छ । तर अहिले जस्तो जुनसुकै अवस्थामा पनि संस्थालाई दोहन गर्न सक्दा र आफ्नो स्वार्थ पूरा गराउन सक्नु मात्र सफलताको परिभाषाका पक्कै होइन ।

नेतृत्वलाई वाफ च्याम्पियनसिपको उपविजेता बनेर महिला फुटबलले सधैंझै फेरि एउटा अवसर दिएको छ । सर्वत्र आलोचित अवस्थाबाट प्रशंसा पाउने ठाउँमा पुग्नका लागि महिला फुटबल प्रस्थानबिन्दु बन्न सक्छ । महिला फुटबलमा तत्काल प्रतियोगिता सुरु गर्ने, आफैंले रोकेको महिला फुटबल एकेडेमी निर्माण र सञ्चालनमा ढिलाइ नगर्ने, फुटबल खेलेर प्रतिष्ठाका साथै सुखद जीवनयापन पनि गर्न सकिन्छ भन्ने सन्देश देशव्यापी रुपमा किशोरीहरुमा सञ्चार गराउने लगायतका काम त्यसको सुरुआत हुन सक्छ ।