फाल्गुन १२, २०८२ मंगलबार | १०:५०:५९
एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एभर्टनविरुद्ध युनाइटेडको संघर्षपूर्ण जित वेस्ट इण्डिजको फराकिलो जितले भारत समस्यामा फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई

मुर्छित फुटबलमा अड्किएको धङधङी

नेपाल सुपर लिग (एनएसएल) प्रमुख आश्रेयता कार्की चौधरी र एन्फा महासचिव किरण राई प्रतियोगिता आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गर्दै ।

काठमाडौं । नेपाली फुटबलको स्वास्थ्य राम्रो छैन । मैदान भित्र होस वा बाहिर कतै पनि नेपाली फुटबलबाट सकारात्मक भाव पैदा भइरहेको छैन । मैदानबाहिर फुटबल अखिल नेपाल फुटबल संघ (एन्फा)को राजनीति, कुशासन, भ्रष्टाचार, बेथिति र बिसंगतीबाट प्रताडित छ ।

मैदानभित्र महिला फुटबलले आशा जगाए पनि पुरुष फुटबलको अवस्था दयालाग्दो छ । घरभित्र लिग समेत हुन सकेको छैन । तीन वर्षको अन्तरालमा सबै डिभिजनको लिग बल्ल एक पटक हुने क्रममा छ । अन्तर्राष्ट्रिय फुटबलका लागि खेल्ने घरेलु मैदान छैन ।

कुनै पनि देशको फुटबलको मेरुदण्ड लिगलाई मानिन्छ । तर नेपालमा शीर्ष डिभिजनको लिग नभएको दुई वर्ष भइसक्यो । फेरि कहिले हुने हो कुनै टुंगो छैन । देशको फुटबलको सर्वोच्च निकाय एन्फा लिग गर्ने जिम्मेवारीबाट भाग्न राष्ट्रिय लिगको नयाँ पत्ता फ्याक्दै भ्रम फैलाएर आफ्नो स्वार्थको डम्फु बजाउनमै व्यस्त छ ।

सिधा भन्दा देशमा पुरुष फुटबल छैन । खेल्नलाई न मैदान, न पर्याप्त खेलाडी, न त ढंगका प्रतियोगिता नै छन् । मोफसलको अस्तव्यस्त क्यालेन्डरलाई क्लब र खेलाडीले स्वीकारिदिँदा कमजोर नै सही, नेपालमा पुरुष फुटबलको धङधङी बाँकी थियो, छ । अस्तित्व जीवित रहेको देखिएको थियो ।

समग्रमा नेपाली फुटबल सही बाटोमा थिएन । प्रत्येक दिन ओरालो लागिरहेको थियो । कागजमा देखाइएका नक्कली योजना र कार्यक्रमले नेपाली फुटबलको सुखद भविश्य संकेत गरेका थिएनन् । सिधा भाषामा भन्दा नेपाली फुटबल ‘बिग्रेको घरको भत्केको चाला’ जस्तै थियो ।

समग्रमा नेपाली फुटबल सही बाटोमा थिएन । प्रत्येक दिन ओरालो लागिरहेको थियो । कागजमा देखाइएका नक्कली योजना र कार्यक्रमले नेपाली फुटबलको सुखद भविश्य संकेत गरेका थिएनन् । सिधा भाषामा भन्दा नेपाली फुटबल ‘बिग्रेको घरको भत्केको चाला’ जस्तै थियो । भरपर्दो कुनै संरचना नभएको । भएका पनि भत्किइसकेका वा भत्काइदै गरेका ।

नेपाल सुपर लिग (एनएसएल) प्रमुख आश्रेयता कार्की चौधरी र एनसेलका कमर्सियल अफिसर उमर मोहसिन ‘टाइटल स्पोन्सर’को सम्झौता पत्र देखाउँदै ।

निराशाको बाक्लो अध्यारो थियो । जहाँ आशाको टर्च बाल्दै चार वर्षअघि नेपाल सुपर लिग (एनएसएल) सुरु भयो । देशकै ठूलो व्यावसायिक घरानाको प्रत्यक्ष संलग्नतामा एनएसएल सुरु हुँदा भत्कँदै गरेको घरले दरिलो टेको पाएको विश्वास लिइयो । तर त्यो टेको दरिलो होला भनेको, तीन सिजनसम्म आइपुग्दा झनै मक्किएको प्रमाणित भयो ।

परम्परागत लिग नियमित हुन नसकिरहेको अवस्था, अझ कोभिड महामारीले पूरा विश्वलाई आक्रान्त पारिरहेका बेला फ्रेन्चाइज मोडलमा सुरु भएको प्रतियोगिताले नेपाली फुटबलमा प्राण भर्ने आशा राख्नु स्वभाविक थियो ।

पुरानो संरचनाले नेपाली फुटबललाई अर्धव्यावसायिक पनि बनाउन नसकिरहेका बेला एनएसएलको आगमनले व्यावसायिक क्रान्ती अपेक्षा गरिनु अस्वभाविक पनि थिएन । तर एनएसएलको जीवन चार वर्षमा तेस्रो सिजनसम्म पुगिरहँदा यसमाथि राखिएका सबैखाले आशा गलत सावित भइसकेको छ ।

परम्परागत लिग नियमित हुन सकेन, स्थायी खालको भरपर्दो संरचना भएन भनिइरहेका बेला एनएसएल त्योभन्दा बढि भद्रगोल तरिकाले घिस्रिइरहेको छ । निक्कै तामझामसाथ सुरु भएको प्रतियोगिताको रौनक तेस्रो सिजनमा आइपुग्दा औसतभन्दा तल झरिसकेको छ ।

नेपाल सुपर लिग (एनएसएल) सिजन एकको च्याम्पियन काठमाडौं रेजर्स, तस्विर सौजन्यः एनएसएल ।

चार वर्षअघि सात टिमका साथ सुरु गरिएको प्रतियोगिताको दोस्रो सिजनमा संस्थापकमध्ये एउटा टिमले थेग्न सकेन । ठूलो महत्वाकांक्षा लिएर आएको बताउने विराटनगर सिटी एफसीले दोस्रो सिजनबाटै एनएसएलबाट हात झिक्यो । अब बाँकी रहे, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी ।

गत वर्ष दोस्रो सिजनमा आयोजकले पहिलो सिजनका ६ टिममा अझ हचुवा पारामा तीन अरु टिम थप्यो । स्पोर्टिङ इलाम डी मेची एफसी, वीरगञ्ज युनाइटेड एफसी र एफसी झापा थपिंदा ९ टिमको सहभागितामा एनएसएलको दोस्रो सिजन सम्पन्न भयो ।

तर दूर्भाग्य एक वर्षपछि तेस्रो संस्करण गर्ने बेलासम्म पोहोर थपिएका दुुई टिम इलाम र वीरगञ्ज थेग्न नसक्ने भएरै प्रतियोगिताबाट बाहिरिए । बाँकी रहेका सात टिमको सहभागितामा फिफाले अयोग्य घोषणा गरिसकेको दशरथ रंगशालामा थुप्रै बेथिति र बिसंगतिसहित एनएसएल तीन घिस्रिइरहेको छ ।

खेलाडी र टिमले २४ घण्टाको बीचमा दुई खेल खेल्नुपर्नेसम्मको बेथिति नेपाली फुटबलमा नौलो थिएन । ९ जना खेलाडीका साथ शीर्ष स्तरको फुटबल सुरु गर्ने प्रचलन पनि एन्फाको ‘लज अफ दी गेम’ले पचाइसकेको थियो । एनएसएल पनि नेपाली फुटबलको त्यस्तै असंगत गतिविधिको ट्रेण्डमा हिड्ने अर्को एउटा यात्रीभन्दा माथि रहन सकेन ।

व्यावसायिकताको ठूलो फड्को मार्ने प्रचार गरिएको प्रतियोगिता सुरु भएदेखि नै नेपाली खेलाडीले देश छाड्ने लहर चल्यो । यो समग्र देशको अवस्थाका कारण फुटबलमा थोपरिएको एउटा खराव संयोगमात्र हुन सक्छ । तर एनएसएलले नेपाली फुटबलको आशामाथि पूरा पानी खन्याएको चाँही संयोग होइन, नियत हो ।


नेपाल सुपर लिग (एनएसएल) सिजन  ३ अन्तर्गत एफसी चितवनविरुद्ध पोखरा थण्डर्स, तस्विरः सरोज सापकोटा/खेलाडी ।

खेलाडी र टिमले २४ घण्टाको बीचमा दुई खेल खेल्नुपर्नेसम्मको बेथिति नेपाली फुटबलमा नौलो थिएन । ९ जना खेलाडीका साथ शीर्ष स्तरको फुटबल सुरु गर्ने प्रचलन पनि एन्फाको ‘लज अफ दी गेम’ले पचाइसकेको थियो । एनएसएल पनि नेपाली फुटबलको त्यस्तै असंगत गतिविधिको ट्रेण्डमा हिड्ने अर्को एउटा यात्रीभन्दा माथि रहन सकेन ।

कम्तिमा एनएसएलबाट फुटबल भावनाको हुर्मत लिने खालका यस्ता नियम विपरितका गतिविधि अपेक्षित थिएन । तर, दशरथ रंगशालामा जारी प्रतियोगितामा त्यस्तै हास्यास्पद गतिविधि हाकाहाकी भइरहेका छन् । अझ ठूल्ठुला स्वरमा चिच्याएर त्यस्ता बेथितिलाई संस्थागत गर्न खोजिँदैछ ।

प्रशंग गएको सोमबार चितवन र पोखराबीचको खेलको हो । जहाँ हाकाहाकी प्रतियोगिताको नियमावली स्वयम आयोजकले मिचेर खेल गराइयो । सोमबार मैदान उत्रिएका चितवन एफसीका पाँच र पोखराका एक खेलाडीको श्रम स्वीकृति नै थिएन ।

सुरुमै पोखराले विपक्षी टिम सूचिमा श्रम स्वीकृति नलिएका खेलाडीको नाम देखेपछि विरोध जनायो । तर आयोजकले श्रम स्वीकृति नचाहिने भन्दै खेल्न दबाब दियो । विवादबीच १८ मिनेट ढिलो सुरु भएको खेलमा पनि पोखराले पनि श्रम स्वीकृति लिन बाँकी आफ्ना एक खेलाडीलाई दोस्रो हाफमा मैदान उतार्यो ।

नेपाली खेलकुद त गतिछाडा नै थियो । तर निजी क्षेत्रले व्यावसायिक रुपमा गरेको प्रतियोगिताको हालत त्योभन्दा फरक नभएको अनुभव सरोकारवालाले गर्नु पक्कै सुखद कुरा होइन ।

ल सुपर लिग (एनएसएल) सिजन ३ अन्तर्गत एफसी चितवनविरुद्ध बल अगाडि बढाउँदै पोखरा थण्डर्सका मिडफिल्डर आयुष घलान, तस्विरः सरोज सापकोटाखेलाडी ।
 

व्यावसायिक फुटबलको नियममा कहीँ कतै पनि विना श्रम स्वीकृति विदेशीले खेल्न, खेलाउन पाइन्न । नेपाली फुटबलको नियममा पनि त्यही छ । फुटबलमा मात्र होइन, नेपालको कानुनले पनि विना श्रम स्वीकृति विदेशीलाई काम गर्ने छुट दिँदैन ।

नेपाली खेलकुद त गतिछाडा नै थियो । तर निजी क्षेत्रले व्यावसायिक रुपमा गरेको प्रतियोगिताको हालत त्योभन्दा फरक नभएको अनुभव सरोकारवालाले गर्नु पक्कै सुखद कुरा होइन ।

सोमबारको खेल सकिनेवित्तिकै पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले एनएसएलमा समेत त्यस्ता बेथितिको सामना गर्नुपरेपछि निराश भएर प्रश्न गरे, ‘नेपाली फुटबल कता जाँदैछ ?’

श्रम स्वीकृति नलिएका खेलाडी खेलाउन नपाउने भन्दै आफूहरुले विरोध जनाउँदा आयोजकले ‘पाउँछ, एनएसएलमा प्रोटेस्ट हाल्ने व्यवस्था छैन’ भन्दै जबरजस्ती खेल्न लगाएको घटनामा प्रशिक्षक श्रेष्ठ दुःखित थिए । भन्दै थिए, ‘प्रतियोगिता नियमावलीमा प्रोटेस्टको व्यवस्था छ । तर मैदानमा आयोजक छैन भन्छ । आयोजकले नै नियम नमान्ने यो कस्तो फुटबल हो ? अनि कानुन मान्नु नपर्ने यो कस्तो देश हो ?’


नेपाल सुपर लिग (एनएसएल) सिजन  ३ अन्तर्गत एफसी चितवनविरुद्ध पोखरा थण्डर्स, तस्विरः सरोज सापकोटाखेलाडी ।

खेलमा पोखरा २–० ले पराजित भएको थियो । आफूले श्रम स्वीकृति लिन नभ्याएका विदेशी खेलाडीलाई पनि नियम मान्ने हुँदा पहिलो हाफ उतार्न नपाएको खेलमा पराजित भएपछि आक्रोषमा हारेको टिमका प्रशिक्षकले दिएको प्रतिक्रियालाई पूर्वाग्रही मान्न सकिएला ।

तर श्रम स्वीकृतिविनाका पाँच खेलाडी खेलाउन पाएको र विजयी नतिजा पनि निकालेको चितवनका मुख्य प्रशिक्षक नवीन न्यौपाने पनि एनएसएलको व्यवस्थापनाबाट सन्तुष्ट थिएनन् । भन्दै थिए, ‘रंगशालाको माहोलले मलाई कुनै स्थानीय प्रतियोगिताको खेल जस्तो महशुष गरायो । जे भयो राम्रो भएन ।’

नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले प्रतियोगिता सुरु हुनुभन्दा अगाडि नै बडो आँटका साथ भनेका थिए, ‘एनएसएल व्यावसायिक देखिएन । जुन प्रकारले प्रतियोगिताको स्तर बढ्नुपर्ने हो, त्यस्तो भएन । आर्थिक पाटो झन कमजोर हुँदै गयो । मैले तीन वर्षअघि जति पैसा लिएर खेलेको थिएँ । अहिले पनि त्यही पारिश्रमिक छ, अझ त्योभन्दा कम होला ।’

जारी एनएसएलको कुनै पनि टिममा नदेखिएका किरणले यसो भनिरहँदा ‘टिम नपाएर आक्रोष पोखेको’ भनेर उनको आलोचना गरियो । तर प्रतियोगिता सुरु भएको एक साता पनि नबित्दै नेपाली राष्ट्रिय टिमको पोष्ट सुरक्षामा १७ वर्ष सेवा पुर्याइसकेका कप्तानलाई आयोजक आफैले सही सावित गरिदियो ।

नेपाल सुपर लिग (एनएसएल) सिजन १ का दौरान धनगढी एफसीका कप्तान किरण चेम्जोङ, तस्विर सौजन्यः धनगढी एफसी ।

सँगै एनएसएल दौरान हुन नहुने तर प्रत्येक दिन भइरहेका गतिविधि र गर्नैपर्ने तर हुन नसकेका कामहरुले निराश भएर पोखराका प्रशिक्षक श्रेष्ठसँग स्वर मिलाएर सोधिरहेका छन्, ‘कता गइरहेको छ नेपाली फुटबल ?’

‘नेपाली फुटबलकै सबभन्दा ठूलो घरेलु प्रतियोगिता’ भनेर ‘अब खेल्छ नेपाल’ नारालाई ठूलो श्वरमा घन्काइरहेको एनएसएल दौरान खाली देखिएका रंगशालाको प्यारापिटले त्योभन्दा चर्को श्वरमा भनिरहेको छ, ‘एनएसएल नेपाली फुटबलको प्रेरणा होइन । आयोजकका नारा झुठा हुन् । नेपालका कप्तान किरण सही छन् ।’

सँगै एनएसएल दौरान हुन नहुने तर प्रत्येक दिन भइरहेका गतिविधि र गर्नैपर्ने तर हुन नसकेका कामहरुले निराश भएर पोखराका प्रशिक्षक श्रेष्ठसँग स्वर मिलाएर सोधिरहेका छन्, ‘कता गइरहेको छ नेपाली फुटबल ?’


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||