चैत्र १९, २०८१ मंगलबार | ०६:२९:५१
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

नेपाली फुटबलमा हराएको ‘राइभ्लरी’

काठमाडौं ।‘राइभ्लरी’ अर्थात प्रतिद्वन्द्विता । फुटबलमा ‘राइभलरी’ ले जुन अर्थ प्रस्टाउँछ, त्यो प्रतिद्वन्द्विताले नगर्न सक्छ । यो भूमिका किनभन्दा एउटा प्रश्न उठेको धेरै भयो । किन हराउँदै छ नेपाली फुटबलमा ‘राइभ्लरी’ ?

भर्खर बिर्तामोडमा सकिएको झापा गोल्डकप फुटबलको फाइनलमा एउटा राम्रै संयोग जुरेको थियो । फाइनलमा त्यस्ता दुई टिम भिडेका थिए, जसको प्रदर्शन पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगको ठ्याक्कै उल्टो थियो । चर्च ब्वाइज च्याम्पियन भएको टिम थियो । विभागीय टोली एपिएफ भने रेलिगेसनमा परेको टिम । 

फाइनलमा चर्च ब्वाइजसामु आफू साँच्चै च्याम्पियन भएको फेरि एकपल्ट प्रमाणित गर्ने अवसर थियो । एपिएफले भने भन्न सक्थ्यो, त्यो त एउटा संयोग मात्रै थियो, मैदानमा हामी कहाँ कम छौं र ?

धेरै टाढा किन जानू, हाम्रा नजिकका छिमेकी मुलुक भारतका दुई क्लब मोहन बगान र इस्ट बंगालबीच नै चरम दुस्मनी चल्छ । फुटबलका लागि यस्तो ‘राइभलरी’ राम्रो हो ।

यस्तै पृष्ठभूमि समेटिएर चर्च ब्वाइजका अध्यक्ष रुबिन राईसँग प्रश्न गरिएको थियो, ‘फाइनल त विशेष हुन्छ नि ?’ अध्यक्षमात्र होइन्, ‘प्रशिक्षकको भूमिकामा पनि रहेका उनले भनेका थिए, ‘होइन, त्यस्तो हुन्न ।’

किन त ? लिग खेलेको चर्च ब्वाइजको टिम अर्को थियो । खेलाडी नै अरू अरू थिए । यस्तै स्थिति एपिएफको पनि थियो । लिग सकेयता टिम र खेलाडीहरू कता हो कता तितरबितरको स्थितिमा पुगिसकेका थिए । अनि के को पो ‘राइभलरी’ ? यो यस्तो स्थिति हो, जसले नेपाली घरेलु फुटबललाई राम्रो गरिरहेको छैन । यसले नेपाली फुटबलमा मिठास थप्दैन । बरू उल्टै कमजोर बनाउँछ । आम दर्शकले कुन टिमलाई किन समर्थन गर्ने भन्ने आधार फितलो बनाउँछ ।

बजारमा फुटबललाई बिकाउने हो भने धेरै अनुकूल स्थिति चाहिन्छ, त्यसमध्ये एउटा यही ‘राइभ्लरी’ पनि हो । यहाँनिर अलिकति युरोपेली फुटबलकै सहारा लियौं न । त्यहाँ भन्ने गरिन्छ, कोही कसैले कुनै टिमको समर्थन गर्छ भने त्यो समर्थन उसको मृत्युपछि मात्र टुंगिन्छ । नत्र उसले आफूले समर्थन गरेको टिम कहिल्यै फेर्दैन । चाहे टिमले राम्रो खेलोस् वा नखेलोस् । क्लब पनि जत्तिकै ठूलो होस् वा सानो । ती केहीको मतलब भएन, आफ्नो क्लब भनेपछि आफ्नो क्लब ।

इङ्लिस फुटबलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड कहिल्यै मिल्न सक्दैन । यसका समर्थक पनि परस्पर विरोधी हुन्छन् । यस्तै स्थिति आर्सनल र टोटनहमको हुन्छ । स्पेनिस  फुटबलमा रियाल मड्रिड र बार्सिलोनाबीचको ‘राइभलरी’ कसलाई पो थाहा छैन । यसको त लामो न लामो इतिहास छ । त्यसमा अर्थ, राजनीति, सामाजिक सबै तत्व जोडिएका हुन्छन् । इटालीमै पनि इन्टर मिलान र एसी मिलान कहिल्यै एक भएको थाहा छ र ?

एनआरटीबाट छुटिएको क्लब हो संकटा । त्यसैले जतिबेला यी दुई क्लब भिड्थे, नयाँ सडक र त्यसवरिपरिका समर्थक खेलमा ओइरिन्थे । दुवै टिम अनि समर्थकबीच पानी बाराबारको स्थिति हुन्थ्यो । केही वर्ष अगाडिसम्म पनि मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्थे, गजबको प्रतिस्पर्धा चल्थ्यो । पुराना दिनमा यी दुई शत्रु क्लब थिए ।

धेरै टाढा किन जानू, हाम्रा नजिकका छिमेकी मुलुक भारतका दुई क्लब मोहन बगान र इस्ट बंगालबीच नै चरम दुस्मनी चल्छ । फुटबलका लागि यस्तो ‘राइभ्लरी’ राम्रो हो । यसले फुटबललाई साँच्चै सनसनीपूर्ण र रोमाञ्चक मात्र बनाउँदैन, यो खेललाई सधैं पछ्याइरहन बाध्य पार्छ ।

फेरि कसैले कोही खास खेलाडीका लागि कुनै क्लबको समर्थन गरिरहेको हुन्छ । लियोनल मेसी मन पराउनेका लागि अझै पनि बार्सिलोना उत्तिकै प्यारो हुँदो हो । क्रिस्टियानो रोनाल्डो पछ्याउनेका लागि म्यानचेस्टर युनाइटेड वा रियाल अझै मनपर्दो हो ।

तर, यही तथ्य नेपाली फुटबलमा मर्दै छ । सबैलाई डर छ, नेपाली फुटबल ओरालो लागिरहेछ । हो, पनि । यसका अनेक कारण होलान् । त्यसमध्ये एउटा कारण यही हो, ‘राइभलरी’ को चरम अभाव । त्यसो त नेपाली फुटबलमा क्लब क्लबबीच ‘राइभ्लरी’ नभएको पनि कहाँ हो र ? धेरै अगाडि जाने हो भने जतिबेला आरसिटी प्रतिद्वन्द्वी हुन्थ्यो, अरू सबै टिम एकजुट हुन्थे । धेरैलाई आरसिटी मनपर्दैन थियो । तर आरसिटी भने आफू आफूमा एकजुट भएर एक्लै लड्थ्यो ।

एनआरटीबाट छुटिएको क्लब हो संकटा । त्यसैले जतिबेला यी दुई क्लब भिड्थे, नयाँ सडक र त्यसवरिपरिका समर्थक खेलमा ओइरिन्थे । दुवै टिम अनि समर्थकबीच पानी बाराबारको स्थिति हुन्थ्यो । केही वर्ष अगाडिसम्म पनि मनाङ मर्स्याङ्दी र थ्री स्टार भिड्थे, गजबको प्रतिस्पर्धा चल्थ्यो । पुराना दिनमा यी दुई शत्रु क्लब थिए । पछि मनाङ, थ्री स्टार र पुलिस एक आपसमा भिड्दा पनि त्रिकोणात्मक ‘राइभ्लरी’ चल्थ्यो । पुलिस र आर्मीबीच पनि यस्तै होड हुन्थ्यो ।

खोइ ! कता हराए यी सबै ? यसको दोष अखिल नेपाल फुटबल संघ (एन्फा)लाई त जान्छ । यसमा क्लब र खेलाडी पनि उत्तिकै भागिदार छन् । कोहीसँग पनि उम्कने अवसर छैन । एक त नेपालमा यो र त्यो भन्ने फुटबल सिजन नै छैन । कति बेला कहिले लिग सुरु हुन्छ त्यो पनि टुंगो छैन । यस्तोमा एउटा प्रतियोगिताका लागि बनेको टिम अर्को प्रतियोगितासम्म पुग्दा पूराको पूरा फेरिएको हुन्छ । चर्च ब्वाइजले लिग जित्दाका खेलाडी अहिले कता छन् ?

हरि खड्का भनेपछि पुलिस, वसन्त थापा भनेपछि मनाङ वा प्रदीप महर्जन भनेपछि थ्री स्टारलाई सम्झिने दिन पनि थिए । तर, अब ती केही पनि रहेनन् । त्यसैले त नेपाली फुटबल बिरामी छ । यस्ता प्रतिद्वन्द्विता, समर्पणभावलाई नेपाली फुटबलमा ब्युँझाइनुपर्छ । 

त्यसमध्ये बिरलै कोहीले मात्र झापा गोल्डकपमा खेले कि खेल्दै खेलेनन् ? अझ केपी ओली कपमा त चर्च ब्वाइजविरुद्ध अनन्त तामाङले नै खेले । अब भनिरहनुपर्दैन चर्च ब्वाइजले लिग जित्दा अनन्त नै कप्तान थिए । त्यतिमात्र होइन, एउटा प्रतियोगिता खेलेका खास-खास खेलाडी साता दिनपछि हुने अर्को प्रतियोगितामा अर्कै टिमबाट खेलिसकेका हुन्छन् ।

यस्तोमा खेलाडीको क्लबप्रतिको समर्पण मर्छ नै । खेलाडीका लागि छिनछिनमा क्लब फेर्नु पनि सामान्य कुरा भएको छ । नेपाली घरेलु फुटबलका सदाबहार प्रशिक्षक हुन्, मेघराज केसी । नेपाली फुटबलबारे भित्री कुरा उनी जत्तिको अरूलाई के थाहा ? उनी बोल्छन् यसबारे कहिलेकाहीं ।

उनले पनि धेरै क्लब फेरेका छन् । कहिले कहाँ, कहिले कहाँ । उनी विशेषतः थ्री स्टारका प्रशिक्षकका रूपमा चिनिए । तर थ्री स्टारकै खास विरोधी क्लब पनि सम्हाले । यस्तो किन त ? तिनै मेघराजले मिडियासामु नै बोलेका छन्, ‘नेपाली फुटबलमा यस्तो समर्पण, प्रतिद्वन्द्विता भन्ने केही पनि छैन । कहिले को कहाँबाट खेल्छन्, त्यो त टुंगो हुन्न, यस्तोमा नेपाली फुटबलमा आस्था भन्ने पनि रहन्न ।’ उनकै भाषामा लिगको एउटा संस्करण खेलेको थ्री स्टार अर्को संस्करणको लिग खेल्दासम्म साँच्चै धेरै अर्थमा फरक भइसकेको हुन्छ ।


हरि खड्का भनेपछि पुलिस, वसन्त थापा भनेपछि मनाङ वा प्रदीप महर्जन भनेपछि थ्री स्टारलाई सम्झिने दिन पनि थिए । तर, अब ती केही पनि रहेनन् । त्यसैले त नेपाली फुटबल बिरामी छ । यस्ता प्रतिद्वन्द्विता, समर्पणभावलाई नेपाली फुटबलमा ब्युँझाइनुपर्छ । अहिले तत्कालको स्थितिबाट तुरुन्तै त्यस्तै वातावरण बनाउन नसकिएला, तर यो बाटो नेपाली फुटबलले तय गर्नैपर्छ । हो, फुटबल नबुझ्नेका लागि भने यी गौण विषय हुन्, तिनले भन्दा हुन् किन चाहियो नेपाली फुटबलमा यस्तो प्रतिद्वन्द्विता र समर्पण ? 
 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC