काठमाडौं । नेपाली खेलकुदमा सामान्य मात्र रुची राख्ने वा निक्कै कम जानकारी हुनेका लागि पनि संगीना बैद्य एउटा पुजनीय नाम हो ।
एउटा यस्तो नाम जसले नेपाली खेलकुदलाई एसियन च्याम्पियनसिपको स्वर्ण पदकमा रमाउने मौका दियो । एउटा यस्तो नाम जसले देशलाई दक्षिण एसियाली खेलकुदको दुई वटा स्वर्ण पदक दियो ।
सधै आइओसीले सोलिडारिटीका नाममा गर्ने दया (वाइल्ड कार्ड)को भरमा ओलम्पिकको हिस्सा बन्दै आएको नेपाललाई पहिलो पटक भिडेर छनोट गराउने नाम बन्यो । यस्तो नाम जसले विश्व खेलकुदको सबभन्दा ठूलो महोत्सवमा नेपालको हक स्थापनाको बाटो खन्यो । ‘हामी वाइल्ड कार्डका भरमा मात्र होइन, भिडेरै ओलम्पिक खेल्न सक्षम छौं’ भनेर प्रमाणित गर्यो ।
हजारौं लाखौं बालबालिकाको रोल मोडल बनेर उनीहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्यो । खेलकुदको माध्यमबाट सुपरस्टार सेलिब्रिटीको छवि बनाउन सफल भयो । महिलाको हकमा त नेपाली खेलकुदले पाएको पहिलो सुपरस्टार नाम, जसमाथि करोडौ समर्थकले ढुक्कसँग भर गर्न सक्ने नाम बन्यो ।
अनि हजारौं लाखौं बालबालिकाको रोल मोडल बनेर उनीहरुलाई खेलकुदमा लाग्न प्रेरित गर्यो । खेलकुदको माध्यमबाट सुपरस्टार सेलिब्रिटीको छवि बनाउन सफल भयो । महिलाको हकमा त नेपाली खेलकुदले पाएको पहिलो सुपरस्टार नाम, जसमाथि करोडौ समर्थकले ढुक्कसँग भर गर्न सक्ने नाम बन्यो ।
खेलाडीको भूमिकामा मात्र नभएर प्रशिक्षकको रूपमा पनि आफ्ना चेलाचेलीहरुबाट देशका लागि दर्जनौं अन्तर्राष्ट्रिय पदक जिताउने आदरणीय गुरुको दर्जा बन्यो ।
संगीनाले कोरेको त्यो गौरवको बाटोमा उनकै खेल तेक्वान्दोका दीपक बिष्ट र टेबलटेनिसका स्यान्टु श्रेष्ठले हिडिसकेका छन्, छनोट चरण पार गरेर ओलम्पिक खेल्दै । तेक्वान्दोकै पलेशा गोवर्धनले त पारा ओलम्पिकमा छनोट चरण मात्र पार गरिनन् । प्रतिस्पर्धाबाट छानिएर पारा ओलम्पिक खेल्ने क्रममा उनले देशका लागि ऐतिहासिक कांस्य पदक पनि जितिन् ।
संगीनाको पथ पछ्याउदा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय ठूला खेल महोत्सवमा सफलता हासिल गर्ने क्रम सुरु भएको छ । भविश्यमा अझ धेरै खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेल्न सक्छन् । अझ ठूला (रजत र स्वर्ण) पदक जित्न सक्छन् । दक्षिण एसियाली र एसियाली स्तरमा मात्र नभई विश्व च्याम्पियनसिपहरुमै स्वर्ण पदक जित्न सक्छन् ।
भविश्यमा अरु खेलाडीबाट झन ठूला उपलब्धि सम्भव हुँदा पनि खेललाई माया गर्ने प्रत्येक नेपालीले संगीनालाई स्मरण गर्नेछ । नेपाली खेलकुदमा ‘सकिन्छ’ भन्ने विश्वास पैदा गराएकोमा उनीप्रति कृतज्ञ हुनेछ । नेपालको खेलकुद निक्कै पिछडिएको बेला पनि दक्षिण एसिया र एसियाली स्तरमा स्वर्ण पदक जितेर तथा ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडीका रुपमा इतिहास बनाएर अनि लाखौं नयाँ पिँढीलाई खेलकुदमा प्रेरित गरेर लगाएको गुनप्रति नतमस्तक हुँदै श्रद्धाले शीर झुकाउनेछ ।
नेपाली खेलकुदमा जीवन समर्पित गरेका खेलाडी, खेलकर्मी र लाखौ समर्थकको शीर अहिले यिनै संगीनाको विषयलाई लिएर झुकेको छ । संगीनाको कारण होइन । योगदानको हिसावमा संगीना र उनीजस्ता खेल तपस्वीको सामुन्ने दुई पैसाको हैसियत नभएका राजनीतिकर्मीको कारण ।
राजनीतिक पार्टी र नेताको झोला बोकेको भरमा खेलकुदको डाडु पन्युमाथि कब्जा जमाएका दोस्रो दर्जाका राजनीतिक कार्यकर्ताको निर्णयले सम्पूर्ण नेपाली खेलकुद अहिले अपमानित महशुस गरिरहेको छ । लज्जित भएको छ ।
राजनीतिक पार्टी र नेताको झोला बोकेको भरमा खेलकुदको डाडु पन्युमाथि कब्जा जमाएका दोस्रो दर्जाका राजनीतिक कार्यकर्ताको निर्णयले सम्पूर्ण नेपाली खेलकुद अहिले अपमानित महशुस गरिरहेको छ । लज्जित भएको छ ।
कर्मकै कारण जीवनभर नै सम्मानमाथि मात्र हक स्थापित गरिसकेकी संगीनालाई अपमानित गर्ने काम भएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको ठाडो निर्देशनमा वरियता मिचेर राष्ट्रिय खेलकुद परिषदले तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्ति गरेपछि संगीनाले अपमानित महशुष गर्दै उपनिर्देशक पदबाट राजीनामा दिइन ।
संगीना लामो समयदेखि विभागमा उपनिर्देशकको रुपमा कार्यरत थिइन् । विभागका निर्देशक बक्सिङका वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा सेवा निवृत भएपछि वरिष्ठता तथा कार्यसम्पादनको आधारमा पनि संगीनाले स्वत विभागको नेतृत्व गर्न पाउने अपेक्षा थियो ।
परिषदको तालिम तथा प्रशिक्षण विभागले पहिलो पटक महिला नेतृत्व पाउनेवाला थियो । नेपाली खेलकुदलाई सबभन्दा धेरै प्रेरित गरेको नाम तालिम तथा प्रशिक्षण विभागको निर्देशकका रुपमा पाउँदा युवा पुश्तालाई थप उर्जा मिल्ने सम्भावना थियो । तर त्यतातिर परिषदको अध्यक्षको जिम्मेवारीमा समेत रहने मन्त्री चौधरीको ध्यान गएन । सदस्यसचिवका रुपमा परिषदको नेतृत्व गरिरहेका टंकलाल घिसिङलाई पनि नेपाली खेलकुदमा प्रेरणाको स्रोत बचाइराख्नुपर्छ भन्ने चेत आएन ।
निर्देशकमा बढुवा हुनुपर्ने स्वभाविक उम्मेदवार संगीनाको खेलाडी मनलाई यसले नराम्ररी झस्कायो । उनी राजनीतिको झोला बोकेर त्यहाँ पुगेकी थिइनन् । उनी त पूरा जीवन खेलकुदलाई समर्पित गरेवापत त्यहाँ पुगेकी थिइन । नेपाली खेलकुदलाई अनगिन्ती गुन लगाएर त्यहाँ पुगेकी थिइन । अन्तर्राष्ट्रिय जगतमा नेपालको राष्ट्रिय गौरव स्थापित गर्ने अभियानको जग हालेवापत त्यहाँ पुगेकी थिइन । नेपाली खेलकुदको आवश्यकता पूर्ति गर्न त्यहाँ पुगेकी थिइन् ।
यही कारण थियो, उनले आफू अपमानित भएको ठानिन् । एउटा खेलाडीका रुपमा जीत हासिल गर्दा खुसी मनाउने स्वभाव उनमा थियो । सँगै विपक्षीलाई आवश्यक सम्मान दिन पनि उनले जानेकी थिइन । हार भोग्दा पनि त्यसलाई सहजै पचाउने र विजेतालाई बधाई दिने संस्कार उनमा थियो ।
खेलमा झेल गरिएको विषयलाई एउटा स्वाभिमानी खेलाडीले कसरी सहज रुपमा लिन सक्छ र ? देशको गौरवका लागि एरिनामा ‘फाइट’ गर्ने खेलाडीले आफ्नै आत्मसम्मानमाथि धावा बोलिँदा कसरी सहन सक्ला र ? आखिर खेलाडी मन न भयो । भावुक । संगीनाले मन्त्री र सदस्यसचिवबाट भएको झेलको विरुद्ध भद्र असहमति जनाइन, राजीनामा दिएर ।
खेलकुदका सबै मुल्यमान्यताबाट संगीना विभुषित थिइन । राष्ट्रिय गौरवका लागि भाचिएको खुट्टाले देशलाई स्वर्ण पदक जिताउने खेलाडी हुन्, संगीना । खेलभावनाले हार-जीतलाई सहज रुपमा लिने बानी लागेकी संगीनालाई यही खेल भावनाले मुल्यमान्यतासँग सम्झौता नगर्न पनि सिकाएको थियो । नियमको परिधिभित्र रहेर खेल्नुपर्छ र त्यहीअनुसार हार र जीतको निर्णय हुनुपर्छ भन्ने पनि उनले राम्ररी जानेकी थिइन् ।
यही कारण आफ्नो नीर्विवाद हक लाग्ने निर्देशक पदमा बढुवा नगरिएको विषयलाई उनले सहज रुपमा लिइनन् । खेलमा झेल गरिएको विषयलाई एउटा स्वाभिमानी खेलाडीले कसरी सहज रुपमा लिन सक्छ र ? देशको गौरवका लागि एरिनामा ‘फाइट’ गर्ने खेलाडीले आफ्नै आत्मसम्मानमाथि धावा बोलिँदा कसरी सहन सक्ला र ? आखिर खेलाडी मन न भयो । भावुक । संगीनाले मन्त्री र सदस्यसचिवबाट भएको झेलको विरुद्ध भद्र असहमति जनाइन, राजीनामा दिएर ।
शर्मा सेवा निवृत भएपछि पूर्वाञ्चलमा कार्यरत रहेका करातेका वरिष्ठ प्रशिक्षक सोवित प्रसाईंलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा बढुवा गरियो । सहकर्मी संगीनाको मन यही कारण दुख्यो । आम खेलप्रेमीले आलोचना गरे । स्वयम प्रसाईलाई पनि यसले खुसी दिन सकेन । उनले सञ्चार माध्यमहरुमै आफूलाई विवादमा तानिएकोप्रति दुःखेसो पोखे ।
काठमाडौमा दशकौदेखि शिक्षाको व्यापारसँगै कांग्रेसको राजनीति गरिरहेका मन्त्री चौधरीले यो खेल भावना कसरी बुझुन । उनैले कुपन्डोलमा थापेको सटरमा पुगेर शिक्षा खरिद गर्ने सयौं, हजारौं ग्राहक (विद्यार्थी)का लागि संगीना भन्ने नामको महत्व कति छ भन्ने एउटा व्यापारी/राजनीतिकर्मीले कसरी बुझ्नु ?
आफूलाई नेपाली खेलकुदको कार्यकारी प्रमूख भन्न रुचाउने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव घिसिङलाई नेपाली खेलकुदको सच्चा प्रेरणा जोगाउने कुरासँग के मतलब ? माओवादी नेतृत्वको विश्वासपात्र भएको भरमा पाएको जागिर सरकार फेरिएसँगै धरापमा परेको थियो । त्यसलाई जोगाउने ध्याउन्न पहिलो प्राथमिकतामा परेपछि घिसिङका सबै ‘मुल्य मान्यता, खेल विज्ञान र खेल मनोविज्ञान’का कुरा दम्पच भइहाले ।
अनि, परिषदको संरक्षकको भूमिकामा रहने मन्त्रीपरिषदका कप्तान एवं देशका कार्यकारी प्रमूख प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालको राप ताप्दैमा फूर्सत भए पो खेलकुदको वास्तविकता बुझुन् ? उनलाई त भर्खरै पारा ओलम्पिकमा कांस्य पदक जितेर फर्केकी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा, काभा महिला नेशन्स लिगमा दोस्रो भएको लोकप्रिय खेल भलिबलको टिम, पारस खड्काको आगमनसँगै उजेलिएको क्रिकेटका पदाधिकारी र बेथितीको चाँङमाथि रहेको एन्फाका पदाधिकारीलाई निवासमै बोलाएर खेलप्रेमी हुनुको स्टन्ट गर्दै फुर्सत छैन ।
पलेसाको सम्मानमा नगर परिक्रमा गर्दा ट्रकको हुटमा बसेर हात हल्लाउँदै गरेको तस्बिरले संगीना प्रशंगपछि मन्त्री चौधरी र सदस्य सचिवलाई कति गिज्याइरहेको होला । खेल प्रेम देखाउन पलेशाको टोली, भलिबल, फुटबल र क्रिकेटका मानिसलाई निवासमै बोलाएर खिचेका फोटाले प्रधानमन्त्री ओलीलाई कति कुरीकुरी गरिरहेको होला ?
खेलाडी र पदाधिकारीलाई बालुवाटारमा निम्त्याएर खेलकुदप्रतिको चासो र विज्ञता छाँट्दा जति आनन्द संगीनाजस्ता तपस्वीलाई अन्यायबाट जोगाउनमा कहाँ आउँछ र ? खेलाडीलाई प्रधानमन्त्री निवासका चोटा कोठा चहार्न लगाएर अभिभावकत्व देखाउन पाइएको छ भने किन संगीनाहरुको विषयमा टाउको दुखाइरहनु ? असान्दर्विक उखान टुक्का सुनाएर मान्छे हसाउनजस्तो काम गर्न त हुँदैन नी !
प्रजातन्त्रमा राजनीतिक नेतृत्व जनताबाट अनुमोदित हुने हो । सदस्यसचिव घिसिङ त जनताबाट अनुमोदित भएका नेताबाट अनुमोदित भएका हुन् । तर मन्त्री चौधरी र प्रधानमन्त्री ओली त आफै जनताबाटै अनुमोदित भएका र हुनुपर्ने राजनीतिक व्यक्तित्व हुन् । यस्तोमा आफूले गर्ने हरेक काममा ‘जनताले के भन्लान ?’ भन्ने चेत उनीहरुमा हुनुपर्ने हो । लोकतन्त्रमा राजनीतिक नेतृत्वले कम्तिमा लोकलाजको ख्याल गर्नुपर्ने हो । कि नेतृत्वमा पुगेपछि मुल्यमान्यता र सिद्दान्त रामकृष्ण ढकालको गितजस्तै ‘यो त सब भन्ने कुरा न हो’ भन्ने नै लाग्ने हो की !
पलेसाको सम्मानमा नगर परिक्रमा गर्दा ट्रकको हुटमा बसेर हात हल्लाउँदै गरेको तस्बिरले संगीना प्रशंगपछि मन्त्री चौधरी र सदस्य सचिवलाई कति गिज्याइरहेको होला । खेल प्रेम देखाउन पलेशाको टोली, भलिबल, फुटबल र क्रिकेटका मानिसलाई निवासमै बोलाएर खिचेका फोटाले प्रधानमन्त्री ओलीलाई कति कुरीकुरी गरिरहेको होला ? त्यो सम्झेर यिनलाई चाँही लज्जाबोध हुँदो हो की नाइँ ! प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रशंगमा कुनै बेला बोलेको एउटा बाक्य सापट लिन मन लाग्यो, ‘गोरू नाङ्गै हिड्दा मलाई के को लाज ?’