मंसिर ६, २०८१ बिहीबार | १४:२७:०३
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन हिमेश

ललित दाइ, ढल्केको पोस्ट र सागरको गोल

  • हिमेश

(कान्तिपुर दैनिकका सहायक सम्पादक हुन्, हिमेश । उनी प्रायः फुटबलमा रिपोर्टिङ गर्ने गर्छन् । दिवंगत ललितकृष्ण श्रेष्ठसँग नजिकको सम्बन्ध भएकामा पर्छन् उनी । धेरैलाई जस्तो हिमेशका लागि पनि उनी ललित दाइ नै थिए । नेपालले मैत्रीपूर्ण खेलका लागि सन् २०१४ मा इन्डोनेसियाको भ्रमण गर्दा त्यस टिमका प्रमुख थिए, उनै श्रेष्ठ । यही टिममा पत्रकारका रूपमा सहभागी थिए हिमेश । त्यतिबेला उनीहरूबीच लामो कुराकानी भएको थियो । यो विषयमा केन्द्रित रहेर । के थियो त यो ? हिमेशसँग कुराकानीका आधारमा)

...

सागर थापाको त्यो गोल, ओहो । सागरले हजार बदमासी गरे होलान्, हदकै बदमासी पनि गरे । तर ती सबै त्यो एक गोलका लागि माफी दिन योग्य हो कि जस्तो पनि लाग्छ । जतिबेला नेपाली फुटबल र अन्तर्राष्ट्रिय यात्राको चर्चा हुनेछ, त्यही एक गोलको प्रसङ्ग कहिले छुट्ने छैन । छुटे अन्याय हुनेछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले जति पनि गोल गरे, त्यो जत्तिको अब्बल दर्जाको गोल कहिल्यै भएन । नेपालका लागि यो नम्बर एक गोल थियो भन्दा हुन्छ ।  

‘मेरो पनि यो प्रिय गोल हो । मैले फुटबल खेलेर सबैभन्दा ठूलो उपहार केही पाएको छु भने त्यही गोल हो जस्तो लाग्छ,’ सागरसँग कुरा गर्न पाएका बेला भावनात्मक हुने गर्छन् र भन्छन्, ‘फुटबलमा मैले धेरै नै उतारचढाव देखें होला, तर जतिबेला त्यो गोल सम्झन्छु मन खुसी हुन्छ । यो मैले निकालेको गोल हो र यसले मेरो परिचय पनि बनायो ।’ 

यु–ट्युबमा यो गोल राखिएपछि यसलाई हेर्नेको संख्या अत्यधिक बढेको थियो । भ्युअर संख्या पनि लाखौं नै पुग्यो । फिफाले वर्षको सर्वाधिक उत्कृष्ट गोलका लागि दिने पुस्कास अवार्डका लागि पनि यो गोलको मनोनयन हुनुपर्छ भन्ने प्रसङ्ग पनि उत्तिकै उठेको थियो । सन् २०११ को डिसेम्बर ४ । नयाँ दिल्लीको जवाहरलाल नेहरु स्टेडियम । साफ च्याम्पियनसिप फुटबलको अवसरको थियो । त्यो दिन नेपालले बंगलादेशको सामना गर्दै थियो ।

त्यो गोललाई त्यस वर्ष पूरा विश्व फुटबलकै उत्कृष्ट गोल घोषित हुनुपर्छ भनेर सामाजिक सञ्जालतिर आवाज पनि सुनिए ।

यु–ट्युबमा यो गोल राखिएपछि यसलाई हेर्नेको संख्या अत्यधिक बढेको थियो । भ्युअर संख्या पनि लाखौं नै पुग्यो । फिफाले वर्षको सर्वाधिक उत्कृष्ट गोलका लागि दिने पुस्कास अवार्डका लागि पनि यो गोलको मनोनयन हुनुपर्छ भन्ने प्रसङ्ग पनि उत्तिकै उठेको थियो । सन् २०११ को डिसेम्बर ४ । नयाँ दिल्लीको जवाहरलाल नेहरु स्टेडियम । साफ च्याम्पियनसिप फुटबलको अवसरको थियो । त्यो दिन नेपालले बंगलादेशको सामना गर्दै थियो ।

दुवैका लागि त्यो लिग चरणको दोस्रो खेल थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेलेको थियो । बंगलादेश भने पाकिस्तानको हातबाट गोलरहित बराबरीमा रोकिएको थियो । दुवैलाई त्यो दिनको खेलमा जित आवश्यक थियो । हारको अर्थ हुन्थ्यो, प्रतियोगितामा लगभग चुनौती समाप्त । बंगलादेशविरुद्धको त्यो खेलमा नेपालको नतिजा खराब भए फेरि सेमिफाइनलको समीकरण खराब हुने तय थियो ।

खेलको निर्धारित ९० मिनेट सकियो । गोल भएन । इन्ज्युरी समय ५ मिनेटको थियो । त्यो पनि अन्त्यतिर थियो, त्यसमा पनि गोल हुने छाँट थिएन । तर खेलको अन्तिम केही सेकेन्डमा त्यो भयो, जसको कल्पना प्रायः फुटबलमा गरिन्न । नेपाल इकाउन्टरको प्रयासमा थियो । जगजित श्रेष्ठले यसक्रममा रविन श्रेष्ठलाई पास दिन खोजे । बल पाएयता रविन छलाउने प्रयास गर्दै थिए । बंगलादेशी डिफेन्डर मोहम्मद मामुनले उनीमाथि फाउल गरे ।

ठीक त्यही बेला सागरको मनमा के चलेको थियो, उनी सम्झन सक्दैनन् । तर पछाडिबाट यति कराएको भने पक्कै सुने, लामो हान्नु । यो स्वर थियो, सहायक प्रशिक्षक मेघराज केसीको । सायद सागर चाहन्थे, आफूले प्रहार गरेको फ्रि–किकमा कसैले हेड गरे हुन्छ । बल बंगलादेशको पेनाल्टी एरियामा खस्ने हो भने केही हुनसक्ने हो कि भन्ने आशय थियो होला उनको । नभन्दै, सागरले लामो शक्तिशाली प्रहार गरे । तत्काल भारतीय कमेन्टेटरको मुखबाट यस्तो सुनियो, ‘वेस्टेड फ्रि–किक’ ।

रेफ्री भारतका सन्तोष कुमार थिए । रेफ्रीले मामुनलाई पहेँलो कार्ड पनि देखायो । यस्तोमा नेपाललाई बंगलादेशको आधा भागबाट फ्रि–किकको अवसर प्राप्त भएको थियो । लगभग ४५ यार्डको दूरी थियो होला । रेफ्रीले मध्यभागको छेउबाट नेपाललाई बल चलाउने अवसर दिलायो । खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । दुवै टिम एक प्रकारले तनावमा थिए । बराबरीले दुवैलाई फाइदा थिएन । फ्रि–किक प्रहार गर्न तम्सिए, कप्तान सागर ।

ठीक त्यही बेला सागरको मनमा के चलेको थियो, उनी सम्झन सक्दैनन् । तर पछाडिबाट यति कराएको भने पक्कै सुने, लामो हान्नु । यो स्वर थियो, सहायक प्रशिक्षक मेघराज केसीको । सायद सागर चाहन्थे, आफूले प्रहार गरेको फ्रि–किकमा कसैले हेड गरे हुन्छ । बल बंगलादेशको पेनाल्टी एरियामा खस्ने हो भने केही हुनसक्ने हो कि भन्ने आशय थियो होला उनको । नभन्दै, सागरले लामो शक्तिशाली प्रहार गरे । तत्काल भारतीय कमेन्टेटरको मुखबाट यस्तो सुनियो, ‘वेस्टेड फ्रि–किक’ ।

अर्थात बेकारमा गएको फ्रि–किक । तर उनको यो भनाइ भुईंमा पनि खस्न पाएको थिएन, बलले मज्जाको यात्रा तय गर्दै अकल्पनीय काम गर्यो । बंगलादेशी गोलरक्षक सहिदुल आलम साहेल केही हदसम्म आफ्नो ‘पोजिसन’ मा थिएनन् । बलले उनलाई पनि बिट गर्दै पोस्टको दिशा लियो । त्यो जादुयी गोल थियो । पूरा बंगलादेशी टिम स्तब्ध बन्यो । उनीहरूसामु कुनै प्रतिक्रिया दिने अवसर पनि थिएन । खेल तुरुन्तै सकियो पनि ।

लेखक हिमेश ।

यता नेपाली टिमको खुसीको सीमा थिएन । नेपाली टिमका प्रशिक्षक थिए, ग्राहम रोबर्टस । पोस्टम्याच कन्फ्रेन्समा उनको फूर्ति देखिनसक्नु थियो । सायद सागरभन्दा पनि बढी कोही बढी खुसी थिए भने ती रोबर्टस थिए । उनी यस्तो भन्न पनि पछाडि परेनन्, ‘मैले यत्तिको राम्रो गोल कहिल्यै देखिनँ । यत्तिको सुन्दर गोल कहिल्यै भएन कि ?’ बंगलादेशी प्रशिक्षक थिए, मेसोडेनियाका निकोला लेभेस्की । सायद रोबर्टसको तुलनामा बढी सटिक प्रतिक्रिया उनले दिएका थिए ।

उनका प्रत्येक शब्द तौलिएका थिए । लेभेस्कीको भनाइ थियो, ‘यो गोलले बंगलादेशी फुटबललाई रूवाएको छ । तर यस्तो गोल एक जुगमा एकैपल्ट मात्र हुन्छ । जसले यसलाई प्रत्यक्ष हेर्न पाए ती सबै भाग्यमानी रहे ।’ 

काठमाडौं फर्केयता सागरको प्रतिक्रिया थियो, ‘भगवानकै कृपाले गोल भएको हो ।’ सबैलाई थाहा छ, सागर मिडियासँग मज्जाले बिरलै बोल्छन् । बोले पनि नितान्त अपेक्षित विचार मात्र । खेल चलिरहेका बेला सायद सागरलाई नराम्रोसँग भोक लागेको हुनुपर्छ ।

खासमा सागरले जुन स्थानबाट फ्रि–किक प्रहार गरेका थिए । त्यसको लगभग छेउमै थियो नेपाली पत्रकारको एक समूह । सँगै प्लयेर्स बक्स र मैदानबाट बाहिरिने बाटो पनि । सागर खेल सकेयता नेपाली पत्रकारतिर हुँदै बाहिरिए र पत्रकारलाई दिइएको स्न्याक्सको बाकस एउटा उठाए । सागरको भनाइ थियो, ‘लास्टै भोक लागेको छ ।’ 

सागर नेपाली घरेलु फुटबलमा पनि बिरलै गोल गरेका छन्, आखिरमा उनी डिफेन्डर त रहे । भलै, उनले आफ्नो खेलजीवनको सुरुआत फरवार्डका रूपमा गरेका थिए । उनको यो गोल विशुद्ध डिफेन्डरका रूपमा हो । यसै गोलको दुई अर्को पाटो पनि जोडिएर रहेको छ । पहिलो पाटो, यो धेरैलाई थाहा नै छैन ।

यो गोल नेपाली फुटबलले अन्तर्राष्ट्रिय मञ्चमा देखेको अहिलेसम्मकै सबैभन्दा राम्रो गोल थियो, यसमा कुनै दुईमत नै हुन सक्दैन ।

सागर नेपाली घरेलु फुटबलमा पनि बिरलै गोल गरेका छन्, आखिरमा उनी डिफेन्डर त रहे । भलै, उनले आफ्नो खेलजीवनको सुरुआत फरवार्डका रूपमा गरेका थिए । उनको यो गोल विशुद्ध डिफेन्डरका रूपमा हो । यसै गोलको दुई अर्को पाटो पनि जोडिएर रहेको छ । पहिलो पाटो, यो धेरैलाई थाहा नै छैन । 

दोस्रो, यो केहीलाई थाहा छ, तर धेरै लेखिएको छैन । पहिलो, गोल जति अविश्वसनीय छ, त्यससँग जोडिएको घटना पनि उत्तिकै पत्याउन गाह्रो छ ।यसलाई पहिलोपल्ट सुन्दा यस्तो पनि हुनसक्छ र भन्ने प्रश्न उठन सक्छ । तर, यस्तो भएको साँचो हो ।

....

डिसेम्बर ४ को त्यस खेलको बिहानै नेपाली फुटबल टिमका केही पदाधिकारी जवाहरलाल नेहरु स्टेडियम घुम्न गएका थिए । खासमा उनीहरूको उद्देश्य मैदान कस्तो छ भनेर बुझ्नु थियो । एक प्रकारको जासुसी काममा निस्केका ती पदाधिकारीमा एक थिए ललितकृष्ण श्रेष्ठ । अर्को उपेन्द्रमान सिंह । ललितकृष्ण नेपाली टिमका टोली नेता नै थिए । उपेन्द्रमान भने गोलकिपर प्रशिक्षक । तिनले के पाए भने मैदानको एक छेउमा रहेको गोलपोस्ट आफ्नो स्वाभाविक स्थितिमा थिएन ।

पोस्ट पछाडितिर ढल्केको थियो । पोस्टले जुन स्थानमा भुईं छुनुपर्ने थियो, त्यो ठीक थियो । तर माथितिर भने यो धेरै हदसम्म पछाडि ढल्केको थियो । ‘यस्तो पनि हुन्छ र भने ?’ ललितकृष्णले प्रश्न गरेका थिए उपेन्द्रमानतिर फर्केर । उत्तर आयो, ‘अहँ, यस्तो त मैले कहिल्यै देखेको पनि छैन । अझ सुनेको पनि छैन । यस्तो त अन्तर्राष्ट्रिय फुटबलमा हुनै सक्दैन ।’ उनीहरूको समान निचोड थियो, ‘यसले बल पोस्टमा छिर्ने सम्भावना बढाउने गर्छ ।’

किनभने यसले पोस्टको मुख केही हदसम्म ठूलो पारेको थियो । अब प्रश्न उठ्न सक्छ, जवाहरलाल नेहरु स्टेडियममा रहेका ग्राउन्ड्सम्यान यो किन देखेनन् ? म्याच रेफ्रीले कसरी देखेनन् ? खेल सुरु हुनुअगाडि एसिस्टेन्ट रेफ्रीले पोस्टलाई निरीक्षण गर्ने गर्छन्, उनीहरूले कसरी हेक्का राख्न सकेनन् ? हुँदा हुँदा दुवै टिमका गोलरक्षकले पनि देखेनन् त ? खासमा नेपाली टिमका केही खेलाडीले यसलाई देखेका रहेछन्, तिनले पनि बढी टाउको दुखाएनन् र चुपचाप खेले ।

लेखक हिमेश ।

सागरलाई भने त्यसबारे केही थाहा थिएन । सागरको त्यस गोलमा पोस्टको त्यो स्थितिले पनि कुनै न कुनै रूपमा सहयोग गरेको थियो कि ? त्यसको उत्तर सागरले आफ्नो त्यस गोललाई लिएर दिएको प्रतिक्रिया जस्तै छ । अब त्यसको उत्तर भगवानले मात्र दिन सक्नेछन् । तर ललितकृष्ण र उपेन्द्रमानलाई पनि मनैमन डर थियो, कतै यो तथ्य कसैले थाहा पायो भने ? दुवैले चुपचाप बस्ने निर्णय गरे । आखिरमा नेपालले खेल जितेको थियो, दुवै स्वाभाविक रूपमा खुसी मनाउनै व्यस्त रहे ।

....

त्यो खेलको भोलिपल्ट बिहानै ललितकृष्ण फेरि मैदान भने पुगे । उनमा कौतूहल थियो, पोस्ट के अझै त्यही स्थितिमा छ त ? थिएन । पोस्टलाई मिलाइसकेको थियो । अब त्यो दुरुस्त स्थितिमा थियो ।