फाल्गुन ५, २०८२ मंगलबार | ०७:५३:०५
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने

काउन्टर अट्याक: एन्फा षड्यन्त्रहरू उत्पादन गर्ने कारखाना नबनोस्

- अध्यक्षज्यूले सबै एजेन्डामा छलफल गर्न चाहनुभएन । सुरुमा आफ्नो स्वार्थ मिसिएका एजेन्डामा निर्णय गराएपछि बैठक विथोल्ने उहाँको रणनीति देखियो । त्यसैले हामीले सबै एजेन्डामा छलफल गरौं र छलफलपछि हामी हस्ताक्षर गर्छौंभन्दा अध्यक्षज्यूले एकतर्फी रूपमा बैठक स्थगित गर्नुभयो । अध्यक्षज्यू आफ्नै दिमागले चल्नुभएको छैन । उहाँलाई जर्मनीबाट नवीन पाँडेले सञ्चालन गरिरहनुभएको छ ।

- वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १२ जनाले पूर्वअध्यक्ष गणेश थापाको निर्देशनमा उनैका छोरा गौरवलाई सिइओ वा सहमहासचिव नबनाएसम्म मान्दैनौं भनेर उपस्थितिमा समेत हस्ताक्षर गर्नुभएन । बहुमत सदस्यले उपस्थितिमै हस्ताक्षर नगरेपछि कसरी बैठक सञ्चालन गर्ने ? उपस्थितिमा हस्ताक्षर गरेको भए बैठकमा छलफल त भइहाल्थ्यो नि ।

नेपाली खेलकुदमै सबैभन्दा बढी चर्चा र विवादमा आइरहने अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएपछि दुई पक्षले आ-आफ्नो बचाउमा गरेका तर्क हुन् यी । आ-आफ्नो स्वार्थसमेत मिसाएर सविस्तार त्यस्तै डम्फु बजाउने हो भने दुवै पक्षका तर्क अझ जोड्दार बनाउन सकिएला । एउटालाई दैव वा अर्कोलाई दानव पनि बनाउन सकिएला ।

तर, नेपाली फुटबलमा अहिले बहस गर्नुपर्ने विषय यति हल्का र सस्ता पक्कै होइनन् । पाँडेको इशारामा अध्यक्ष नेम्वाङ र थापाको निर्देशनमा खड्काहरू चलेको आरोप–प्रत्यारोप गर्ने समय त झनै होइन यो । बाहिरबाट गरिने सतही विश्लेषणमा यस्ता तर्क र बहसको अर्थ रहला । तर, एक महिनाअघिसम्म तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई गलहत्याउन औपचारिक प्रतिस्पर्धामै देखिनेगरी नेम्वाङ र खड्काहरू तथा पर्दा पछाडिबाट थापा र पाँडे अनि अरू धेरै एकमुख भएकै हुन् । उनीहरू कम्तीमा यस्ता सस्ता आरोप-प्रत्यारोपमा नलागेकै जाती । यसले नेपाली फुटबललाई त खोज्नै नसकिने गरी रसातलमा पुर्याउन सक्छ ।

एक महिनाअघिसम्म एकअर्काको भजन गाउँदा घाँटी नै धन्य भएको ठान्नेहरूले नै अहिले आफ्नै सहयात्रीविरुद्ध आगो ओकलिरहँदा त्यो आगोले आफैंलाई पनि डढाउँछ भन्ने हेक्का राख्नुपर्छ ।

असार ६ गतेसम्म एउटै जहाजमा सवारहरूबीच अहिले एक महिना नबित्दै छताछुल्ल भएको भागबण्डाको खेल र आफै छरपस्ट हुने खालका आत्मघाती प्रयासहरूको नतिजाले दुवै पक्षलाई हित गर्ने छैन । बरू घाटा नै हुनेछ । एक महिनाअघिसम्म एकअर्काको भजन गाउँदा घाँटी नै धन्य भएको ठान्नेहरूले नै अहिले आफ्नै सहयात्रीविरुद्ध आगो ओकलिरहँदा त्यो आगोले आफैंलाई पनि डढाउँछ भन्ने हेक्का राख्नुपर्छ ।

किनकि नेम्वाङ पक्षले थापाको लेप लगाएर प्रस्तुत गर्दै खड्काहरूको जति चीरहरणको प्रयास गर्छन्, उति नै स्वयं आफूहरूको धोती फुस्किने छ । अहिले फिफाद्वारा भ्रष्टाचार आरोपमा १० वर्ष प्रतिबन्धमा परेका भनेर थापाको तेजोबध गरिरहँदा नेपाली खेलकुदजगत, खासगरी फुटबल परिवारमा जगजाहेर तथ्य चुनावअघिसम्म थापाकै आशीर्वाद पाउन विशालनगरवरिपरि कैलाश परिक्रमा गरेका विषयहरू खुला बहसमा आउनेछन् । तिनै फिफाको प्रतिबन्धमा रहेका थापासँग गरेका तमाम साठगाँठ र सहमतिका फेहरिस्त बाहिरिनेछन् । जसले पक्कै पनि नेम्वाङलाई अप्ठेरो अवस्था सिर्जना गर्नेछ ।

यसैगरी खड्काहरूले अध्यक्ष नेम्वाङलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेको खेलौनाका रूपमा बयान गरिरहँदा आफ्ना कमजोरीहरू लुक्ने छैनन् । हिजो चुनावअघि तिनै पाँडेबाट एक-दुई भोट तलमाथि होलान् कि भन्ने याचनासाथ पश्चिमतिर फर्किएर टोलिएका आँखा देख्नेहरूको नेपाली फुटबलमा कमी छैन । अघिल्ला अध्यक्षले नियुक्ति गर्दा आफैंले विदेशी नागरिक भनेर चर्को विरोध गर्नेहरूले यसपालि कार्यसमितिको पहिलो बैठकबाटै जर्मन नागरिक पाँडेलाई त्यही पदमा ल्याउन गरेको हतारो पनि सबैसामु छर्लंग छ ।  

विना एजेन्डाको पहिलो बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्नु, तर समयमै एजेन्डा पठाएर, सदस्यहरूले चाहेअनुसारका एजेन्डा थपेर सबैखाले प्रक्रिया पूरा गरिएको बैठक चाहिँ ९० प्रतिशतभन्दा माथिको उपस्थितिका बावजुत पनि सुरु नभइकनै स्थगित हुनु दुःखलाग्दो पक्ष हो ।

झन्डै तीन वर्षसम्म तत्कालीन अध्यक्ष शेर्पाको खोइरो खन्न नङमासु झै रहेकाहरूबीच कुरो नमिलेपछि खड्कालगायतले पाँडे नियुक्ति गलत भएको स्वीकारोक्तिका साथ उनलाई बर्खास्त गर्न निवेदन दायर गरेको विषयको पनि यहाँ धेरै अर्थ छैन । किनकि त्यो नेपाली फुटबलको मुख्य मुद्दा होइन । पाँडे हुनु वा नहुनुले नेपाली फुटबललाई कुनै अर्थ राख्ने छैन । 

निर्वाचित भएको एक महिना नबित्दै अध्यक्ष बिरामी परेर स्थगित गरिएको बैठक तीन दिनपछि पनि सम्पन्न हुन नसक्नु चाहि‘ दुःखको पक्ष हो । विना एजेन्डाको पहिलो बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्नु, तर समयमै एजेन्डा पठाएर, सदस्यहरूले चाहेअनुसारका एजेन्डा थपेर सबैखाले प्रक्रिया पूरा गरिएको बैठक चाहिँ ९० प्रतिशतभन्दा माथिको उपस्थितिका बावजुत पनि सुरु नभइकनै स्थगित हुनु दुःखलाग्दो पक्ष हो ।

दोस्रो बैठकमा छलफल हुने तय भएका सचिवालयले पठाएका ११ तथा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दीपक खतिवडाले थप गरेका गरी १८ एजेन्डा नेपाली फुटबलका वास्तविक विषय थिए । खास बहस हुनुपर्ने मुद्धा तिनै हुन् । त्यसमा छलफल नै नहुनुले एन्फाको नवनिर्वाचित कार्यसमिति नेपाली फुटबलप्रति पटक्कै इमानदार र प्रतिबद्ध छैन भन्ने प्रस्ट पारेको छ । नेतृत्वमा नेपाली फुटबल हाँक्ने क्षमता छैन भन्ने प्रमाण पनि दिइसकेको छ ।

अहिले दुवै पक्षबाट भइरहेका कुतर्कको खेती आ-आफ्ना अक्षमता र स्वार्थको पोको लुकाउने दुस्प्रयास मात्र हो । सामान्य मानवहरूको देवत्वकरण र दानवीकरण पनि तिनका कुतर्कमा आफ्ना स्वार्थ मिसाएर एजेन्डा सेटरहरूले बजाउन खोजेको आफ्नै डम्फुमात्र हो, भैंसी बोकेर हिँडिरहेकाले अर्काको जिउको जुम्रा देखाएजस्तै ।

नेपाली फुटबल सधैं विवाद, यथास्थितिवाद, शक्तिसंघर्ष, अपारदर्शिता, कुशासनलगायतका रोगबाट ग्रसित रहँदै आएको छ । सर्वोच्च निकायको बैठकमा इमान्दारीपूर्वक ती १८ एजेन्डामा छलफल भएर निष्कर्ष निकालिएको भए भोलिका दिनमा नेपाली फुटबलले सही बाटो समाउने अपेक्षा गर्न सकिन्थ्यो । तर, बैठकसँगै ती एजेन्डा पनि अलपत्र परे । समग्रमा नेपाली फुटबल नै अलपत्र पर्यो ।

यो विश्वकपको वर्ष हो । एक महिना कतारमा हुने विश्वकपको ज्वरोले पूरा विश्वलाई तताउँछ । त्यो बेला घरेलु फुटबल गर्न सम्भव हुन्न । सम्भव भइहाले पनि उचित हुन्न । यही वर्ष नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव बृहत नवौं राष्ट्रिय खेलकुद हुँदै छ । त्यसले पनि एक महिना फुटबलका नियमित गतिविधि गर्न गाह्रो हुन्छ । आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचन हुँदै छ ।

फुटबल संघअन्तर्गतका नियमित हुनैपर्ने क्यालेन्डर प्रभावित गर्ने अरू थुप्रै इभेन्ट छन् । समय यत्तिकै खेर गइरहेको छ । कार्यक्रम र समयाभावको अवस्थाअनुसार क्यालेन्डर तन्किँदैन । वर्षमा १३ महिना हुँदैन ।

एन्फाले आफ्नै कार्यक्रमअनुसार सबै डिभिजनका लिग गर्नु छ । लामो समयदेखि घोषित राष्ट्रिय लिग सुचारु गर्ने यो कार्यसमितिको चुनावमा जाँदाको मुख्य एजेन्डा थियो । चौधरी ग्रुपले गर्ने नेपाल सुपर लिग (एनएसएल)का लागि समय ‘दिनैपर्ने बाध्यता’ छ । सुरु भएर एक चरण सकिइसकेको महिला लिग अलपत्र छ । त्यसमाथि भदौमा काठमाडौंमा महिला साफ च्याम्पियनसिप आयोजनाको जिम्मेवारी लिएको अवस्था छ । असारको निर्वाचनबाट २१ सदस्यीय कार्यसमितिमा १९ जनामात्र निर्वाचित भएका छन् । सदस्य पदका चार उम्मेदवारको समान मत भएका कारण १३ खुला सदस्यमध्येबाट दुई जना चुनिन बाँकी नै छ । त्यसका लागि अर्को साधारणसभा आयोजना गर्नुपर्छ । राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक र खेलाडीहरुबीचको समस्याले नेपाली फुटबललाई बदनाम बनाइसकेको छ । त्यसलाई तत्काल समाधान गर्नुपर्छ ।

अघिल्लो नेतृत्वले आर्थिक रूपमा जर्जर बनाएर छोडेको भन्दै एकमुखले आरोप लगाउनेहरूले एउटा कार्यसमिति बैठकको नाममा लाखौं रुपैयाँ खर्च गरिसके । एउटा बैठकका लागि दुई पटक देशभरबाट जहाज चढाएर सदस्य ओसार्ने काम भइसक्यो । लाखौं फजुल खर्च गरे पनि बैठकचाहिँ बस्न सकेको छैन ।

यो सबै काम गर्नुपर्ने भनेको हाल उपलब्ध १९ जनाको कार्यसमितिले हो । तर, त्यो कार्यसमिति ‘थापाले दिएनन, पाँडेले रिमोट चलाए’ जस्ता हचुवा कुरा गरेर पानीमाथि ओभानो बन्न खोजिरहेको छ । वास्तविक मुद्दाबाट नेपाली फुटबलको बहसलाई विषयान्तर गर्ने प्रयास गरिरहेको छ ।

अघिल्लो नेतृत्वले आर्थिक रूपमा जर्जर बनाएर छोडेको भन्दै एकमुखले आरोप लगाउनेहरूले एउटा कार्यसमिति बैठकको नाममा लाखौं रुपैयाँ खर्च गरिसके । एउटा बैठकका लागि दुई पटक देशभरबाट जहाज चढाएर सदस्य ओसार्ने काम भइसक्यो । लाखौं फजुल खर्च गरे पनि बैठकचाहिँ बस्न सकेको छैन । यसमा जवाफदेहिता कसैले लिइरहेका छैनन् । आफ्नो गल्ती छोप्न अर्कोलाई आरोप लगाएर पन्छिइरहेको छ । अनि विश्लेषकहरू आफूअनुकूल पक्षको आवाज बोक्दै सतही तर्क–वितर्कमा रमिरहेका छन् । जसले एन्फालाई फुटबल भावनाको नेतृत्व गर्ने संस्थाबाट षड्यन्त्रहरू उत्पादन गर्ने कारखानाको रूपमा स्थापित गर्दै छ ।

नेपालीमा एउटा उखान छ, ‘अर्कोलाई चोर औंला देखाउँदा तीनवटा औंला आफूतिरै फर्किरहेका हुन्छन् ।’ अहिले एन्फामा विवाद गरिरहेका दुवै गुटका प्रत्येक सदस्यतिर उसैका तीन औंला सोझिइरहेका छन् । आफूतिर सोझिएका औंला हटाउन अर्कोतिर सोझ्याएको औंला पहिला हटाउनुपर्छ र पाँचै औंलाले मुठी कस्नुपर्छ । एन्फा नेतृत्वले मुठी कस्न ढिलो नगरोस् । नत्र पछुताउन पनि समय हुने छैन ।


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL