मंसिर ११, २०८२ बिहीबार | ०८:५१:०४
पिएसजीको जितमा भिटिन्हाको ह्याट्रिक आर्सनलको विजयी यात्रा जारी रियालको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा प्रतीक्षाको डेब्यु अन्तर्राष्ट्रिय मैत्रीपूर्णः इन्डोनेसियासँग नेपाल पराजित विराटनगरले बेहोर्यो पहिलो हार, भोपारा र रञ्जितको सानदार प्रदर्शनमा चितवनको दोस्रो जित इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरको खराब सुरुआत एएफसी यु-१७ एसियन कपः छनोट चरणबाटै बाहिरियो नेपाल, ओमानसँग फराकिलो हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई पिएसजीको जितमा भिटिन्हाको ह्याट्रिक आर्सनलको विजयी यात्रा जारी रियालको रोमाञ्चक जितमा एमबाप्पेको सानदार प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा प्रतीक्षाको डेब्यु अन्तर्राष्ट्रिय मैत्रीपूर्णः इन्डोनेसियासँग नेपाल पराजित विराटनगरले बेहोर्यो पहिलो हार, भोपारा र रञ्जितको सानदार प्रदर्शनमा चितवनको दोस्रो जित इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता विराटनगरको खराब सुरुआत एएफसी यु-१७ एसियन कपः छनोट चरणबाटै बाहिरियो नेपाल, ओमानसँग फराकिलो हार इन्डोनेसियाविरुद्ध अनुभवी खेलाडी पहिलो रोजाईमा, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई

पिएसजीको जितमा भिटिन्हाको ह्याट्रिक

काठमाडौं । पोर्चुगिज मिडफिल्डर भिटिन्हाको उत्कृष्ट प्रदर्शनमामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगमा टोटनहामलाीई ५-३ ले पराजित गरेको छ ।

चौथो जितसँगै पाँच खेलमा १२ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ । पराजित टोटनहम समान खेलबाट आठ अंकका साथ १६औं स्थानमा छ ।

बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन भिटिन्हाले ह्याट्रिक गर्दा फाबियन रुइज र विलियम पाकोले एक एक गोल थपे । टोटनहमका लागि रान्डल कोलो मुआनीले दुई र रिचार्लिसनले एक गोल गरे ।

खेलको ३५औं मिनेटमा रिचार्लिसनको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । ४५औं मिनेटमा भिटन्हाले पिएसजीलाई बराबरीमा ल्याए ।

मुआनीले ५०औं मिनेटमा गोल गर्दा टोटनहम २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै भिटिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा आयो ।

रुइजले ५९ र पाकोले ६५औं मिनेटमा गोल गर्दा पिएसजी ४-२ को अग्रतामा पुग्यो । ७२औं मिनेटमा मुआनीले व्यक्तिगत दोस्रो तथा टोटनहमका लागि तेस्रो गोल गरे ।

भिटिन्हाले ७६औं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा रक्षक लुकास हर्नान्डेजले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि पिएसजी १० खेलाडीमा समेटिएको थियो ।

बुधबारै सम्पन्न अन्य खेलमा एटलेटिको मड्रिडले इन्टर मिलानलाई २-१, स्पोर्टिङले क्लब ब्रुजलाई ३-०, पिएसभीले लिभरपुललाई ४-१, एट्लान्टाले फ्र्याङ्कफर्टलाई ३-०, रियाल मड्रिडले ओलिम्पियोकसलाई ४-३, आर्सनलले बायर्न म्युनिखलाई ३-१ र कोपनहेगन काइरातलाई ३-२ ले पराजित गरे ।  यसैगरी  पाफोस र मोनाको २-२ को बराबरीमा रोकिए ।


भिडियो
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
RANJIT KUMAR || भित्री मन देखि आज मेरो दिन हो जस्तो महसुस गरिरहेको थिएँ || NPL || NPL SEASON 2 ||
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE