काठमाडौं । अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपमा पुग्ने नेपालको चुनौती समाप्त भएको छ । बुधबार छनोट प्रतियोगितामा तेस्रो हार बेहोरेसँगै समूह विजेता बन्दै साउदीको टिकट काट्ने नेपालको गणितीय सम्भावना सकिएको हो ।
म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा ओमानले नेपालको चुनौती ५-० ले पन्छायो । पहिलो हाफमा तीन गोलको अग्रता बनाएको ओमानले त्यसपछि दुई गोल थप्यो ।
जितसँगै ओमान दुई खेलमा स्पष्ट ६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा ओमनाले सिरियालाई ३-१ ले हराएको थियो । नेपालले यसअघि म्यानमारलाई ४-० र सिरियालाई ४-२ ले नतिजा सुम्पिएको थियो ।
समूह ‘जी’को अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्ने तालिका छ । बुधबार दिनको दोस्रो खेलमा अफगानिस्तानले सिरियासँग खेल्ने तालिका छ । सिरियासँग हार बेहोरे छनोट समीकरणबाट अफगानिस्तान पनि लगभग बाहिरिनेछ ।
