आश्विन १, २०८१ मंगलबार | ०१:३४:०३
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन अब्दुल्लाह अल्मुताइरी

काउन्टर अट्याक: के होला अल्मुताइरीको भविष्य ?

अब्दुल्लाह अल्मुताइरी । नेपाली फुटबल समर्थकबीच निकै लोकप्रिय नाम । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक । कतार फुटबल संघको सहयोगमा आएका कुवेती नागरिक । ...एएफसीको व्यावसायिक प्रशिक्षक लाइसेन्सप्राप्त अल्मुताइरी नेपाल आएको १५ महिना पुग्दै छ । उनले औपचारिक रूपमा टिम सम्हालेको त भर्खर १४ महिना भयो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रूपमा उनको पहिलो खेल गत वर्ष बैशाख १२ गते कतारविरुद्ध थियो । माल्दिभ्सको मालेमा गत कात्तिकमा सम्पन्न १३औं साफ च्याम्पियनसिप फुटबलको फाइनल पुग्नु अल्मुताइरीको करियरको उत्कर्ष थियो ।

तर, त्यो जस दिइरहँदा नेपाली खेलाडी र आफ्नै फुटबल विगतप्रति एउटा ठूलो अन्याय भइरहेको छ । त्यो भनेको के भने यसपालि थोरैमात्र टोलीको सहभागिताका कारण प्रतियोगिताको स्वरुपमै परिवर्तन भएको थियो । जसका कारण साफ च्याम्पियनसिप इतिहासमै पहिलो पटक नेपालको फाइनल यात्रा सम्भव भयो ।

उसो त अल्मुताइरीको नेतृत्वमा नेपालले कुल १९ खेल खेलेको छ । त्यसमध्ये १३ मा हार भोगेको नेपालले ५ जित र २ बराबरी नतिजा निकालेको छ । १९ खेलमा नेपालको तर्फबाट १९ गोलमात्र हुँदा विपक्षी टोलीले ३६ गोल गरेको छ । सर्सर्ती हेर्दा अल्मुताइरीको कार्यकालमा नेपाली फुटबलले मैदानभित्र विगतजस्तै औसतमात्र प्रदर्शन गरेको छ । साफ च्याम्पियनसिपमा फाइनल पुग्नुको जस उनलाई जबरजस्ती दिन खोजिन्छ ।

तर, त्यो जस दिइरहँदा नेपाली खेलाडी र आफ्नै फुटबल विगतप्रति एउटा ठूलो अन्याय भइरहेको छ । त्यो भनेको के भने यसपालि थोरैमात्र टोलीको सहभागिताका कारण प्रतियोगिताको स्वरुपमै परिवर्तन भएको थियो । जसका कारण साफ च्याम्पियनसिप इतिहासमै पहिलो पटक नेपालको फाइनल यात्रा सम्भव भयो ।

त्यसअघि समूह चरणमा तीन खेलबाट ७ अंक जोड्दा सेमिफाइनलमात्र पुगिन्थ्यो । यसपालि पहिलो चरणका ४ खेलमा ७ अंकमात्र जोड्दा पनि फाइनलको ढोका खुलेको हो । सत्य यही नै हो । सधैंजसो ८ टोलीको सहभागिता रहने गरेको साफ च्याम्पियनसिपमा यसपालि ५ टिमले मात्र भाग लिएका थिए । पाकिस्तान र भुटानको चुनौती नेपालका लागि सामान्य हुने मान्दा पनि अनुपस्थित हुनेमा पछिल्ला संस्करणमा सधैं नेपालको यात्रामा तगारो हाल्दै आएको अफगानिस्तान पनि थियो ।

उनकाविरुद्ध एन्फा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले छानबिन समिति बनाए । समितिको प्रतिवेदनले उनलाई आफ्नो काममा मात्र केन्द्रित हुन र सामाजिक सन्जालमा अनावश्यक सक्रियता नराख्न निर्देशन दियो । तर, उनले त्यसविरुद्ध राजीनामाको धम्की दिए । अल्मुताइरीले काम सम्हालेको ६ महिना नबित्दै राजीनामाको धम्की दिएको यो दोस्रोपल्ट थियो । तर दोस्रो पटक पनि धम्कीमात्र दिए, उनले राजीनामा दिएनन् ।

यी भए मैदानका कुरा । अल्मुताइरी र नेपाली फुटबलको चर्चा गर्दा योभन्दा पनि महत्त्वपूर्ण मैदानबाहिरका विषयहरू हुने गर्छन् । मैदानबाहिर चर्का कुरा गरेरै अल्मुताइरीले भावुक नेपाली समर्थकको मन जितेका छन् । मैदानभित्र खासै उत्साहजनक नतिजा दिन नसके पनि उनीप्रति समर्थकले दर्शाएको माया र विश्वास आश्चर्यजनक नै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली फुटबलको सर्वोच्च निकाय हो । त्यसका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङविरुद्ध अल्मुताइरीले लगाएको आरोप साँच्चै गम्भीर थियो । नेम्बाङमाथि आरोप लगाइरहँदा उनले फेसबुकमा समर्थकलाई सम्बोधन गर्दै पोस्ट लेखेर राजीनामाको धम्की दिए । सार्वजनिक स्थलमा चुरोट खाएको विषयमा पनि उनी दुई पत्रकारसँग घम्साघम्सीमै उत्रिए ।

उनकाविरुद्ध एन्फा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले छानबिन समिति बनाए । समितिको प्रतिवेदनले उनलाई आफ्नो काममा मात्र केन्द्रित हुन र सामाजिक सन्जालमा अनावश्यक सक्रियता नराख्न निर्देशन दियो । तर, उनले त्यसविरुद्ध राजीनामाको धम्की दिए । अल्मुताइरीले काम सम्हालेको ६ महिना नबित्दै राजीनामाको धम्की दिएको यो दोस्रोपल्ट थियो । तर दोस्रो पटक पनि धम्कीमात्र दिए, उनले राजीनामा दिएनन् ।

नेपाली टोली मालेमा साफ च्याम्पियनसिप खेल्दै थियो । फाइनल पुगिसकेको अवस्थामा अल्मुताइरीले फेरि एक पटक कुनै पनि नेपाली मिडियामा आउँदै नआएको कपोकल्पित समाचारको विषय उठाएर राजीनामाको धम्की दिएका थिए । तेस्रो पटक राजीनामाको धम्की दिँदा त स्वाभिमानी नेपालीको मन दुःखाउने काम पनि गरे ‘म अब कहिल्यै नेपाल फर्किन्न’ भनेर । यसपालि पनि त्यो धम्कीमै सीमित भयो । अल्मुताइरीले फेरि पनि राजीनामा गरेनन् । उनी अझै पनि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरिरहेकै छन् ।

अझ आश्चर्यलाग्दो कुरा त, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज आफैं समर्थकझै भावुक भएर अल्मुताइरीलाई लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मै पुगे । मानौं, अल्मुताइरी विश्वकपमा नेपाललाई उपाधि जिताएर ट्रफी लिएर आउँदै थिए । मन्त्रालयमा उनलाई बोलाएर, फोटो खिचाएर आफूजत्तिको खेलकुद बुझेको र यसको ख्याल गर्ने मन्त्री मन्त्रायलले पाएकै थिएन । मानौं अल्मुताइरीलाई फर्किन राजी गराएर उनले नेपाली फुटबललाई डुब्नबाट जोगाएका थिए ।

पछिल्लो पटक त अल्मुताइरीले नेपाली फुटबलमै अहिलेसम्म नभएको घटना गराए । हिजो खेलाडीको हितका लागि आफू जुन हदसम्म जान पनि तयार रहेको बताउने उनले नेपाली राष्ट्रिय टोलीका १० मुख्य खेलाडीलाई प्रशिक्षण सिविरबाटै निकालिदिए । खेलाडीको दोष थियो, बस्न सुविधासम्पन्न होटल र खानका लागि पौष्टिक खुराकका लागि अनुरोध गर्नु । केही अघिसम्म अल्मुताइरी आफैंले भन्ने गरेको कुरा गरेवापत नेपाली फुटबलका लागि लामो समयदेखि योगदान गरिरहेका १० खेलाडीले अनाहकमा टिम छोड्नुपर्यो । आफ्ना सहकर्मी साथीमाथि भएको अन्यायविरुद्ध बोल्दा कप्तान पनि टिममा रहने वातावरण बनेन । ११ खेलाडी अल्मुताइरीको टिमबाट निकालिए ।

सायद, विश्वकै फुटबल इतिहासमा एकैपटक राष्ट्रिय टोलीका मुख्य ११ खेलाडी यसरी निकालिएको घटना अर्को पाइन्न होला ।

विवादै विवादका यति धेरै शृंखलाका बावजुद अल्मुताइरीको लोकप्रियतामा कमी आएको छैन । समर्थकहरू उनैलाई नायक मानिरहेका छन् । हिजो तिनै खेलाडीको प्रत्येक शटमा ताली बजाउने समर्थकहरू भए नभएको आरोप लगाएर आफ्ना प्रिय स्टारविरुद्ध आगो ओकलिरहेका छन् । मानौं, अल्मुताइरी आउनुअघि नेपालमा फुटबल नै थिएन र उनको बर्हिगमनपछि पनि रहने छैन । अनि अल्मुताइरी आएपछि चाहिँ नेपाली फुटबलमा भयंकर जादु भइरहेको छ ।

समर्थकको स्वभाव जहिले पनि भावनामा बग्ने खालको हुन्छ । तर, प्रशासन भावनामा बग्न सक्दैन । अनि भावना त खेलाडीको पक्षमा पनि छ नि । अल्मुताइरी आउनुअघि पनि नेपाली फुटबलको शान त तिनै खेलाडीले जोगाएका हुन् ।

प्रसंग बदलौं । पछिल्लो विवादपछि भने अल्मुताइरीले अझैसम्म राजीनामाको तुरूप फ्याँकेका छैनन् । अल्मुताइरी विवाद शृंखलाको पछिल्लो संस्करणपछि बनेको छानबिन समितिको प्रतिवेदनअनुसार पनि उनले राजीनामा घोषणा गरिरहनु जरुरी छैन । एन्फाले बनाएको त्यो समितिले एसिया कप छनोटको तेस्रो चरणपछि अल्मुताइरीलाई बिदा गर्न एन्फालाई सुझाइसकेको छ । यस्तोमा के होला त अल्मुताइरीको भविष्य ?

शेर्पा पक्षले निर्वाचन जितेर थप चार वर्ष एन्फाको बागडोर हातमा लिए अल्मुताइरीको निरन्तरता हुने अनुमान लगाउन गाह्रो छैन । शेर्पा स्वयंको अभिव्यक्तिले पनि त्यही संकेत गर्छ । प्रतिवेदन पालना गर्नुहुन्छ त ? भनेर खेलाडी डटकमले सोधेको प्रश्नमा शेर्पाले ‘प्रतिवेदनको अध्ययन गर्नै बाँकी रहेको’ बताउँदै प्रतिवेदन पढेर कार्यसमितिमा छलफल गरेपछि मात्र निर्णय लिने प्रतिक्रिया दिएका थिए ।

एन्फा अहिले चुनावमा होमिएको छ । असार ६ गते हुने चुनावका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा जोसँग अल्मुताइरीको अत्यन्तै निकट सम्बन्ध छ र अल्मुताइरीसँग निकै खराब सम्बन्ध भएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिइसकेका छन् । निर्वाचन जसले जिते पनि पूर्वखेलाडी राजेश शाहीले मिलापत्रको कागज नाम दिएको छानबिन समितिको सतही प्रतिवेदनको कुनै अर्थ हुने छैन । यो पक्का छ ।

शेर्पा पक्षले निर्वाचन जितेर थप चार वर्ष एन्फाको बागडोर हातमा लिए अल्मुताइरीको निरन्तरता हुने अनुमान लगाउन गाह्रो छैन । शेर्पा स्वयंको अभिव्यक्तिले पनि त्यही संकेत गर्छ । प्रतिवेदन पालना गर्नुहुन्छ त ? भनेर खेलाडी डटकमले सोधेको प्रश्नमा शेर्पाले ‘प्रतिवेदनको अध्ययन गर्नै बाँकी रहेको’ बताउँदै प्रतिवेदन पढेर कार्यसमितिमा छलफल गरेपछि मात्र निर्णय लिने प्रतिक्रिया दिएका थिए ।

शेर्पा पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिएका एक पदाधिकारीले पनि आफूहरू निर्वाचित भए अल्मुताइरीको निरन्तरता हुने बताए । ‘अल्मुताइरीले राम्रो काम गरिरहेका छन् । यही वर्ष कतारमा विश्वकप छ । कतार फुटबल संघले हामीलाई धेरै सहयोग गरिरहेको छ । हाम्रो लिगमै सबैभन्दा ठूलो सहयोग कतारको छ । अनि कसरी उसलाई हटाउने ? फुटबल संघ चलाउनु भनेको व्यक्तिगत इबी साँध्ने कुरा त होइन नि,’ शेर्पाविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङप्रति व्यंग्य गर्दै ती पदाधिकारीले भने ।

नेम्वाङ निर्वाचित भए के होला त अल्मुताइरीको भविष्य ? कुरा प्रस्ट छ, नेम्वाङ जिते अल्मुताइरी राष्ट्रिय टिममा हुने छैनन् । अल्मुताइरीले धेरै अघि सञ्चारमाध्यमबाटै घोषणा गरिसकेका छन्, ‘कर्माछिरिङ शेर्पा मेरो दाजुभाइजस्तै हो । म उनी भएमात्र नेपालमा बस्छु । अरू कोही अध्यक्षसँग काम गर्दिनँ ।’

नेम्बाङको भने यसमा फरक योजना छ । आफू चुनाव जिते यसअघिका सबैखाले व्यक्तिगत विषय विर्सेर नयाँ सिराबाट नेतृत्व थाल्ने उनी बताउँछन् । ‘म कसैसँग कुनै पनि खालको द्वेष राखेर काम गर्दिनँ । सबैलाई मौका दिन्छु । म आफू पनि अनुशासनमा बस्छु र सबैलाई अनुशासनमा बस्न लगाउँछु । चाहे त्यो खेलाडी होस् वा प्रशिक्षक, चाहे पदाधिकारी नै होस् । सबैजना अनुशासनमा बस्नुपर्छ,’ खेलाडी डटकमको जिज्ञासामा नेम्बाङको जवाफ थियो ।