काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा भारतले ४८ रनको सहज जित दर्ता गरेको छ ।
जितसँगै भारतले पाँच खेलको शृंखलामा २-१ काे अग्रता लिएको छ । यसअघि अस्ट्रेलिया चार तथा भारत पाँच विकेटले विजयी भएका थिए । एक खेल वर्षाका कारण नतिजाविहिन बनेको थियो ।
बिहीबार क्यानभेरास्थित कारारा ओभलमा भारतले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १८.२ ओभरमा ११९ रनमै समेटियो ।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले ३०, म्याथ्यु शर्टले २५, मार्कस स्टोइनिसले १७, टिम डेविडले १४, जोश इङ्लिसले १२ र जोश फिलिपले १० रन बनाए ।
भारतका लागि वासिङ्टन सुन्दले तीन, अक्षर पटेल र शिवम दुबेले समान दुई तथा अर्शदीप सिंह, जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि शुभमन गिलले ४६, अभिषेक शर्माले २८, शिवम दुबेले २२, अक्षर पटेलले अविजित २१, कप्तान सूर्यकुमार यादवले २० र वासिङ्टन सुन्दरले १२ रन बनाए ।
पहिलो विकेटका लागि शुभमन र आभिषेकबीच ५६ रनको साझेदारी भएको थियो । अस्ट्रेलियाका लागि नाथन एलिस र एडम जाम्पाले समान तीन तथा जेभियर बार्टलेट र मार्कस स्टोइनिसले समान एक विकेट लिए ।
शृंखलाको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।
