कार्तिक १९, २०८२ बुधबार | २३:३२:०५
नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित एन्फा मुख्यालय अगाडिको सडकमा धर्ना बस्दै खेलाडी युएई शृंखलामा नेपाल जितविहिन झापाको पोस्टमा ६ गोल गर्दै संकटा सेमिफाइनलमा एन्फा प्रेसिडेन्ट लिगः विजयी स्पोर्टस र लालीगुँरासबीचको खेल गोलरहित वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीहरु एन्फाको छानबिन गर्नुपर्ने मागसहित सिंहदरबार पुगे

नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ मा नटराजन साह चुनिएका छन् । बुधबार भएको ‘ट्यालेन्ट हन्ट’ बाट उत्कृष्ट बन्दै बायाँ हाते तिव्र गतिका बलर नटराजन काठमाडौं टोलीमा छानिएका हुन् ।  

पेप्सीकोला स्थित वानडे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । काठमान्डौंका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।

प्रशिक्षक शाही, दक्षिण एसियाली खेलकुदमा करातेबाट दोहोरो स्वर्ण पदक जितेका एवंम काठमान्डका ब्रान्ड एम्बासडर मन्डेकाजी श्रेष्ठ र बागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले नटराजनलाई गोर्खाजको जर्सी प्रदान गर्दै ‘आइकोनिक खेलाडी’ बनेको घोषणा गरेका थिए ।

‘आइकोनिक खेलाडी’ नटराजनले अब काठमान्डाैंको टोलीबाट एनिपएल खेल्नेछन् । उनले त्यसवापत १ लाख रुपैयाँ पारिश्रमिक पाउने छन् ।

दोस्रो चरणको ६० खेलाडीबाट काठमान्डले नटराजनसहित कुल १७ खेलाडी छनोट गरेको थियो । आइकोनिक बाहेक अथर्व पौडेल, शार्दुल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डेभलपमेन्ट टोलीमा  छनोट गरिएको छ ।

डेभलपमेन्ट टोलीका प्रत्येक खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने र उनीहरूले एनपिएल भरी गोर्खाजको टोलीमै रहेर प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जानकारी दिए ।

डेभलपमेन्ट टोलीलाई काठमान्डौंका ब्रान्ड एम्बासडर नेपाली फुटबल टोलीका सदस्य विकेश कुथु, भलिबलकी राष्ट्रिय खेलाडी पुनम चन्द, होटल व्यवसायी संघका सचिव अनिश बानियाँ, वानडे क्रिकेट एकेडेमीका सञ्चालक पुरुषोत्तम झाले सम्मान गरेका थिए ।

त्यस्तै क्रिकेटका अन्य गतिविधि गर्न गोर्खाजले ट्यालेन्ट हन्ट-११ टोली बनाएको छ । यो टोलीमा चन्द्रकान्त पौडेल, सार्थक धिताल, आदर्श भण्डारी, सागर घिमिरे, गणेश गौतम, सौरभ साखकर्मी, दीवश क्षेत्री, नितेश कुमार, राकेश चौरसिया, दीवश कुँवर र युगान्त कार्की छनोट भएका छन् ।

यसअघि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बलिङ, काठमान्डाैं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले ब्याटिङ र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले बलिङ गर्दै ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममा सुरुआत गरेका थिए ।

उद्घाटन समारोहमा क्यान सदस्य सुदीप शर्मासहित भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम पूर्व राष्ट्रिय खेलाडी मनीषराज पाण्डे, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतकोे उपस्थिति थियो ।  


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL