कार्तिक २४, २०८२ सोमबार | ०९:४६:१४
बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान सुदूरपश्चिम रोयल्सको मस्कट सार्वजनिक निरज चौधरीको ह्याट्रिकमा विजयी स्पोर्टसको पहिलो जित, देउरालीको दोस्रो हार एन्फाले खेलाडीलाई वार्ताका लागि बोलायो

न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजको रोमाञ्चक जित

काठमाडौं । वेस्ट इन्डिजले टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

बुधबार अकल्यान्डस्थित इडेन पार्कमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १५७ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि कप्तान मिचेल स्यान्टनरले २८ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित ५५ रनको योगदान गरे । यसैगरी टिम रोबिनसनले २७, रचिन रविन्द्रले २१, डिभोन कोन्वे र ड्यारिल मिचेलले समान १३ तथा जेम्स निशमले ११ रन बनाए ।

वेस्ट इन्डिजका लागि जेसन सिल्स र रोस्टन चेजले समान तीन तथा म्याथ्यु फोर्ड र रोमारियो शेफर्ड र अकिल होसेनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान साइ होपले ३९ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी रोभमन पावेलले ३३, रोस्टन चेजले २८ र एलिक एथानाजेले १६ रन बनाए । 

न्युजिल्यान्डका लागि ज्याकोब डफी र जेक फल्कसले समान दुई तथा कायल जेमिसन र जेम्स निशमले समान एक विकेट लिए ।


भिडियो
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन