चैत्र ९, २०८२ सोमबार | ०४:०४:३१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

लिगको विवादले फुटबलमा रँडाकोः एन्फा र क्लब, ‘यसपाली पनि लिग हुँदैन’, मन्त्री ‘नगरि सुखै छैन’, खेलाडी ‘मैदानमा नभए सडकमा’

काठमाडौं । नेपाली फुटबलमा मैदानभित्रको खेलभन्दा बाहिरका विवादका शृंखला सबैका लागि सधै प्रिय थिए र छन् । मैदानभित्रको फुटबललाई बहाना बनाएर त्यसैलाई अवरुद्ध बनाउन गरिने त्यस्ता विवादका नाटकहरु सामाजिक सञ्जालका भित्ताहरुमा बढि छरपष्ट हुने गर्छन ।

सामाजिक सञ्जालमा मैदानभित्रको फुटबल र अग्रगमनका विषयभन्दा बढि बेथिति, बिसंगति, भ्रष्टाचार र कुशासनलगायतका विषयमा एक-अर्काविरुद्ध विषबमन नेपाली फुटबलको संस्कार भइसक्यो । पछिल्ला केही वर्षमा त सामाजिक सञ्जालको प्रभावकारिता वृद्धिसँगै यसले पनि तिब्रता पाइरहेकै छ ।

अहिले नेपाली फुटबल लिग हुने की नहुने भन्ने बहसमा केन्द्रित छ । उसोत नेपालमा शीर्ष डिभिजनको लिग नभएको तीन वर्ष पुग्न लागिसक्यो । लिग भनेको कुनै एउटा डिभिजनमात्र नभएर एउटा पिरामिड हो । प्रत्येक वर्ष पूरा हुनैपर्ने त्यो पिरामिड चार वर्षदेखि अलपत्र छ ।

जेन्जी मन्त्री बब्लु गुप्ताको चासो, एन्फाको आनाकानी, क्लबहरुका सर्त र खेलाडीको पीडाबीचको बहसले कात्तिकमै आइलागेको चिसोलाई मात दिने गरि सामाजिक सञ्जालका भित्ताहरु तताइरहेको छ ।

यसैबीच शीर्ष डिभिजनको लिगले अहिले मुख्य एजेन्डाको रुपमा खेलकुद वृत्तमा तात्तातो बहस सिर्जना गरिरहेको छ । जेन्जी मन्त्री बब्लु गुप्ताको चासो, एन्फाको आनाकानी, क्लबहरुका सर्त र खेलाडीको पीडाबीचको बहसले कात्तिकमै आइलागेको चिसोलाई मात दिने गरि सामाजिक सञ्जालका भित्ताहरु तताइरहेको छ ।

लामो समयदेखि विभिन्न स्वार्थ समूहको गोलचक्करमा फसेको लिग गराउने प्रयासमा शुक्रबार मन्त्री गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका क्लबहरु तथा आइतबार खेलाडीलाई पनि भेटे । एन्फा र मन्त्रीले बोलाएको बैठकमा गएका क्लबले पुषमा लिग गर्ने/खेल्ने भनेर प्रतिबद्धता जनाए । लगत्तै एन्फा र क्लबबीच बैठक भयो । एन्फा र क्लबबीचको बैठक भन्नलाई लिग गर्न बोलाइएको थियो । तर चाहना त्यस्तो थिएन । चाहेको चाँही लिग नगर्नका लागि बैठकको नाटक मञ्चन गर्नु थियो ।

सोमबारको बैठकमा त्यही नाटक मञ्चन गरियो । अनि निर्णय चाँही ‘यो वर्ष राष्ट्रिय लिगको कर्मकाण्ड पूरा गर्ने र सहिद स्मारक ‘ए’ डिभिजन लिग अर्को वर्ष पुषमा गर्ने’ भनेर गरियो । जसबाट अघिल्लो दिनमात्र मन्त्री गुप्तासँग समेत यही वर्ष लिग गर्नेमा प्रतिबद्धता लिएर फर्केका खेलाडीहरु विक्षिप्त भए । खेलाडी मन उद्देलित भयो । नतिजाः खेलाडी मनबाट पोखिएका भावनाहरुले सामाजिक सञ्जालका भित्ताहरु रंगीन थालेका छन् ।

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले मन्त्री गुप्तालाई नै प्रश्नको घेरामा राख्दै फेसबुकमा खेलाडीका पीडा र आक्रोष पोखे । उनले मन्त्रीलाई ‘तपाईं आफैले खेल्नुभयो की कसैले खेलाए ?’ भनेर प्रश्न समेत गरे । मैदानमा फुटबल नभए सडकमा आएर खेल्न खेलाडीहरु बाध्य हुने भन्दै आन्दोलनको चेतावनी दिएका लामाले अब सडकमै भेट हुन्छ भन्दै एन्फा नेतृत्व र मन्त्री गुप्तालाई समेत उत्तरदायी बनाउने प्रयास गरेका छन् ।

त्यसअघि नै विभिन्न जिल्लामा स्कुले विद्यार्थीलाई फुटबल बाँडन पदाधिकारीको हुल बाँधेर पश्चिम भ्रमणमा पुगेका अध्यक्ष पंकजविक्रम नेम्वाङको तस्बिर हाल्दै देशैभरी फुटबलको ऐतिहासिक माहोल भए पनि विरोधीहरुले केही नभएजसरी प्रचार गरेको आसयमा एन्फा केन्द्रिय सदस्य अनिल मल्लले फेसबुकमा एउटा पोष्ट गरेका थिए । फेसबुकमार्फट नेतृत्वको रक्षा र विपक्षीको द्रोह गर्न निक्कै सक्रिय मल्लको स्ट्याटसमा उनले कमेन्ट अफ गरेका हुन्छन् ।

पूरै मोफसल चलायमान छ, फुटबलमय छ,, कताकता, केके हुँदैछ ! आफै खोज !! हो,,, केही महत्वपूर्ण प्रतियोगिता समयमा हुन नसकेको कुरा सत्य हो !!! तर नेपाली फुटबल बर्बाद भयो, खत्तमै भयो भनेर अराजकता फैलाउनेहरु, खाल्डोभित्र लुकेर, डाँडापारीको मैदान देखिन्छ र ?

मल्लले फेसबुकमा सोमबार एन्फाकै प्रतिपक्ष र लिग नभएकोमा आलोचना गरिरहेकाहरु तथा काठमाडौंका क्लबप्रति लक्षित गर्दै लेखेका थिए, ‘पूरै मोफसल चलायमान छ, फुटबलमय छ,, कताकता, केके हुँदैछ ! आफै खोज !! हो,,, केही महत्वपूर्ण प्रतियोगिता समयमा हुन नसकेको कुरा सत्य हो !!! तर नेपाली फुटबल बर्बाद भयो, खत्तमै भयो भनेर अराजकता फैलाउनेहरु, खाल्डोभित्र लुकेर, डाँडापारीको मैदान देखिन्छ र ? फुटबलका हरेक गतिविधिले पूर्व देखि पश्चिम पूरै नेपाल तातेको बेला,,, सहिद स्मारक लिग माबै समयमा हुन नसक्नुको कारण चै के होला ? सहजै अनुमान गर्न सकिँदैन र ???’

त्यसैमाथि राष्ट्रिय खेलाडी विकेश कुथुले पनि फेसबुकमा प्रतिक्रिया जनाए । खेलाडी संघको उपाध्यक्षसमेत रहेका कुथुले मल्लको स्ट्याटस सेयर गर्दै त्यसमाथि लेखे, ‘केन्द्रिय सदस्यज्यू, तपाईंको फेसबुकमा त कमेन्ट गर्न मिल्दैन रहेछ । हामी खेलाडी खेल्न नपाएको ३ वर्ष पुग्न लाग्यो । तपाईंले नेपालभरी गेम भयो भन्नुभएको रहेछ, तर मोफसलमा भइरहेको प्रतियोगिता पनि अब हुन छोडेको छ । तपाईंकै स्टेटसमा लेख्न पाइएन । कमेन्ट अफ छ । तपाईंकै जिल्ला कैलालीमा स्वर्गीय सुरेश हमाल दाईले स्थापित  गर्नुभएको खप्तड गोल्डकप हुन सकेको छैन । लेख्न त तपाईंकै स्ट्याटसमा मन थियो, तर हाम्रो आवाज न एन्फाले सुनेको छ, न तपाईंले नै । सकिन्छ भने तपाईंसँग हामी खेलाडी भेटेरै प्रत्यक्ष प्रशारणसहित कुरा गर्न चाहन्छौं, हामीलाई खेल्ने ठाउँ देखाइदिनुस । ए डिभिजनको सबै क्लब खाल्डोकै भएर हामी खाल्डोमै बस्न बाध्य भएको हौं । आशा छ चाँडै तपाईंले खाल्डो बाहिरको क्लब ए डिभिजनमा ल्याउनु हुनेछ ।’

आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैभर होइन । लिग मेरोलागि मात्र होइन, मजस्ता हजारौं खेलाडीका लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई ज्युँदै नमार्नुस ।

अर्का राष्ट्रिय खेलाडी अनन्त तामाङले निक्कै भावुक भएर खेलाडीलाई ‘ज्यूदै नमार्न’ प्रशासकहरुसँग बिन्ती गरेका छन् । सोमबार एन्फा र क्लबहरुबीच यो वर्ष लिग नगर्ने निर्णयमा सहमति भएको खवर सार्वजनिक हुनेवित्तिकै अनन्तले फेसबुकमा लेखेका छन्, ‘हामी खेलाडीको अभिभावक संस्था एन्फाले आज क्लबसँग मिलेर एक विज्ञप्तिमार्फत अझै १३ महिना लिग नहुने घोषणा गर्यो । म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था हुन्थयो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थेँ, तर त्यो सौभाग्य मैले पाउन सकिन । हाल बंगलादेशको क्लबसँग आवद्ध रहे पनि हामी खेलाडीले नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेका छौं, अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ । म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैभर होइन । लिग मेरोलागि मात्र होइन, मजस्ता हजारौं खेलाडीका लागि हो । सबै ए, बी र सी डिभिजन क्लबका सरहरुलाई दश औला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई ज्युँदै नमार्नुस ।’

विकेश, विक्रम र अनन्त उदाहरणमात्र हुन् । अरु थुप्रै खेलाडीले लिग हुनै पर्ने भन्दै प्रशासनसँग गुहार गरेका छन् । विकेश, विक्रम र अनन्तका स्ट्याटस सयौंको संख्यामा खेलाडी तथा खेलप्रेमीले सेयर गरिसकेका छन् । यिनै स्ट्याटसमाथि सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्का बहस सुरु भएको छ । नेपाली फुुटबलको नियमनकारी निकाय एन्फाले खेलाडीका प्रतिक्रियामाथि सार्वजनिक रुपमा मुख खोलेको छैन । क्लबहरु पनि मौन छन् । मन्त्री गुप्ताले भने मंगलबार पत्रकारहरुसँगको भेटमा मसिनो स्वरमा पुषमा जसरी पनि शीर्ष डिभिजनको लिग हुनैपर्ने, राष्ट्रिय लिगको बहानामा सहिद स्मारक लिगलाई टार्न नदिइने बताएका छन् ।

‘हामीसँग प्रतिबद्धता गरेर गइसकेपछि फेरि अब अन्यत्र मोडिन सम्भव होला र,’ अनौपचारिक कुराकानीको क्रममा लिग त नहुने भयो नी भन्ने प्रश्नमा मन्त्री गुप्ताको जवाफ थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो