काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा विजयी स्पोर्टस क्लब र लालीगुँरास एसोसिएसनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बुधबार मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा दुबै टोलीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै दुबैले एक–एक अंक बाँडेका छन् ।
बुधबार उद्घाटन खेलमा चित्लाङ फुटबल क्लबले देउराली युथ क्लबमाथि ४-१ को सहज जित हासिल गर्यो । यी दुबै समूह ‘ए’का टोलीहरु हुन् ।
प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ । सेमिफाइनल पुग्ने चारै टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन् ।
मंसिर २ सम्म चल्ने प्रतियोगिताको दोस्रो दिन समूह ‘बी’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा हैरान्स क्लबले काँक्रे बिहार युथ क्लबको सामना गर्नेछ । दोस्रो खेलमा टाइगर्स टिमले गाईघाट एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल दिउँसो ४ः१५ बजे हुनेछ ।
