पुस ६, २०८२ सोमबार | १५:४३:५७
शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्स, चर्च ब्वाइज र मनाङ मर्स्याङ्दीको जित

१०औं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म

काठमाडौं । लामो समयदेखि अलपत्र रहेको १०औं वृहत राष्ट्रिय खेलकुद आगामी फागुनको पहिलो साता हुने भएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषदको १२३औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा हुने प्रतियोगितामा पूर्व निर्धारित सबै ३६ खेलमा प्रतिस्पर्धा गराइनेछ ।

चुनावी माहोलबीच हुन लागेको नेपाली खेलकुदको कुम्भमेलामा निर्वाचन आचार संहिता नलाग्ने बताइएको छ । यसका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले निर्वाचन कार्यलयसँग कुरा गरिसकेको र निर्वाचन आयोगले पनि राष्ट्रिय खेलकुदका लागि स्वीकृति दिने मन्त्रीले जानकारी दिएको बैठकमा सहभागी एक सदस्यले खेलाडी डटकमलाई बताए ।

गतवर्ष मंसिरमै सुर्खेतलाई केन्द्र बनाएर १०औं राष्ट्रिय खेलकुद हुनुपर्ने थियो । तर बजेटमा आवश्यक रकम छुट्याइनाका बावजुद सरकार तथा परिषदभित्रको दलीय राजनीतिका कारण राष्ट्रिय खेलकुद पटकपटक सर्दै आएको थियो  । पछिल्लो पटक निवर्तमान मन्त्री तेजुलाल चौधरीले आगामी मंसिरका लागि तोकेको राष्ट्रिय खेलकुद नयाँ मिति समेत नतोकी अनिश्चित कालका लागि स्थगित गरेका थिए ।

गत साता नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद र विविध विषय समावेश गरि एजेन्डासहित बोर्डका सबै पदाधिकारी र सदस्यलाई सूचित गर्न दिएको निर्देशन बमोजिम सदस्यसचिव टंकलाल घिसिङले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका थिए ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I