काठमाडौं । भारत र श्रीलंकामा जारी रहेको ट्वान्टी २० विश्वकपमा नेपालले बिहीबार इटलीको सामना गर्दैछ । नेपाल र इटलीका बीचमा ५० ओभरका खेलमा यसअघि तीन पटक भेट भए पनि ट्वान्टी २० मा भने पहिलो भेट हुन लागेको हो । विश्वकपमा पहिलो पटक सहभागी भएको इटली र तेस्रो पटक सहभागीता जनाउँदै गरेको नेपालको खेललाई महत्वका साथ हेरिएको छ । दुवै टोलीलाई अघिल्लो चरणको यात्राका लागि यो खेल निकै महत्वपुर्ण छ ।
इटलीको क्रिकेट इतिहात
सन् १९८४ मा आइसिसिबाट एफिलियट तथा १९९५ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । इटलीको पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९८९ मा डेनमार्कविरुद्ध भएको थियो । सन् २०१९ मा जर्मनीसँग पहिलो ट्वान्टी २० आई खेल खेलेको थियो ।
इटलीले हालसम्म ४० वटा ट्वान्टी २० खेल खेलेको छ । इटलीको ट्वान्टी २० आईमा नेपाल १९औं प्रतिद्वन्दी हो ।
इटलीको पछिल्लो प्रदर्शन

इटलीको ट्वान्टी २० आईमा पछिल्लो समयको प्रदर्शन उच्च रहेको छ । इटलीले यस विश्वकपका लागि भएको युरोपेली छनोटमा स्कटल्याण्डलाई हराएको थियो । उक्त हारका कारण स्कटल्याण्ड विश्वकप छनोट हुन असफल भयो । बंगलादेशले सुरक्षाको कारण देखाउदै विश्वकपबाट नाम फिर्ता लिए पछि मात्र स्कटल्याण्डले खेल्ने अवसर पाएको थियो । छनोटमा इटलीले स्कटल्याण्डलाई १२ रनले पराजित गरेको थियो ।
विश्वकप अघि आयरल्याण्ड र नामीबियालाई पराजित गरेर इटली लयमा रहेको थियो । विश्वकपको वार्मअपका दुवै खेलमा जित हासिल गरेको थियो । इटलीले पहिलो वार्मअप खेलमा क्यानडा र दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो ।
तर, विश्वकपमा भने इटलीले अपेक्षा अनुसारको सुरुवात गर्न सकेन । इटलीले नै हराएर विश्वकपबाट बाहिरिएको तर पछि बंगलादेशको स्थानमा खेल्ने अवसर पाएको स्कटल्याण्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भयो ।

ठूला टिमबाट खेलेका अनुभवी खेलाडी
इटलीको हालको टोलीमा अस्ट्रेलियाको फ्रेन्चाइजी लिग बिग बास लिग(बिबिएल) तथा त्यहाँको घरेलु प्रतियोगिता, दक्षिण अफ्रिको राष्ट्रिय टोली, विश्वका विभिन्न फ्रेन्चाइजी लिग तथा इङ्ल्याण्डको काउन्टी क्रिकेट खेल्ने खेलाडीको बाहुल्यता छ । यसका कारण यस टिममा अनुभवको कुनै कमि रहेको छैन ।
इटलीको टोलीमा रहेका खेलाडीले एकसाथ भने कमै मात्र खेलका कारण टोलीको तालमेलमा समस्या पर्न सक्नेछ ।
यो पनि पढ्नुहोस्
- के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ?
- प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने
- अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार
- भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ?
- पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने
- बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने
- इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल
