फाल्गुन २५, २०८२ सोमबार | १२:२५:३८
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान

पोखरा । सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट प्रीति राई सम्मान गरेको छ ।

मंगलबार क्लबले ‘आहा रारा पोखरा गोल्डकपको रजत जयन्तीको अवसरमा राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीतिलाई सम्मान गरेको हो ।

मानार्थ सदस्य खेमबहादुर गुरुङको प्रायोजनमा क्लबले बर्सेनि एक जना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । सोही अनुरुप २५औं संस्करणको उद्घाटन अवसरमा  प्रीतिले सम्मान प्राप्त गरेकी हुन् । प्रीतिले महानगरपालिकाका प्रमुख धनराज आचार्यबाट ५० हजार ५ रुपैयाँ र सम्मानपत्र ग्रहण गरिन् ।

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भएका थिए । गत वर्ष राष्ट्रिय टोलीका राइटब्याक सनीस श्रेष्ठले यो सम्मान ग्रहण गरेका थिए ।

यसैगरी आयोजकले प्रतियोगितालाई २५ औं संस्करणसम्म ल्याउन अतुलनीय योगदान पुर्याउने २५ व्यक्ति तथा संस्थालाई समेत क्लबले विशेष सम्मान गरेको छ । सम्मानित हुनेमा गोल्डकपका मुख्य प्रायोजक हिमश्री फुड्सका निर्देशक प्रकाश केसी, किरण केसी र रोशन केसीसहित विक्रम थापा, पत्रकार अजय फुयाल, प्रकाश तिमल्सिना, दीपेन्द्र श्रेष्ठ, मिलन तमु, दिलीप राई, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ(एन्फा), हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेमबहादुर गुरुङ, टीकाबहादुर कार्की, सुनिलकुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेमबहादुर गुरुङ, स्व.राजमान थकाली, दीपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||