माघ २७, २०८२ मंगलबार | २३:०४:१९
प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा प्रीतिलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको सम्मान आर्मी झापा गोल्डकपको सेमिफाइनलमा एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित नामिबियालाई नेदरल्याण्ड्सले हरायो इटलीसँग १३ वर्ष पछि खेल्दै नेपाल बंगलादेशलाई आइसिसीले कुनै कारबाही नगर्ने विश्वकपमा आज ३ खेल हुँदै पाकिस्तानले फिर्ता लियो निर्णय, भारतसँगको खेल खेल्ने कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा

एलेन र साईफर्टको कीर्तिमानी साझेदारीमा न्युजिल्याण्डको सहज जित

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी २० विश्वकपमा ओपनरद्वय फिना एलेन र टिम साईफर्टबीचको कीर्तिमानी साझेदारीको सहयोगमा न्युजिल्याण्डले युएईमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा न्युजिल्याण्डले युएईमाथि १० विकेटको जित हासिल गरेको हो । 

न्युजिल्याण्डको जितमा ओपनरद्वय एलेन र साईफर्टले पहिलो विकेटका लागि नट आउट १ सय ७५ रनको साझेदारी गरे। यो साझेदारी ट्वान्टी २० विश्वकपको इतिहासमा नै कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । यो कीर्तिमान यसअघि इंग्ल्याण्डका एलेक्स हल्स र जस बटलरको नाममा रहेको थियो । उनीहरुले सन् २०२२ को विश्वकपमा ले भारतविरुद्ध पहिलो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेका थिए । 

युएईले दिएको १ सय ७४ रनको लक्ष्य न्युजिल्याण्डले १५ दशमलब २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । न्युजिल्याण्डका लागि प्लेयर अफ द म्याच भएका साईफर्ट ४२ बलमा १२ चौका र ३ छक्काको सहयोगमा ८९ रनमा नट आउट रहे । अर्का ओपनर एलेन ५० बलमा ५ चौका र ५ छक्काको सहयोगमा ८४ रनमा नट आउट रहे । युएईले ५ बलर प्रयोग गरेपनि कुनै विकेट हात पार्न सकेन । 

चेन्नइको एम ए चिदम्बरम क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा १ सय ७३ रनको योगफल तयार गरेको थियो । युएईका लागि कप्तान मुहम्मद वासिम र अलिशान सरफुले अर्धशतकीय इनिङ खेलेका थिए । वासिमले ४५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा नट आउट ६६ रन जोडे । सरफुले ४७ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रन जोडे । 

दोस्रो विकेटका लागि वासिम र सरफुले १ सय ७ रनको साझेदारी गरेका थिए । मंयक कुमार १३ बलमा २१ तथा ओपनर आर्याशं शर्मा ८ रनमा आउट भए । न्युजिल्याण्डका लागि म्याट हेनरीले २ तथा ज्याकोब डफी, लकि फर्गुशन, मिचेल स्यान्टेनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए । 

लगातार दोस्रो जितसँगै न्युजिल्याण्ड ४ अंकका साथ समूह 'डि' को शीर्ष स्थानमा छ । पहिलो खेलमै पराजित युएई अंकबिहिन रुपमा चौथो स्थानमा छ । २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष २ राष्ट्रले सुपर ८ मा स्थान बनाउने छन् । सुपर ८ लाई पनि २ समूहमा विभाजन गरिएको छ । सुपर ८ मा हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । भने, सेमिफाइनलको २ विजेताबीच उपाधीका लागि खेल हुनेछ । 

मंगलबारको पहिलो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई पराजित गरेको थियो । मंगलबार तेस्रो तथा अन्तिम खेलमा पाकिस्तान र अमेरिकाबीचको खेल जारी रहेको छ । समूह ‘ए’ का दुवै टोलीको यो दोस्रो खेल हो । अमेरिका पहिलो खेलमा भारतलाई राम्रो चुनौती दिदै पराजित भएको थियो । भने, पाकिस्तानले नेदरल्याण्ड्सका विरुद्ध संघर्षपुर्ण जित हासिल गरेको थियो ।

पाकिस्तान र अमेरिका गतसंस्करणको ट्वान्टी २० विश्वकपमा खेलेका थिए । उक्त खेलमा पाकिस्तान सुपर ओभरमा अमेरिकासँग पराजित भएको थियो ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं