माघ २६, २०८२ सोमबार | २२:४८:५९
कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार कोहली र रोहितको श्रेणी खस्कियो एन्फा महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण खेलाडी डटकममा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार

कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि

काठमाडौं । कोशी प्रदेशले राजधानीमा दुई दिनसम्म चलेको विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को उपाधि जितेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा कोशीले बागमती प्रदेश (ख)लाई ३-१ ले पराजित गर्यो । विजेता टोलीका लागि निरज श्रेष्ठले दुई तथा रोहन खड्काले एक गोल गरे । २-० ले पछाडि परेको अवस्थामा बागमतीका लागि कप्तान सञ्जीत श्रेष्ठले एक गोल फर्काएका थिए ।

उपाधिसँगै कोशीले ट्रफीसँगै ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बागमतीले ४० हजार रुपैयाँमा चित्त बुझायो ।

त्यस्तै बागमती प्रदेश (क)लाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गर्यो । निर्धारित ६० मिनेटको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । सुदूरपश्चिमले पनि ट्रफीसहित ३० हजार रुपैयाँ पायो ।

विजेता टोलीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरस्कार हस्तान्तरण गरे ।

आइतबार प्रतियोगिताको पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा विजयी हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश (क) र (ख)ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए । सोमबार सेमिफाइनल, फाइनल र तेस्रो स्थानगरि चार खेल भए ।

पहिलो सेमिफाइनलमा बागमती (ख)ले सुदूरपश्चिमलाई ३-० हरायो । त्यसपछि कोशीले बागमती (क)को चुनौती २–० ले पन्छाएको थियो ।

सुन्दरढोका साथीसेवाले अपांगता खेलकुद प्रवद्र्धन गर्ने उद्धेश्यले संचालन गर्दै आएको विकास शिल्डअन्तर्गत यसपटक राष्ट्रियस्तरमै पहिलोपटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

समाजमा बहिरा व्यक्तिहरुलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि यो प्रतियोगिता आयोजना गरिएको हो । बहिरा व्यक्तिहरुबीच मित्रताको भावना कायम गर्न पनि यो प्रतियोगिताले ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं