माघ २६, २०८२ सोमबार | १२:०१:१०
इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा छेवाङलाई पाँचौं राष्ट्रिय स्की प्रतियोगिताको उपाधि नेपाललाई इङ्ल्यान्डले दियो १८५ रनको लक्ष्य बार्सिलोनालाई सहज तीन अंक चेल्सी, आर्सनल र युनाइटेडको जित विश्व च्याम्पियन इङ्ल्यान्डसँग खेल्दै नेपाल

इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा

काठमाडौं । दुई पटकको च्याम्पियन इङ्ल्यान्डविरुद्ध ट्वान्टी २० विश्वकपमा साहसिक प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) क्लबहरुले नेपाली खेलाडीको प्रशंसा गरेका छन् ।

आइतबार मुम्बईस्थित वानखेडे रंगशालामा नेपाल इङ्ल्यान्ड ४ रनले पराजित भएको थियो । अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थमा नेपालले मात्र ५ रन जोडेको थियो ।

टेष्ट राष्ट्रविरुद्ध एसोसिएट राष्ट्रका खेलाडीको बाहदुरीपूर्ण प्रदर्शनपछि के भन्छन् आइपिएल टिमहरु ?

रोयल च्यालेन्जर्स बैंग्लोर 
क्रिकेटप्रति नेपाली खेलाडी र समर्थकको लगाबप्रति हामी सम्मान गर्छौँ । नेपाली खेलाडीलाई इङ्ल्यान्डविरुद्ध कुनै डर थिएन । उनीहरू पूरै जोसका साथ खेले । उनीहरूलाई विश्वास थियो, यो विश्वस्तरीय प्रतियोगितामा केही गर्ने ।

राजस्थान रोयल्स
नतिजा स्वीकार गर्नुपर्छ । अन्तिम बलसम्म जितका लागि प्रयास चलिरह्यो । त्यहाँसम्म पुग्दा खेलाडीले हारलाई सहज स्वीकार गर्न सक्दैनन् । तर, नेपाल क्रिकेटले साहसिक प्रदर्शन गरेको छ ।

गुजरात टाइटन्स
विश्वकपजस्तो ठुलो स्टेजमा नेपाली खेलाडीको साहस र संयमित प्रदर्शनको प्रशंसा गर्नुपर्छ ।

मुम्बई इन्डियन्स
वानखेडे रंगशाला इतिहासको एउटा साक्षी बन्यो । ट्वान्टी २० विश्वकपको एउटा क्लासिक खेल वानखेडेमै भयो । नेपालले इङ्ल्यान्डलाई चुनौती दियो, तर चार रनले पछाडि पर्यो ।

चेन्नई सुपर किंग्स
लडाइँ अन्तिम बल नफ्याँक्दासम्म चलिरह्यो । त्यो समयमा सबै समर्थक पनि धैर्यका साथ बसे । नेपालको बहादुर प्रदर्शन भयो ।

कोलकत्ता नाइट राइडर्स
हात उठाइराख्नुपर्छ । यो ट्वान्टी २० आईकै खेलमध्ये एक हो । अब एसियामा नयाँ जायन्ट राष्ट्र आएको महसुस भएको छ ।

लखनउ सुपर जायन्ट
ट्वान्टी २० विश्वकपकै सबैभन्दा उत्साहजनक प्रदर्शन नेपालको भयो ।

पञ्जाब किंग्स 
नेपालको प्रदर्शन साहसिक हो ।
 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं