माघ २६, २०८२ सोमबार | २१:३८:४६
आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा आयोजक झापा ११ ‘सातौं झापा गोल्डकप’को सेमिफाइनलमा कोशीलाई बहिरा फुटबल प्रतियोगिताको उपाधि ओमानमाथि जिम्बाब्वेको सहज जित इटलीमाथि स्कटल्याण्डको फराकिलो जित शेरको पहिलो विकेटमा मिलेको संयोग ! इङ्ल्यान्डविरुद्ध साहसिक प्रदर्शनपछि आइपिएल टिमहरुले गरे नेपाली खेलाडीको प्रशंसा के पाकिस्तानले भारतविरुद्ध खेल्न तयार हुनेछ ? इङ्ल्यान्डविरुद्ध नेपालको दूर्भाग्यजनक हार समुदायको फुटबल विकासलाई क्विन्सल्यान्डमा क्युएनएफए गठन बहिरा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

इटलीमाथि स्कटल्याण्डको फराकिलो जित

काठमाडौं । भारतमा जारी ट्वान्टी २० विश्वकपको सोमबारको पहिलो खेलमा स्कटल्याण्डले इटलीलाई पराजित गरेको छ । विश्वकपको नवप्रवेशी टोली इटलीमाथि स्कटल्याण्डले ७३ रनको फराकिलो जित हात पारेको हो । भारतको कोलकातास्थित इडन गार्डेन्समा टस जितेर पहिले फिल्डिङ गरेको इटलीले स्कटल्याण्डलाई २ सय ७ रनमा रोक्न सफल भयो ।

स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले ५४ बलमा १३ चौका र २ छक्काको सहयोगमा ८४ रनको अर्धशतकीय इनिङ खेले । अर्का ओपनर माइकल जोन्सले ३० बलमा ३७ रन जोडे । दुई ओपनर बीच पहिलो विकेटका लागि १ सय २६ रनको शतकीय साझेदारी भयो ।

ब्रण्डन म्याकुमुलन १८ बलमा ४१ रनमा नट आउट रहँदा कप्तान रिची बेरिंटन १५ रनमा आउट भए । इटलीका लागि अलि हसन, ग्रान्ट सटवार्ट, थोमस डार्का र जेजे स्मुट्सले समान १ विकेट लिए ।

स्कटल्याण्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इटली १६ दशमलब ४ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । इटलीका लागि बेन मनेन्तीले ३१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय इनिङ खेले । ह्यारी मनेन्ती २५ बलमा ३७ रन जोड्दै आउट भए । ह्यारी र बेनले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे । जेजे स्मुट्स ११ बलमा २२ तथा एन्थोनी मस्का १२ बलमा १३ बनाउँदै आउट भए ।

स्कटल्याण्डका लागि मिचेल लिस्कले ४, मार्क वाटले २ तथा ब्राड करि, ब्राड होल र ओलिभर डेभिडसनले समान १ विकेट लिए । समूह ‘सी'मा नेपालसँगै रहेका स्कटल्याण्ड दोस्रो खेलमा पहिलो जितका साथ समान अंक भएको इंग्ल्याण्डलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा स्कटल्याण्ड वेस्टइण्डिजसँग पराजित भएको थियो । उता, इटली भने पहिलो खेलमा हारका साथ समूहको पुछारमा रहेको छ ।

सोमबारै अन्य दुई खेल हुदैछ । समूह ुबीु मा रहेका जिम्बाब्वे र ओमानबीचको खेल जारी रहँदा बेलुका समूह ुडीु का क्यानडा र दक्षिण अफ्रिकाबीच खेल हुदैछ ।
 


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं