पुस २५, २०८२ शनिबार | १०:३८:०१
साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे रियाल र बार्सिलोना फाइनलमा भिड्ने ‘स्पेसियल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान
शनिबारको दिन

भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ?

काठमाडौं । क्रिकेट जगतमा पछिल्लो डेढ दशकयता सुन्दै आएको विषय थियो, भारत–पाकिस्तानको विवाद । गत वर्ष भारतको काश्मिरस्थित पहलगाममा आतंकवादी हमला हुँदा २६ जनाले ज्यान गुमाएपछि यी दुई देशबिचको भूराजनीतिक टकरावले क्रिकेटमा सबैभन्दा उच्च विन्दु लिएको थियो ।

यही घटनालाई मुख्य कारण देखाउँदै भारत सरकारले आफ्नो राष्ट्रिय क्रिकेट टिमलाई पाकिस्तानमा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा सहभागी नहुन निर्देशन दियो । फलस्वरुपः पाकिस्तानमा हुने तय भएको च्याम्पियन्स ट्रफीअन्तर्गत भारतको सबै खेल युनाइटेड अरब इमिरेट्समा भए । 

त्यसयता पाकिस्तानले पनि भारतमा हुने कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नहुने निर्ण गरेको छ । सिधा अर्थमा हेर्दा यी दुई देशको राजनीतिक खिचातानी क्रिकेटमा हुँदा मैदानभित्र खेलाडीबीचको सम्बन्ध पनि ‘पानी बराबर’ को स्थितीमा छ ।

अहिले विश्व क्रिकेटले यस्तै समस्या अरु दुई देशबिच पनि देखिरहेको छन् । त्यसमध्ये एक देश भारत नै हो भने अर्को बंगलादेश ।

किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्धगएको शनिबार भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आग्रहमा इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम कोलकाता नाइट राइडर्सले बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई रिलिज गर्यो । आफ्नो टिमको खेलाडी रिलिज गर्दा कोलकाताले कुनै पनि कारण भने देखाउन सकेन । यही घटनापछि यी दुई क्रिकेट संघबीचको मतभेद सतहमा छताछुल्ल भयो ।

कोलकाताले बंगलादेशका तीव्र गतिका बलिर मुस्ताफिजुर रहमानलाई नौ करोड २० भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । डिसेम्बरमा भएको मिनी अक्सनबाट रहमानलाई भित्र्याउँदादेखि नै कोलकाताले देशव्यापी विरोधको सामना गरेको थियो । भारतका केही अतिवादी समूहले रहमानलाई नहटाए आईपीएलका खेलमा अवरोध पूर्याउने धम्कीसमेत दिएका थिए ।

राजनीतिक खिचातानी र देशभित्रका क्रिकेट समर्थकबाट विरोध हुँदा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले कोलकातामाथि रहमानलाई रिलिज गर्न दबाब थपेको थियो । बीसीसीआईको दबाबपछि कोलकाताले शनिबार रिलिज गरेको गर्यो ।

भारतकै सञ्चारमाध्यमले सार्वजनिक गरेका अरु रिर्पोटहरुमा आईसीसीका अध्यक्ष जय साहले बंगलादेशले भारतमा नखेले अंक गुमाउने उल्लेख गरेको खुलाएका छन् ।

बंगलादेशको पनि उस्तै जवाफ

रहमानलाई कोलकाताले रिलिज गरेपछि एक खेलाडीको जिम्मेवारी लिन नसक्ने देशले सम्पूर्ण क्रिकेट टिमको सुरक्षा जिम्मेवारी लिन सक्दैन भन्ने ठहर बंगलादेशले गरेको छ । भारतको निर्णयमा ‘काउन्टर’ दिन बंगलादेश सरकारका खेलकुद निर्देशक आसिफ नज्रुलले यो विषय विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीसम्म पूर्याउन र टी–२० विश्वकपको भेन्यु भारतबाट सार्ने कदममा अघि बढ्न बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई अनुरोध गरे । नज्रुलले आईपीएलका खेलहरुको प्रत्यक्ष प्रदर्शन बंगलादेशमा रोक्न समेत त्यहाँको सुचना तथा प्रशारण मन्त्रालयलाई आग्रह गरेका छन् ।

बंगलादेशका खेलकुद निर्देशकको कडा टिप्पणीपछि भारतले पनि खेल सार्ने कुरा असम्भव रहेको बताएको छ । इकोनोमिक टाइम्सले बीसीसीआई उच्च स्रोतलाई उदृत गर्दै अन्तिम समयमा विश्वकपका खेल सार्नु अव्यवहारिक हुने उल्लेख गरेको छ । यता, भारतकै सञ्चारमाध्यमले सार्वजनिक गरेका अरु रिर्पोटहरुमा आईसीसीका अध्यक्ष जय साहले बंगलादेशले भारतमा नखेले अंक गुमाउने उल्लेख गरेको खुलाएका छन् ।

राजनीतिको प्रभाव क्रिकेटमापछिल्लो केही वर्षयता भारत र बंगलादेशको राजनीतिक सम्बन्ध त्यती न्यानो बन्न सकेको छैन । यो क्रिकेट विवाद पनि यी दुई मुलुकबीच बिग्रँदै गएको राजनीतिक सम्बन्धबीच आएको हो ।

गत वर्ष अगस्टमा सरकार विरोधी प्रदर्शनपछि भारत पलायन भएकी पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ताच्युतसँगै यो सम्बन्ध थप चिसिएको थियो ।

यसको निष्कर्ष कसरी निस्किनेछ ? भन्ने प्रश्नको जवाफ समयले नै देला । तर, यी दुई देशबिच जे भइरहे पनि, घाटा क्रिकेटले नै बेहोरिरहेको छ ।

आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्यामा संलग्न रहेको आरोपमा हसिनालाई बंगलादेशको अदालतले उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ । तर, उनै हसिनालाई आजसम्म पनि भारतको संरक्षण र सुरक्षा घेरामा छिन् । उनको बहिर्गमनपछि बंगलादेशका हिन्दूहरूमाथि भएका हिंसात्मक आक्रमणका रिपोर्टहरूले पनि सम्बन्धलाई अझ तनावपूर्ण बनाएको छ ।

बीसीसीआईले मुस्ताफिजुर रहमानलाई रिलिज गर्न दबाब दिनुको कारणका रूपमा आधिकारिक रूपमा राजनीतिक परिस्थितिलाई उल्लेख गरेको छैन । तर, बीसीसीआईको यो निर्णय ‘पछिल्लो वर्षयता भइरहेका घटनाक्रमहरू’ बाट प्रभावित भएको संकेत भने पक्कै दिएको छ ।

यसको निष्कर्ष कसरी निस्किनेछ ? भन्ने प्रश्नको जवाफ समयले नै देला । तर, यी दुई देशबिच जे भइरहे पनि, घाटा क्रिकेटले नै बेहोरिरहेको छ ।

विश्वकपअन्तर्गत समूह ‘सी’ मा रहेको बंगलादेशको सबै खेल भारतमा हुने तालिका छ । बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, फेब्रुअरी ९ मा इटालीसँग, १४ मा इंग्ल्यान्डसँग र १७ फेब्रुअरीमा नेपालसँग खेल्ने तालिका छ ।