फाल्गुन २५, २०८२ सोमबार | १२:१५:४९
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी

काठमाडौं । दक्षिण अफ्रिकाले लगातार दोस्रो जित निकाल्ने क्रममा आइसिसी टी–२० विश्वकपको दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई पराजित गरेको छ ।

भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८७ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाउँदा समान एक सय ८७ रन नै बनायो ।

पहिलो सुपर ओभरसमेत बराबर भएपछि दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले २३ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले मात्र १८ रन जोड्यो ।

समूह ‘डी’ मा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हो । यसअघि टोलीले क्यानाडालाई ५७ रनले पराजित गरेको थियो । लगातार दोस्रो हारपछि अफगानिस्तानको सुपर ८ सम्भवाना कमजोर बनेको छ । पहिलो खेलमा अफगानिस्तान न्युुजिल्यानडसँग ५ विकेटले पराजित भएको थियो । समूहमा दुई खेलबाट चार अंक जोड्दै न्युजिल्यान्ड शीर्ष स्थानमा छ ।

दक्षिण अफ्रिकाको लागि रायन रिकेल्टनले सर्वाधिक ६१ रन जोडेका थिए । क्विन्टन डि ककले ४१ बलमा ५९ रन बनाए ।

अफगानिस्तानको लागि ओपनर रहमानुल्लाह गुर्बाजले सर्वाधिक  ८४ रन बनाएका थिए । अज्मतुल्लाह ओमार्जाइले २२ तथा कप्तान रसिद खानले २० रन बनाएका थिए ।

 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||