फाल्गुन २५, २०८२ सोमबार | ११:३८:०४
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन

काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले महाविर एथलेटिक्स सेन्टरलाई हराउँदै प्रधानमन्त्री कप काठमाडौ जिल्ला छनोटको उपाधी जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा सिइसीले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको सिइसीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार गरेको थियो । सिइसीका लागि विरेन्द्र धनदीले ८९ बलमा सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । बुद्धिमान बिष्ट ५९ बलमा ४४ रन बनाउँदै आउट भए । महाविरका लागि सोनु देवकोटाले ४ तथा रिजन थापाले २ विकेट लिए ।

२ सय ३० रनको लक्ष्य पछ्याएको महाविर २१.३ ओभरमा ९१ रनमा अल आउट भएको थियो । महाविरका लागि प्रतिश जिशीले ४० बलमा सर्वाधिक ४७ रन जोडे । उत्तम थापा मगरले ८ बलमा ११ रन बनाए । सिइसीका लागि प्लेयर अफ द म्याच दयानन्द मण्डलले ४ तथा मोनसान सिंहले ३ विकेट लिए ।

च्याम्पियन सिइसीका कप्तान रित गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए । प्रतियोगिताभर १४ विकेट लिएका उपविजेता महाविरका सन्दीप पराजुली उत्कृष्ट बलर भए । प्रतियोगितामा तीन शतक सहित ४ सय ७ रन बनाएका सिइसीका कप्तान रित नै उत्कृष्ट ब्याटर भए । सिइसीका धिरज देउवा उदयीमान खेलाडी भए ।

यसै प्रतियोगिताको आधारमा पिएम कप बागमती प्रदेश छनोटमा सहभागी हुने खेलाडी छनोट गरिनेछ । माघ १९ बाट सुरु भएकाे प्रतियोगितामा १८ टोली सहभागी थिए ।

विजेता खेलाडीलाई काठमाडौं क्रिकेट संघका अध्यक्ष दिवाकर घले तथा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष निरञ्जन अधिकारी लगायतले पुरस्कृत गरेका थिए । 
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||