कार्तिक २०, २०८२ बिहीबार | २२:२६:१०
सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा

वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध तीन रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

न्युजिल्यन्डको जितसँगै पाँच खेलको शृंखलामा १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा वेस्ट इन्डिज सात रनले विजयी भएको थियो ।

बिहीबार अकल्यान्डस्थित इडेन पार्कमा न्युल्यिान्डले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २०४ रन बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि रोभमन पावेलले ४५, रोमारियो शेफर्ड ३४, एलिक एथानाजेले ३३, म्याथ्यु फार्डले अविजित २९, कप्तान साइ होेपले २४ र जेसन होल्डरले १६ रन बनाए ।

सातौं विकेटका लागि पावेल र शेफर्डले ६२ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका इश सोढी र कप्तान मिचेल स्यान्टनरले समान तीन तथा ज्याकोब डफी र कायल जिमिसनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०७ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि मार्क च्याम्पम्यानले २८ बलमा सात छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७८ रनको योगदान गरे । यसैगरी टिम रोबिनसनले ३९, ड्यारिल मिचेलले अविजित २८, कप्तान मिचेल स्यान्टनरले अविजित १८, डिभोन कोन्वेले १६ र रचिन रविन्द्रले ११ रन बनाए ।

चौथो विकेटका लागि च्याम्पम्यान र मिचेलबीत ५७ तथा पहिलो विकेटका लागि रोबिनसन र कोन्वेबीच ५५ रनको साझेदारी भएको थियो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले दुई तथा म्याथ्यु फोर्ड, जेसन होल्डर र रोमारियो शेफर्डले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो खेल आइतबार हुनेछ ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?