कार्तिक २०, २०८२ बिहीबार | १८:१०:५१
निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’

निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नायक निखिल उप्रेती ‘गुडविल एम्बासडर’ बनाएको छ ।

यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ  ।

ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुरले चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै निखिललाई ‘गुडविल एम्बासडर’ घोषणा गरेको थियो ।

‘गुडविल एम्बासडर’ भएपछि निखिलले यो सहकार्यका लागि उत्साहित रहेको प्रतिक्रिया दिए । ‘जनकपुर बोल्ट्स केवल एउटा टोली मात्र होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो,’ निखिलले भने ।

जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले निखिललाई टोलीसँग जोड्न पाउनु गर्वको विषय रहेको बताए ।  ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडविल एम्बासडर रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं,’ खतिवडाले भने ।

शिवनारायण चन्द्रपालको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले अहिले आफ्नो प्रशिक्षण क्याम्प भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ ।

मार्की आसिफ शेखसहित अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको जनककपुले मिनी अक्सनबाट मयन यादव, आदित्य महता र विकास अग्री र सचिन भट्टलाई अनुबन्ध गरेको थियो ।

यसैगरी टोलीले विदेशी खेलाडीका रूपमा श्रीलंकन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र दक्षिण अफ्रिकाका वायने पार्नेललाई भित्र्याएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
Deleted video