काठमााडौं । इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगमा आफ्नो विजयी यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ ।
इन्टरले बुधबार सम्पन्न खेलमा काइरातविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।
जितसँगै चार खेलमा १२ अंक जोडेको इन्टर तेस्रो स्थानमा उक्लिएको छ । पराजित काइरात समान खेलबाट एक अंकका साथ ३४औं स्थानमा छ ।
सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेज र कार्लोस अगस्तोले गोल गरे । काइरातका लागि अफ्री अरादले गोल फर्काए ।
पहिलो हाफको अन्तिम मिनेटमा मार्टिनेजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ५५औं मिनेटमा अरादले काइरातलाई बराबरीमा ल्याए ।
अगस्तोले ६७औं मिनेटमा गोल गर्दा इन्टर २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टरले स्पष्ट तीन अंक हासिल गर्यो ।
भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
