काठमाडौं । आत्मघाती गोल उपहारस्वरुप प्राप्त गर्दा बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुजलाई ३-३ को बराबरीमा रोकेको छ ।
यो नतिजासँगै चार खेलबाट सात अंक जोडेको बार्सिलोना ११औं स्थानमा छ । क्लब ब्रुज समान खेलबाट चार अंकका साथ २२औं स्थानमा छ ।
जान ब्रेडेल रंगशालामा पाहुना टोली बार्सिलोनाका लागि फेरान टोरेस र लामिन यामलले गोल समान एक थापे । ब्रुजका लागि कार्लोस फोर्ब्सले दुई तथा निकोलो ट्रेसोल्डीले एक गोल गरे ।
खेलको छैटौं मिनेटमै ट्रेसोल्डीको गोलमार्फत ब्रुजले अग्रता लिएको थियो । दुई मिनेटपछि नै फेरानले बार्सिलोनालाई बराबरीमा ल्याए ।
फोर्ब्स १७औं मिनेटमा गोल गर्दा ब्रुज २-१ ले अगाडि बढ्यो । ६१औं मिनेटमा यामलले गोल गर्दा बार्सिलोना २२ को बराबरीमा आयो ।
त्यसको दुई मिनेट पछि नै फोर्ब्स व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७७औं मिनेटमाा विंगर क्रिस्टोस जोलिसबाट आत्मघाती गोल हुन पुग्दा बार्सिलोना हारबाट जोगियो ।
