काठमाडौं । फिल फोडेनको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगमा बुधबार डर्टमन्डविरुद्ध ४-१ को सहज जित निकालेको छ ।
जितसँगै चार खेलमा १० अंक जोडेको सिटी चौथो स्थानमा उक्लिएको छ । पराजित डर्टमन्ड समान खेलबाट सात अंकका साथ १४औं स्थानमा छ ।
इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन फोडेनले दुई तथा एर्लिङ हालान्ड र रायन चेरकीले समान एक गोल गरे । डर्टमन्डका लागि वाल्डेमार एन्टोनले गोल फर्काए ।
खेलको२२औं मिनेटमा फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । सात मिनेटपछि नै हालान्डले टोलीको अग्रता दोब्बर बनाए ।
फोडेनले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ७२औं एन्टोनको डर्टमन्डका लागि गोल फर्काए ।
इन्जुरी समयमा चेरकीले गोल गर्दै सिटीलाई सहज जित दिलााए ।
भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
