कार्तिक २०, २०८२ बिहीबार | १२:०९:१४
एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा न्युक्यासलको सहज जित आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना डर्टमन्डमाथि म्यानचेस्टर सिटी हाबी इन्टर मिलानको विजयी यात्रा जारी नटराजन साह काठमान्डौं गोर्खाजको ‘आइकोनिक खेलाडी’ विर्सनासहित चार खेलाडीलाई थप्दै राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा श्रीलंकाविरुद्ध नेपाल विजयी सुदूरपश्चिम रोयल्सलाई मेरियट होटलको साथ

न्युक्यासलको सहज जित

काठमाडौं । न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा बुधबार एथलेटिक्स क्लब बिल्बाओविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै चार खेलमा ९ अंक जोडेको न्युक्यासल ९ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । पराजित एथलेटिक्स  समान खेलबाट तीन अंकका साथ २७औं स्थानमा छ ।

सेन्ट जेम्स पार्कमा घरेलु टोली न्युक्यासललाई जित दिलाउन ड्यान बर्न र जोएलिन्टनले गोल गरे ।

खेलको ११औं मिनेटमा बर्नको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । उनले काइरन ट्रिपियरको पासलाई पोस्टको दिशा दिए ।

जोएलिन्टनले ४९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यस पटक हार्वे बार्न्सले गोलको अवसर सिर्जना गरेका थिए ।

बुधबारै सम्पन्न अन्य खेलमाा पाफोसले भियारियाल, एट्लान्टाले मार्से र लिभरकुसनले बेन्फिकालाई समान १-०, म्यानचेस्टर सिटीले डर्टमन्डलाई ४-१, इन्टर मिलानले काइरातलाई २-१ तथा गालातासारेले आयाक्सलाई ३-० ले पराजित गरे । यसैगरी बार्सिलोनाले क्लब ब्रुजलाई ३-३ तथा चेल्सीले काराबागलाई २-२ को बराबरीमा रोके । 


भिडियो
आसन्न नेपाल प्रिमियर लिग(NPL) सिजन २ का काठमाडौं गोर्खाजको TALENT HUNT मा PARAS KHADKA ले गरे बलिङ
ANFA लाई PLAYER को चेतावनीः अब त अति भयो, खेलाडीलाई सडकमा ओर्लिन बाध्य नपारियोस II A DIVISION LEAGUE
WCL LEAGUE 2 मा NEPAL ले मेहनत गरे MIRACLE हुन सक्छ: JAGAT TAMATA II HEAD COACH, SUDURPASCHIM ROYALS
रेजिस्ट्रेसन ५ दिन खुलाएको भए खेलाडीको भिड थेग्न गार्हो हुन्थ्यो ll BASANTA SHAHI ll ASST.COACH
Private video
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL