कार्तिक २०, २०८२ बिहीबार | २१:२९:५१
सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ काँक्रे विहारको रोमाञ्चक जित खेलाडीले एन्फा गेटमा झुन्डाए मेडल एन्फा प्रवेशमा रोक लगाइएपछि मुख्य गेट बाहिरबाटै खेलाडीको प्रदर्शन खेलाडी आन्दोलित, एन्फामा सुरक्षा व्यवस्था कडा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

बिर्तामोड । अट्याकिङ मिडफिल्डर विमला चौधरीको ह्याट्रिकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

बिहीबार शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले आरएस पोखरा एफसीलाई ६–० ले हरायो । आर्मीका लागि अन्य गोल विमला विक, जेनिफर राना र शर्मिला थापाले गरे ।

सेमिफाइनलमा शनिबार आर्मीले विभागीय प्रतिद्धन्द्धी सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शुक्रबार पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते, सोमबार हुनेछ । विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?