पुस १७, २०८२ शुक्रबार | ०९:४१:४८
सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा

पारसहरूको आगमनले सुध्रिएला क्यान ?

काठमाडौं । नेपाली क्रिकेटमा लामो समयदेखि एउटा चर्चा थियो, ‘लामो स्वरुपको खेल क्रिकेटको वास्तविक जग हो । हाम्रो घरेलु संरचनामा यस्तो क्रिकेटको व्यवस्था छैन । यही कारण नेपाली क्रिकेट जहाँ पुग्नुपर्ने हो । त्यसबाट वञ्चित भइरहेको छ ।’

नेपाली क्रिकेटमा मैदानभित्रै लामो समय बिताएका खेलाडी तथा प्रशिक्षकहरूले चलाउने गरेको चर्चा हो यो । २० ओभरको छोटो स्वरुपमा एकपल्ट विश्वकप खेलिसकेको इतिहास भए पनि नेपालमा बहुदिवसीय क्रिकेट प्रतिस्पर्धा हुँदैनन् । एकदिवसीय प्रतियोगिता पनि घरेलु संरचनामा झारो टार्ने पारामा मात्र अस्तित्वमा छ ।

अब अवस्था फेरिएको छ । पारससहित केही नयाँ युवा र दिवाकर घले जस्ता पाका क्रिकेटकर्मीको उपस्थितिले नेपाली क्रिकेट प्रशासनको अँध्यारोमा चाँदीको घेरा देखाएको छ ।

तर, अब परिस्थिति बदलिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को गत साता (असोज ६) सम्पन्न निर्वाचनले राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्कालाई सचिवमा चुनेको छ । पारस तिनै खेलाडी हुन्, जो नेपालको घरेलु संरचना अत्यन्तै कमजोर भएको भन्दै लामो स्वरुपको क्रिकेटको पैरवी गर्थे । उनी प्रशासनिक प्रमुख सचिवमा निर्वाचित भएलगत्तै निर्वाचित कार्यसमितिको पहिलो बैठकले मंगलबार (असोज ९) रातो बलको क्रिकेट अर्थात लामो स्वरुपको क्रिकेट फर्काउने निर्णय गरेको छ ।

दुई दशकअघि नै रातो बलको क्रिकेट नेपालमा सुरु गर्न खोजिएको थियो । होम एन्ड अवे पद्धतिमा सुरु गर्न खोजिएको दुईदिवसीय क्रिकेटको प्रतियोगिता त्यो बेला देशको विषम राजनीतिक अवस्थाका कारण एउटै संस्करण पनि पूरा भएन । सबै खेल दुईदिवसीय र फाइनल तीनदिवसीय हुने भनिएको प्रतियोगिता माओवादी द्वन्द्वका कारण दुई खेलपछि रद्द गर्नुपरेको थियो ।

वीरगन्जसँगको खेलका लागि एपिएफ क्लबको टिम यात्रा गर्ने क्रममा धादिङमा माओवादी आक्रमणमा परेपछि त्यति बेला प्रतियोगिता रोकिएको थियो । त्यसपछि सधैं आन्तरिक विवाद र राजनीतिक खिचातानीमा रमाउँदै आएको क्यानको प्राथमिकतामा कहिल्यै मैदानभित्रको क्रिकेट पर्न सकेन । खेलाडी र प्रशिक्षकहरू रातो बलको क्रिकेट नभई नहुने भन्दै कराइरहे । पदाधिकारीहरू कसरी चुनाव जित्ने, जितेपछि कसरी क्यानमा एकलौटी गर्ने अनि आफ्नो र गुटको स्वार्थमा क्रिकेट कसरी प्रयोग गर्ने भन्ने होडबाजीमा लागिरहँदा मैदानबाहिर पनि नेपाली क्रिकेटले भ्रष्टाचार र कुशासनका थुप्रै कीर्तिमान कायम गरिरह्यो ।

अब अवस्था फेरिएको छ । पारससहित केही नयाँ युवा र दिवाकर घले जस्ता पाका क्रिकेटकर्मीको उपस्थितिले नेपाली क्रिकेट प्रशासनको अँध्यारोमा चाँदीको घेरा देखाएको छ । क्यानले सरकारी अनुदानमा बर्सेनि गर्दै आएको प्रधानमन्त्री कप थप व्यवस्थित गर्दै बहुदिवसीय ढाँचामा लाने निर्णय गरेको छ । राउन्ड रोबिन पद्धतिमा सात प्रदेश र तीन विभागीय टिमबीच हुने प्रतियोगितताको सेमिफाइनल दुईदिवसीय र फाइनल तीनदिवसीय हुने क्यानको १० बुँदे निर्णयमा उल्लेख छ ।

प्रशासनिक भूमिकामा पारसको आगमनसँगै क्यानले सबै प्रदेशमा क्रिकेटमै लागेकामध्येबाट एक जनालाई स्वयंसेवक डेभलपमेन्ट अफिसर नियुक्त गर्ने निर्णय गरेको छ । यो निर्णय सबै प्रदेशलाई थप जिम्मेवार र सक्षम बनाउने उद्देश्यका साथ भएको विश्वास गर्न सकिन्छ ।

निर्वाचनपछिको पहिलो बैठकबाट अरू पनि केही आस जगाउने निर्णय आएको छ । विगतमा कनिका छराई पारामा भोटको राजनीति गर्दै आएको क्यानले अब भने प्राथमिकताका आधारमा सबै प्रदेशमा एउटा खेल मैदानमा पिच निर्माण गरी सबै प्रदेशको प्रतिनिधित्व हुने गरेर १० जनालाई क्युरेटर तालिम दिने निर्णय पनि गरेको छ ।

पारस भन्ने गर्थे, ‘जिल्ला र प्रदेशको काम भनेको केन्द्रमा भोट हाल्ने र माग्ने मात्र होइन । आ–आफ्नो क्षेत्रमा क्रिकेट विकासको जिम्मेवारी पनि लिनुपर्छ । जिल्ला नेतृत्वले जिल्लास्तरमा र प्रदेश नेतृत्वले प्रदेशस्तरमा प्रतियोगिताहरू गर्ने, तालिमको व्यवस्था गर्नेलगायतका काम आफैं गर्नुपर्छ ।’

प्रशासनिक भूमिकामा पारसको आगमनसँगै क्यानले सबै प्रदेशमा क्रिकेटमै लागेकामध्येबाट एक जनालाई स्वयंसेवक डेभलपमेन्ट अफिसर नियुक्त गर्ने निर्णय गरेको छ । यो निर्णय सबै प्रदेशलाई थप जिम्मेवार र सक्षम बनाउने उद्देश्यका साथ भएको विश्वास गर्न सकिन्छ ।

प्रत्येक वर्ष राष्ट्रिय क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको क्यानले गत वर्ष चर्को विवादबीच नेपाली क्रिकेटको छविमै दाग लगाएर बिदा भएको नेपाल ट्वान्टी–२० लिग आफैंले गर्ने भएको छ । गत वर्ष थुप्रै विवाद र अदालतमा मुद्दा समेत परेको अवस्थामा क्यानले देशको कानुन मिच्दै बिनाप्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मा दिएको थियो ।

प्रत्येक वर्ष राष्ट्रिय क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको क्यानले गत वर्ष चर्को विवादबीच नेपाली क्रिकेटको छविमै दाग लगाएर बिदा भएको नेपाल ट्वान्टी–२० लिग आफैंले गर्ने भएको छ । गत वर्ष थुप्रै विवाद र अदालतमा मुद्दा समेत परेको अवस्थामा क्यानले देशको कानुन मिच्दै बिनाप्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मा दिएको थियो । यसपालि आगामी मार्च÷अप्रिलमा आफैंले गर्ने निर्णय लिने क्रममा क्यानले प्रतियोगिताको नाम भने नेपाल टी–२० नराखेर नेपाल प्रिमियर लिग (एनपिएल) राखेको छ । जसको प्रतिलिपि अधिकार भने कुनै एक निजी कम्पनीसँग रहेको बताइन्छ ।

सेभेन थ्रीले गत वर्ष नेपाल टी–२० आयोजना गर्ने क्रममा नेपाली क्रिकेट बेटिङ र स्पट फिक्सिङको केन्द्र बन्यो । खेलाडीहरूले सम्झौताअनुसार पारिश्रमिक पाएनन् । थुप्रै सट्टेवाजहरूलाई प्रहरीले कीर्तिपुरको मैदानबाटै पक्राउ गर्यो भने नेपाली क्रिकेटको छवि अन्तर्राष्ट्रियजगतमा नराम्ररी धुमिल भयो ।

अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा रहेको समितिमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र कार्यसमितिका सबैभन्दा पाका सदस्य दिवाकर घलेलाई समावेश गर्नुले पनि राम्रो सन्देश प्रवाह गरेको छ ।

नयाँ कार्यसमितिले कुनै पनि सकारात्मक साख नभएको त्यही प्रतियोगिताको स्वामित्व ग्रहण गरेर अघिल्लो वर्ष तत्कालीन नेतृत्वको बालहठका कारण नेपाली क्रिकेटमा लागेको दाग पखाल्ने प्रयास पक्कै पनि प्रशंसनीय छ ।

यी सब कामको सहजीकरण तथा चुस्तदुरुस्त प्रशासनका लागि क्यानको पहिलो बैठकले पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा रहेको समितिमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्का र कार्यसमितिका सबैभन्दा पाका सदस्य दिवाकर घलेलाई समावेश गर्नुले पनि राम्रो सन्देश प्रवाह गरेको छ । तीन दिनअघि निर्वाचनमा विभिन्न समूहबाट प्रतिस्पर्धा गरे पनि सबै पक्षलाई कार्यसमितिले समेट्नुका साथै साँच्चै काम गर्न खोजेको सन्देश यसबाट प्रवाह भएको छ ।

यति भइरहँदा क्यान कार्यसमितिले सुशासनसम्बन्धी केही अत्यन्तै महत्त्वपूर्ण विषयमा भने ध्यान पुर्याएको देखिन्न । तीन दिनअघि सम्पन्न साधारणसभा र त्यसअघिको कार्यसमिति बैठकमा सर्बभन्दा बढी बहस भएको आर्थिक विषयमा बैठक मौन रहनु भने शंकास्पद छ । कार्यसमिति र साधारणसभाले नै गम्भीर प्रश्न उठाएर टिप्पणीसहित पास गरेको अघिल्लो वर्षको अडिट प्रतिवेदनमाथि पहिलो बैठकबाट सम्बोधन हुनुपर्थ्यो ।

विगतमा थुप्रै पटक मैदानभित्रको क्रिकेटले हासिल गरेका उपलब्धिहरू पानीका फोका भएजस्तै यसपालि चुनावले पारसहरूलाई जिताएर दिएको सन्देश पनि त्यस्तै हुने चिन्ता थियो । पहिलो बैठकका निर्णयले निर्वाचनको उपलब्धि कम्तीमा पानीका फोका नहुने लक्षण देखाएको छ ।

यसका बावजुद बैठकका निर्णयहरूले अबका दिनमा क्यान सही बाटोमा हिँड्ने थालनी गरेको आशा भने जगाएको छ । विगतमा थुप्रै पटक मैदानभित्रको क्रिकेटले हासिल गरेका उपलब्धिहरू पानीका फोका भएजस्तै यसपालि चुनावले पारसहरूलाई जिताएर दिएको सन्देश पनि त्यस्तै हुने चिन्ता थियो । पहिलो बैठकका निर्णयले निर्वाचनको उपलब्धि कम्तीमा पानीका फोका नहुने लक्षण देखाएको छ ।

नयाँ कार्यसमितिले काम थालेको एक साता पनि भएको छैन । भर्खर एउटा बैठक सम्पन्न भएको छ । यस अर्थमा प्रशंसाको यति लामो पुल बाँधिहाल्नु आवश्यक छ र ? भन्ने प्रश्न उब्जन सक्छ । अनि विगतमा हरेक नेतृत्वले स्टन्टबाजीका लागि भए पनि योजनाको यो भन्दा लामा लामा फेहरिस्त प्रस्तुत गरेका थिए । यसपालि पनि अधिकांश पुरानै अनुहार र प्रवृत्तिका मानिसहरू रहेको क्यान कार्यसमितिको बैठकका निर्णय विगतजस्तै निर्णयमै सीमित नहोलान् र ? भन्ने अर्को प्रश्न यतिखेर जायज हुन्छ ।

त्यसैले यतिखेर क्यान कार्यसमितिका प्रत्येक सदस्यमाथि सामाजिक प्रतिष्ठा आर्जनको चुनौती र अवसर उत्तिकै छन् । नयाँ कार्यकालका लागि निर्वाचित भएका स्वयं चतुरबहादुर चन्द, रोशन सिंह, दुर्गाराज पाठकहरूसँग धमिलिएको आफ्नै छवि सुधार्न पनि निर्णय कार्यान्वयनप्रति पूरा इमान्दारीसाथ मैदान उत्रनुको विकल्प छैन । यसैगरी पाका दिवाकर घलेदेखि पारस, अन्य सदस्यहरू सुदीप शर्मा, धिरेन्द्र साउद, करण महताराहरूले आफूलाई प्रमाणित गर्न निर्णय भएका सबथोक नगरी सुख छैन ।

पहिलो क्यान बैठकले सुखद संकेत गरेको छ । पूरा चार वर्ष यही लयमा अगाडि बढ्न नेपाली क्रिकेटलाई शुभकामना !
 


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC