माघ १६, २०८१ बुधबार | ०८:४८:२५
राष्ट्रिय महिला लिग फाइनलः बलियो एपिएफविरुद्ध पुलिसलाई विना कुनै दबाब खेल्न आवश्यक काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा राष्ट्रिय महिला लिग फाइनलः बलियो एपिएफविरुद्ध पुलिसलाई विना कुनै दबाब खेल्न आवश्यक काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी फुटबलर टेकबहादुर बुढाथोकी सुबेदारमा बढुवा
शनिबारको दिन कर्माछिरिङ शेर्पा

ललितजीको अभाव सधैं खट्किरहेछ

  • कर्माछिरिङ शेर्पा

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)मा मैले नेतृत्व गरेको चार वर्ष भइसकेको छ । अर्को चार वर्षे कार्यकालको नेतृत्व गर्दै बिट मार्ने योजनासहित अगाडि बढिरहेको छु । चुनाव आउन एक हप्तामात्र बाँकी छ । उसै फुटबल संघको नेतृत्वमा रहेपछि निकै व्यस्त हुनुपर्छ । दिनमा १८ घण्टा काम नगरी नतिजा आउँदैन । त्यसमाथि चुनाव मुखैमा आइसकेकाले व्यस्तता झनै बढेको छ ।

के ललितजी भएको भए म आज एन्फा अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेको हुन्थें त ? मैले आफैंलाई प्रश्न गरें । एक सेकेन्डमै मेरो मनले उत्तर दियो, ‘पक्कै पनि हुन्नथें । उहाँजस्तो मान्छे भएपछि मेरो आवश्यकता पर्ने थिएन । त्यो दुर्घटनाले ललितजीलाई हामीबाट खोसेर लगेपछि मात्र मैले नेतृत्वमा आउनुपरेको हो ।’

आज नेपाली फुटबलका लागि निकै दुःखको दिन । नेपाली फुटबलले एउटा कुशल व्यवस्थापक र सफल नेतालाई गुमाएको दिन । मैले पनि एउटा इमान्दार मित्र ललितकृष्ण श्रेष्ठलाई गुमाएको दिन । त्यसैले चुनावी रस्साकस्सीका बीच ललितजीलाई सम्झिँदा भावनाहरू उर्लिएर सतहमा आए । पुराना दिनहरू मानसपटलमा ताजा भएर आउन थाले अनि सम्झनाका पत्रहरू खुल्न थाले ।

के ललितजी भएको भए म आज एन्फा अध्यक्षका रूपमा नेपाली फुटबलको नेतृत्व गरिरहेको हुन्थें त ? मैले आफैंलाई प्रश्न गरें । एक सेकेन्डमै मेरो मनले उत्तर दियो, ‘पक्कै पनि हुन्नथें । उहाँजस्तो मान्छे भएपछि मेरो आवश्यकता पर्ने थिएन । त्यो दुर्घटनाले ललितजीलाई हामीबाट खोसेर लगेपछि मात्र मैले नेतृत्वमा आउनुपरेको हो ।’

मेरो मनले दिएको जवाफ फगत भावनामात्र थिएन । मैले त त्यही बेला पनि अध्यक्षमा नउठ्ने, फुटबल छोड्ने निर्णय गरिसकेको थिएँ । उहाँले कार्यबाहक अध्यक्ष भएर राम्ररी एन्फा चलाइरहनुभएको थियो । मलाई त्यो बेला आउने चुनावमा ललितजी नै लड्नुहोला र जित्नुहोला भन्ने लागेको थियो । म मानसिक रूपमा चुनाव लड्नका लागि तयार थिइनँ । किनभने मसँग जम्मा चारवटा क्लब थियो । तर मलाई गणेश दाइ (एन्फाका पूर्वअध्यक्ष गणेश थापा)ले गरेको एउटा व्यवहारले गर्दा लागिरहनुपर्ने बाध्यता भयो । नत्र म फुटबल संघमा आएर विदेश घुमौंला भन्ने, फुटबल संघमा आएर केही गरौंला भन्ने मानिस थिइनँ । तर मान्छेलाई जिन्दगीमा एउटा घटनाले गर्दा लागिरहनुपर्ने बाध्यता हुँदोरहेछ । त्यही भएपछि यो अभियानमा लागको हुँ ।

ललितजी एन्फामा कार्यबाहक अध्यक्ष भइरहँदा एउटा अत्यन्तै दुःखद दुर्घटना भयो । त्यो दुर्घटना मलाई अत्यन्तै सम्झना किन लाग्छ भने उहाँजस्तो मान्छेको जीवनमा केही पनि भएन । न आर्थिक रूपमा उहाँले आफ्नो घर राम्ररी बनाउन सक्नुभयो, न त परिवारलाई व्यवस्थापन गर्न सक्नुभयो । आफ्नै घर बिगारेर पनि उहाँ फुटबलमा लागिरहनुभयो । त्यसले गर्दा एकदमै दुःख लाग्छ, सँगै उहाँप्रति सम्मान पनि जागेर आउँछ ।

वास्तवमा ललितजीका जीवनमा धेरै समस्या थिए । तर अहिले सम्झँदा उहाँ जहिल्यै भेट्दा पनि समस्या नै नभएको मानिस जस्तो देखिनुहुन्थ्यो । उहाँले क्लब चलाएको सम्झनुस् त ! त्यति धेरै समस्याका बीच पनि उहाँले थ्री स्टार क्लबलाई देशकै ठूलो र अब्बल क्लबका रूपमा स्थापित गर्नुभएको थियो ।

नेपाली फुटबलमै क्लबलाई मुख्य प्रायोजक खोजेर ल्याउने उहाँ पहिलो पदाधिकारी हो । उहाँले नबिल बैंकलाई मुख्य प्रायोजकभन्दा पनि बढी पार्टनरकै रूपमा थ्री स्टार क्लबमा भित्र्याउनुभयो । उहाँले सुरु गर्नुभएको यो परम्परा अहिले नेपाली फुटबलमा सबैजसो क्लबले पछ्याइरहेका छन् ।

सम्झनुपर्दा ललितजी एउटा कुशल व्यवस्थापक हुनुहुन्थ्यो । ‘डिल’ गर्दा उहाँले जे कुरामा पनि कूटनीतिक रूपमा गर्न सक्नुहुन्थ्यो । कतिपय चिज बिग्रिएको अवस्थामा पनि उहाँले मिलाउनुहुन्थ्यो । चाहे पत्रकार र फुटबल संघ होस्, चाहे पदाधिकारीबीचको समस्या होस् या त खेलाडी र एन्फाबीचको समस्या होस् उहाँले सधंै बीचमा बसेर मिलाइरहनुभयो ।

खासमा २०५५ सालतिर फुटबलकै कुराकानीका लागि उहाँसँग मेरो पहिलो पटक भेट भएको थियो । त्यतिबेला म तरुण दलको केन्द्रीय कार्यालय सचिव थिएँ । बालकृष्ण खाँड तरुण दलको अध्यक्ष अनि शरदसिंह भण्डारी युवा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो । एकदिन ललितजी हामीकहाँ आएर ‘फुटबल संघमा राम्रो भइरहेको छैन, यसलाई करेक्सन गर्ने गरी परिवर्तन गर्नुपर्यो’ भन्ने प्रस्ताव लिएर आउनुभयो ।

नेपाली फुटबललाई पुनर्संरचना गर्नुपर्छ भन्ने उहाँको कुरा थियो । खेलकुद मन्त्रालयले पनि अध्ययन गरिरहेको थियो । खेलकुदमन्त्रीज्यूले ‘फुटबलमात्र होइन, १६ वटा संघ पुनर्संरचना गर्नुपर्छ’ भन्नुभयो ।

यसरी १६ वटा संघको पुनर्संरचना गर्दा शंकर भण्डारी दाइ बक्सिङ संघमा जानुभयो । अरू पनि धेरैजना धेरै संघमा गए । मलाई ‘तिमी कुन संघमा बस्छौ’ भनेर सोधियो । फुटबल संघ अरूभन्दा अलि पेचिलो कुरा थियो । मैले क्रिकेट संघ रोजें । मलाई क्रिकेटमा काम गर्ने योजना थियो । तर मन्त्रीज्यूले ‘विवाद भएको ठाउँमा तिमी बस्नुपर्छ, फुटबल संघमा विवाद छ, त्यहाँ तिमी बसेर चाँडै मिलाउ’ भन्नुभयो ।

त्यसपछि ललितजी, हामी सबै बसेर फुटबल संघमा बस्ने निर्णय गरियो । गीता राणाको नेतृत्वमा समानान्तर कमिटी गठन भयो । त्यसपछि हामीले सँगै धेरै संघर्ष गर्यौं । समानान्तर कमिटी बनाएपछि चुनाव भयो, चुनावमा ललितजी हार्नुभयो । फेरि हामीले उहाँलाई सँगसँगै लिएर हिँड्यौं । फेरि दुई संघ ‘मर्ज’ गर्दा पनि उहाँलाई व्यवस्थापन गर्यौं । जेहोस् उहाँको आवश्यकता हामीलाई महसुस थियो । हामी त्यो बेला फुलटाइमर होइन । तर, उहाँ जति पनि खट्न सक्ने, जे पनि गर्नसक्ने मान्छे हुनुहुन्थ्यो ।

नेपाली फुटबललाई नभई नहुने मानिस हो उहाँ । तर, नियतिले उहाँलाई हामीबाट अल्पायुमै खोस्यो । अहिले अध्यक्ष भइरहँदा ललितजी जस्तो मानिसको अभाव सधैं खट्किइरहन्छ । ललितजीलाई मैले मात्र होइन, सम्पूर्ण नेपाली फुटबलले धेरै मिस गरिरहेको छ ।

फुटबलमा अगाडि बढ्दै जाने क्रममा विभिन्न घटनाक्रमहरू विकास हुँदै गए । उहाँ गणेश दाइको टिममा बस्नुभयो । हामी विपक्षी नै भयौं । गणेश दाइको टिममा बस्दा पनि उहाँप्रति गरेको व्यवहार हामी विपक्षी भए पनि दुःख लाग्थ्यो । ललितजी कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो, तर उहाँ फिफा कंग्रेसमा जान पाउनुभएन । उहाँलाई कठपुतलीजस्तो बनाइयो । त्यसबाट एकदमै दुःख लाग्यो । मैले उहाँलाई त्यसरी नबस्नुस्, अध्यक्षको हैसियतमा काम गर्नुस् भनेर उत्साह दिइरहन्थें ।

नेपाली फुटबललाई नभई नहुने मानिस हो उहाँ । तर, नियतिले उहाँलाई हामीबाट अल्पायुमै खोस्यो । अहिले अध्यक्ष भइरहँदा ललितजी जस्तो मानिसको अभाव सधैं खट्किइरहन्छ । ललितजीलाई मैले मात्र होइन, सम्पूर्ण नेपाली फुटबलले धेरै मिस गरिरहेको छ ।

हार्दिक श्रद्धाञ्जली ललितजी !

(कुराकानीमा आधारित)