आश्विन ३, २०८१ बिहीबार | ०७:०६:३८
नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित नेपाल रोमाञ्चक खेलमा ओमानसँग १ विकेटले पराजित पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित
शनिबारको दिन नवौं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुदको परिमार्जन खोज्नुपर्छ

भौतिक पूर्वाधारको दृष्टिले दयनीय अवस्था थियो । खेलकुदको संस्कार नै थिएन । खेलकुदमा लाग्ने युवाहरू बिग्रन्छन्, खेल्नु भनेको जिम्मेवारीबाट टाढिनु, बिग्रनु हो भन्ने मान्यता थियो । खेल्नका लागि समाज र परिवारसँग विद्रोह गर्नुपथ्र्यो । त्यसरी विद्रोह गरेर खेलकुदमा होमिएका खेलाडीले पनि नियमित प्रतिस्पर्धाको अवसर पाउँदैनथे । खेल्ने ठाउँ नै थिएनन् । आवश्यक खेल पोसाक, खेल सामाग्री र खेलअनुसार पौष्टिक आहार त कल्पनाबाहिरको कुरा थियो ।

प्रत्येक दुई वर्षमा देशको तत्कालीन राजनीतिक व्यवस्थाअनुसार फरक अञ्चलमा राष्ट्रिय खेलकुद आयोजना गर्दा यसकै बहानामा भौतिक पूर्वाधार बनाउने उनको पहिलो उद्देश्य थियो । जसले केही संस्करणपछि पूरै देश भौतिक पूर्वाधारको दृष्टिले समृद्ध हुने थियो ।

यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदको नाममा । दक्षिण एसियाली खेलकुदका समेत परिकल्पनाकार राखेपका तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गर्दा केही खास उद्देश्य राखेका थिए । जसले दीर्घकालसम्म नेपाली खेलकुदलाई सबै पक्षबाट बलियो बनाउँदै अघि बढाउने उनको विश्वास थियो ।

प्रत्येक दुई वर्षमा देशको तत्कालीन राजनीतिक व्यवस्थाअनुसार फरक अञ्चलमा राष्ट्रिय खेलकुद आयोजना गर्दा यसकै बहानामा भौतिक पूर्वाधार बनाउने उनको पहिलो उद्देश्य थियो । जसले केही संस्करणपछि पूरै देश भौतिक पूर्वाधारको दृष्टिले समृद्ध हुने थियो ।

राष्ट्रिय खेलकुदका लागि जिल्लाबाटै छनोट प्रतियोगिता नियमित रूपमा गर्ने हुँदा देशभरि नै खेलकुदको राम्रो माहोल स्थापित हुन्थ्यो । गाउँका सामान्य खेलाडीले राष्ट्रियस्तरका खेलाडीसँग नियमित रूपमा दुई/दुई वर्षमा प्रतिस्पर्धाको अवसर पाउँथे । विजेताहरूलाई पुरस्कृत गर्ने परम्पराले खेलकुदप्रतिको गलत दृष्टिकोण परिवर्तन हुन्थ्यो ।

कुनै पनि खेलको विकास गर्न खेल्ने ठाउँ, सुविधा र आर्थिक लाभले मात्र पुग्दैन । त्योभन्दा बढी खेलकुदको संस्कार स्थापना गर्नुपर्छ भन्ने कुरा चार दशकअघिकै खेल नेतृत्वले राम्ररी बुझेको थियो । त्यही भएर भव्य रूपमा चहलपहलका साथ राष्ट्रिय खेलकुदलाई महोत्सवका रूपमा गरिन्थ्यो । जसले गर्दा पूरा देशको ध्यान खेलकुदमा तानिन्थ्यो ।

स्कुले बालबालिकादेखि तिनका अभिभावकलाई समेत कुनै न कुनै भूमिकामा सहभागी गराइन्थ्यो । देशभर राष्ट्रिय खेलकुद हुनुभन्दा महिनौं अघिदेखि हल्लाखल्ला गरिन्थ्यो । तत्कालीन राजा र राजपरिवारसँगै राज्यको माथिल्लो निकायका उच्च अधिकारीहरूले महत्वका साथ राष्ट्रिय खेलकुदमा सक्रियता जनाउँथे । जुन, देशव्यापी रूपमा खेलकुदप्रति सकारात्मक उर्जा उत्पन्न गर्न र खेल संस्कार स्थापना गर्न फलदायी हुन्थ्यो ।

चार दशकअघि राखिएका यी उद्देश्यमा नेपाली खेलकुद केही समयसम्म सफल रह्यो । केही वर्ष अघिसम्म पनि सम्पूर्ण नेपाली खेलकुद त्यही समय शरदचन्द्र शाहको नेतृत्वमा बनेका पूर्वाधारले थेगेका थिए । तर २०३८ पछि २०४० मा दोस्रो र २०४२ मा तेस्रो संस्करणसम्म मात्र राष्ट्रिय खेलकुद आफ्नो उद्देश्यको बाटोमा नडगमगाई अघि बढ्यो । त्यसपछि राष्ट्रिय खेलकुद कहिल्यै पनि नियमित हुन सकेन । यसको प्रस्ट प्रमाण भनेको राष्ट्रिय खेलकुद सुरू भएको ४१ वर्षपछि २०७९ सालमा पोखराले आयोजना गर्न लागेको नवौं संस्करण हो । स्थापना गर्दाको उद्देश्यमा च्युत नभएको भए अहिले राष्ट्रिय खेलकुदको २०औं संस्करण सम्पन्न भइसकेको हुन्थ्यो ।

पक्कै पनि नेपाली खेलकुदको सर्वोच्च कार्यकारी निकाय राखेपले राष्ट्रिय खेलकुद सुरु गर्दा राखेका उद्देश्य समयानुकूल थिए । तर, अहिले अवस्था परिवर्तन भइसकेको छ । २०३८ सालबाट २०७९ सालमा आइपुग्दा नेपाली समाज, पूर्वाधारको अवस्था, खेलकुदलाई हेर्ने दृष्टिकोण र विश्व खेलकुदमा ठूलो परिवर्तन आइसकेको छ ।

अहिले आवश्यकता र अवस्था चार दशकअघि कल्पनै गर्न नसकिने गरि फेरिइसकेको छ । तर घरेलु ओलम्पिकका रूपमा लिइने नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव भने समयअनुसार विकसित हुँदै जानुपर्नेमा झन टीठलाग्दो पारामा स्खलित हुँदै छ ।

समग्रमा भन्नुपर्दा बजेट बाँडफाँटभन्दा बढी राज्यले नै यसलाई महत्व दिएको छैन । राखेपले नै महत्व दिएको छैन । अनि २०३८ सालमा तत्कालीन नेतृत्वले सोचेजस्तो खेल संस्कार कसरी स्थापित होला ? खेलकुदको डाडुपन्यु चलाउनेले नै महत्व नदिएको राष्ट्रिय खेलकुदलाई आम जनमानसले किन महत्व दिनु ? पोखराले दोस्रो पटक राष्ट्रिय खेलुकद आयोजना गर्न खोज्दै गर्दा रंगशालाबाहिर यसको कुनै चहलपहल नदेखिनुको कारण पनि यही हो ।

नियमितताको अनुशासनमा मात्र राष्ट्रिय खेलकुद चुकेको छैन । पछिल्लो समय त राष्ट्रिय खेलकुद आयोजना गर्दा सम्बन्धित क्षेत्रमा बनाइने गरेको भौतिक पूर्वाधार निर्माणलाई पनि बेवास्था गर्न थालिएको छ । खेल र खेलाडी महत्वमा छैनन् । जिल्लादेखि हुने छनोट प्रतियोगिताहरू झारो टार्ने पारामा गरिन्छ । राष्ट्रिय खेलकुदका मुख्य प्रतिस्पर्धा पनि कर्मकाण्डी हुँदै गएका छन् ।

समग्रमा भन्नुपर्दा बजेट बाँडफाँटभन्दा बढी राज्यले नै यसलाई महत्व दिएको छैन । राखेपले नै महत्व दिएको छैन । अनि २०३८ सालमा तत्कालीन नेतृत्वले सोचेजस्तो खेल संस्कार कसरी स्थापित होला ? खेलकुदको डाडुपन्यु चलाउनेले नै महत्व नदिएको राष्ट्रिय खेलकुदलाई आम जनमानसले किन महत्व दिनु ? पोखराले दोस्रो पटक राष्ट्रिय खेलुकद आयोजना गर्न खोज्दै गर्दा रंगशालाबाहिर यसको कुनै चहलपहल नदेखिनुको कारण पनि यही हो ।

२०४० सालमा पोखराले दोस्रो राष्ट्रिय खेलकुद आयोजना गर्दा महिनौं अगाडिदेखि पूरा गण्डकी अञ्चल खेलकुदको चहलपहलले तातेको त्यतिबेलाका खेलाडीहरू सम्झन्छन् । अनि भन्छन्, ‘खोइ यसपालि त राष्ट्रिय खेलकुद हुन लागेको हो कि होइन भन्ने पनि थाहा छैन ।’

सुरु गर्दा अञ्चलका टिमलाई सहभागी गराइने राष्ट्रिय खेलकुद समयक्रममा विकास क्षेत्र र विभागका टिमले प्रतिस्पर्धा गर्ने थलो बन्यो । अहिले नयाँ संविधान कार्यान्वयनमा आएपछि भने ५ विकास क्षेत्रको ठाउँमा ७ प्रदेशले सहभागिता जनाउँछन् । राष्ट्रिय खेलकुदमा समयअनुसार भएको परिवर्तन यत्तिमात्र हो ।

के नेपाली खेलकुदको आवश्यकतामा समयअनुसार आएको परिवर्तन यहीमात्र हो त ? अनि राष्ट्रिय खेलकुद आयोजना केका लागि गर्ने ? भन्ने प्रश्न यसको स्खलनसँगै पेचिलो बन्दै गएको छ । खेल नेतृत्वले यसको जवाफ खोज्नैपर्छ । जसरी तत्कालीन नेतृत्व राष्ट्रिय खेलकुद सुरु गर्दा उद्देश्यहरूमा प्रस्ट थियो, त्यसैगरी वर्तमान नेतृत्वले पनि प्रस्ट उद्देश्य सार्वजनिक गर्न सक्नुपर्छ ।

पञ्चायतको पालामा जत्तिको इमानदारी पनि नराखी दिनप्रतिदिन स्खलित गराउँदै राज्यको ढुकुटी दोहन गर्ने कर्मकाण्डी इभेन्टको रूपमा मात्र अब राष्ट्रिय खेलकुद आयोजनाको अर्थ रहन्न । खेलकुदमा अहिलेका आवश्यकता र परिस्थिति धेरै फेरिइसकेका छन् । त्यहीअनुसार नयाँ योजना बनाइनुपर्छ । राष्ट्रिय खेलकुद परिमार्जन गरिनुपर्छ ।

चार दशकअघि एउटा राजनीतिक व्यवस्था हुँदा, फरक आवश्यकता र परिस्थिति हुँदा गरिएकै कामलाई सही ढंगले निरन्तरता समेत दिन नसक्दा नेतृत्व झनै बढी प्रश्नले घेरिनु स्वाभाविक हो । किनकि पञ्चायतपछि राजनीतिक रूपमा देश बहुदल हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । राजनीतिक भाषामा भन्दा देशले ठूलो छलाङ मारिसकेको छ । तर गणतन्त्रसम्मको यात्राका अग्रगामी सारथिहरूले नेतृत्व गर्दा खेलुकद चाँहि पञ्चायतको भन्दा पश्चगामी बनाउन पाइँदैन ।

पञ्चायतको पालामा जत्तिको इमानदारी पनि नराखी दिनप्रतिदिन स्खलित गराउँदै राज्यको ढुकुटी दोहन गर्ने कर्मकाण्डी इभेन्टको रूपमा मात्र अब राष्ट्रिय खेलकुद आयोजनाको अर्थ रहन्न । खेलकुदमा अहिलेका आवश्यकता र परिस्थिति धेरै फेरिइसकेका छन् । त्यहीअनुसार नयाँ योजना बनाइनुपर्छ । राष्ट्रिय खेलकुद परिमार्जन गरिनुपर्छ । राष्ट्रिय खेलकुद आयोजनाको तरिका सम्पूर्ण रूपमा नयाँ हुनुपर्छ । अब बहस सुरु गर्ने बेला भएन र ?