माघ १९, २०८२ सोमबार | ०५:३७:५१
अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा अंक दूरी बढाउँदै इन्टर पिएसजीलाई दुई अंकको अग्रता वेलिंघम एक महिना मैदान बाहिर हुने युनाइटेडको जित, सिटी टोटनहमसँग रोकियो नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले जीवनराम श्रेष्ठ अध्यक्ष रहको नयाँ कार्यसमितिलाई कारवाही र बिघटन गर्न मागसहित दुई तिहाई खेल संघले युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापनपत्र दिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार विभिन्न २२ खेल संघका पदाधिकारीले एनओसीको नयाँ कार्यसमितिलाई कारबाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापन पत्र बुझाएका थिए ।

तर एनओसीले भने ज्ञापनपत्र बुझाउनेमध्ये धेरैजसो मान्यता नभएका पदाधिकारी रहेको दाबी गरेको छ ।

‘नेपालको खेलकुद विकास ऐन २०७७ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता प्राप्त अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठ रहेको नेपाल ओलम्पिक कमिटीलाई कारवाही र बिघटन गर्न माग गरी दुई तिहाई संघले युवा तथा खेलकुद मन्त्रीलाई ज्ञापन पत्र दिएको भन्ने समाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ एनओसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैगरी एनओसीले आफूमाथि लागेका सम्पूर्ण आरोप झुटा निराधार रहेको पनि बताएको छ ।

‘नेपालको खेलकुद ऐन र ओलम्पिक बडापत्रको व्यवस्था अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य खेल संघ हुनको लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघले मान्यता प्रदान गरेको राष्ट्रिय खेल संघका अध्यक्ष भएका संघ मात्र आधिकारिक हुन्छन् । यस्तो स्पष्ट व्यवस्था हुँदा हुँदै तथाकथित दुई तिहाई संघले कारवाहीको माग गरेको भनि गलत र भ्रामक समाचार सम्प्रेषण गराउनु संचार संस्था माथि विश्वासघात र बेइमानीपूर्ण कार्य हो । ओलम्पिक कमिटीमाथि लगाइएका आरोपहरू झुटा र निराधार हुन्,’ एनओसीले भनेको छ, ‘यस्तो कार्य गर्ने र गराउने व्यक्ति तथा संस्थाप्रति नेपाल ओलम्पिक कमिटी दुःख र खेद प्रकट गर्दछ । नेपाल ओलम्पिक कमिटीको निर्वाचनसँग सम्बन्धित रहेर उत्पन्न विवादको सम्बन्धमा सम्मानित पाटन उच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको सर्वविदितै छ । यसरी अदालतमा मुद्दा विचाराधिन अवस्थामै रहँदा यो वा त्यो नाममा ओलम्पिक कमिटीलाई कारवाही गर्ने माग राख्दै निवेदन दिनु भनेको न्यायपालिका माथीको हस्तक्षेप हो । यो कार्य निन्दनीय र आपत्तिजनक छ ।’ 

अदालतको आदेशविपरित साधारणसभा गरेको आरोपमा सरकारले एनओसी अवैधानिक भएको भन्दै कार्यालयमा ताल्चा मारेको छ । युवा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार गृह मन्त्रालयले प्रहरी पठाएर सातदोबाटोस्थित एनओसी मुख्यालय कव्जामा लिएको हो ।

अदालतको आदेश नमानेको भन्दै सरकारले एनओसीका पदाधिकारी तथा सदस्यहरुलाई विदेश भ्रमणमा समेत रोक लगाएको छ । अध्यागमनले नेपालको विमानस्थल प्रयोग गरेर विदेश आउजाउमा रोक लगाएपछि एनओसीका पदाधिकारी तथा सदस्यहरु भारतको बाटो हुँदै विदेशमा हुने कार्यक्रमहरूमा सहभागिता जनाइरहेका छन् ।

पुस दोस्रो साता सम्पन्न एनओसीको साधारणसभाले अध्यक्षमा नेपाल स्की संघका अध्यक्ष श्रेष्ठलाई निरन्तरता दिँदै १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो । साधारणसभाबाट नेपाल र्याफ्टिङ एन्ड कनोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ महासचिवमा सर्वसम्मत भएका थिए ।

आफूहरूले एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्टबल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।

जहाँ अदालतले स्टे अर्डर जारी गरेर चुनाव नगर्न आदेश जारी गरेको थियो । एनओसीले भने अदालतको आदेश आफूहरुले नपाएको भन्दै साधारणसभा आयोजना गरेको थियो ।

अदालतमा मुद्धा परेको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले एनओसी निर्वाचनलाई अवैधानिक भन्दै आएका छन् ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को पहलमा मुद्धा दर्ता गराउने संघ र एनओसीका पदाधिकारीहरुको बीचमा कुवेतमा बैठक आयोजना गरि सहमति गरिएको थियो । दुई महिनाअघि भएको उक्त कुवेत सम्झौतामा एनओसीले तत्काल सबै पाँच संघलाई सदस्यता दिने र संघहरुले विना सर्त अदालतमा दायर गरेको मुद्धा फिर्ता लिने उल्लेख थियो । ओसिएकै नेतृत्वमा भएको उक्त सम्झौताअनुसार एनओसीले दुई महिनाअघि नै सबै संघलाई सदस्यता दिइसकेको छ भने घोड्चढीबाहेकका संघहरुले पनि मुद्धा फिर्ता लिइसकेका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।