श्रावण ३१, २०८२ शनिबार | २३:१८:२९
ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ? ग्लोबल हुप फेस्टः प्रिमियर र जेभियरको लगातार दोस्रो जित द ओसन क्लबको ग्रासरुट कार्यक्रमले पूरा गर्याे १००औं हप्ता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी-२० शृंखला टप एन्ड ट्वान्टी-२० शृंखला: नेपाल लगातार दोस्रो खेलमा पराजित धावक कुसाङ गुरुङ पर्वतीय दौडको प्रथम पुरस्कारको प्रायोजक बंगलादेश ‘ए’ ले दियो नेपाललाई १८७ रनको लक्ष्य मधेश युनाइटेडको जर्सी सार्वजनिक बंगलादेश ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ओलम्पिक अभियानका द्रोणाचार्यको भीष्म परीक्षा लिभरपुरलाई कस्ले रोक्ला ?
शनिबारको दिन

आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना

काठमाडौं । पद्मकृष्ण श्रेष्ठ- मलाई लाग्छ, म आफू ठिकैको खेलाडी थिएँ । न असाध्यै राम्रो न त खराब । मैले बागमती अञ्चलबाट पनि खेलेको छु । वीरगन्जमा नर ट्रफी फुटबल भएको थियो । त्यसमा मैले खेलेको हो । सम्भवतः यो ०२२ सालको कुरा हुनुपर्छ । मलाई लाग्छ, मैले पाँच वर्ष जति मात्रै खेलें । मेरो खेल जीवनको सबैभन्दा ठूलो विशेषता के भने २३ वर्षको उमेरमै म पूर्णकालीन प्रशिक्षक भइसकेको थिएँ ।

मैले आइएस्सी भने पास गरिनँ । बीचमै छाडें । जाँच दिइनँ । यसबारेमा घरबाट पनि खासै प्रतिक्रिया आएन । त्यो बेला पढाइको महत्व अहिले जस्तो थिएन । यसरी मैले निकै कम उमेरमै खेल्न छाडेको थिएँ । मलाई लाग्छ, मैले फुटबल खेलेको परिवारलाई एकदमै मनपरेको पनि होइन, खासै मन नपरेको पनि थिएन । यसमा प्रतिक्रिया नै थिएनभन्दा हुन्छ ।

मैले खेल्दा अहिलेजस्तो तथ्यांक राख्ने चलन पनि थिएन । त्यसैले कसले कस्तो खेल्यो र कति गोल गर्यो भन्ने खासै केही इतिहास छैन । मैले आफैले पनि बरोबर गोल गर्थें । तर ठ्याक्कै यत्तिकै गोल गरे भनेर अभिलेख त रहेन । मलाई केही खास गोल भने सम्झनामा छ । त्यति बेला केही खेलमा मैले गोल गर्थें, केहीमा अरूले गोल गर्थे ।

मलाई लाग्छ, मैले दुई तीन खेल बिराएर एक गोल भने गर्दथें । मलाई आफूले गरेको एउटा ह्याट्रिकबारे भने सम्झना छ । यो एनआरटीको जुनियर टिमविरुद्ध थियो । फ्रेन्ड्स युनियनका लागि ‘ए’ डिभिजनकै खेल थियो । त्यतिबेला एनआरटी मात्र होइन, माथिल्लो डिभिजनमा एनआरटीकै जुनियर टिम पनि थियो । यसको नाम राइजिङ एनआरटी थियो ।

फ्रेन्ड्स युनियनका लागि पहिलो गोल मैले नै गरेको थिएँ । मैले यो गोलका लागि केही नभए पनि २५ यार्डबाट शक्तिशाली प्रहार गरेको थिएँ र यो आकर्षक ढंगमा गोलमा परिणत भएको थियो ।

यो उपलब्धिमा म असाध्यै खुसी भएँ । यो नतिजा त्यो बेलाको गोरखापत्रमा पनि छापिएको थियो । त्यसैले मामाघरका बाजे पनि असाध्यै खुसी हुनुभयो । फ्रेन्ड्स युनियनकै लागि मैले एउटा नकआउट प्रतियोगितामा ठमेल-११ विरुद्ध गोल गरेको सम्झना छ । त्यतिबेला ठमेलले कोलकाताको बड्सबाट केही विदेशी खेलाडी झिकाएर खेलाएको थियो ।

नामचाहिँ ठ्याक्कै याद भएन, तर बड्सबाट एउटा राम्रो गोलकिपरले ठमेलबाट खेलेको थियो । ठमेलमा देहरादुन र वीरगन्जका केही खेलाडी पनि थिए । यसमा फ्रेन्ड्स युनियनका लागि पहिलो गोल मैले नै गरेको थिएँ । मैले यो गोलका लागि केही नभए पनि २५ यार्डबाट शक्तिशाली प्रहार गरेको थिएँ र यो आकर्षक ढंगमा गोलमा परिणत भएको थियो ।

ठमेलका ती गोलकिपरले डाइभ गरे पनि बल छुन सकेनन् । खेल हेर्न आएका ललितपुरका फुटबल समर्थक त्यो गोलमा असाध्यै खुसी भएका थिए । हामी त्यो खेलमा दुई गोलले विजयी रह्यौं । त्यो जमना कस्तो थियो भने खेलाडीलाई कतै होटलमा खाँदा पैसा नै तिर्नुपर्ने हुँदैनथ्यो । चिया पसल होस् वा फलफूल पसलमा, खेलाडीले खाएको पैसा नै लिने चलन थिएन ।

फेरि आफ्नो टिम हार्दा क्लबका समर्थकहरू बोलचाल नै बन्द गर्थे । खेलाडीसँग एक शब्द पनि बोल्दैन थिए, रिसाएर बेवास्ता गर्थे । स्थिति कस्तो हुन्थ्यो भने आफ्नो टिम हार्दा घरमै पनि खेलाडीसँग बोलचाल बन्द हुन्थ्यो । ज्ञानबहादुर धाख्वालाई फ्रेन्ड्स युनियन हार्दा सबैले गाली गर्थे । समर्थकको आरोप हुन्थ्यो, ‘मैले गोल गर्ने स्थितिमा यिनी कसरी पो चुके ?’

खासमा त्यो बेला सबैले सबै खेल खेल्थे । एउटा राम्रो खेलाडीको परिचय सबै खेल खेल्ने हुन्थ्यो । मैले एथलेटिक्समा सहभागिता जनाइनँ, तर अरू खेलाडी दौडिने र उफ्रिनेमा धेरै राम्रा थिए । 

खासमा फ्रेन्डस युनियन ललितपुरको यही टोलको भने थिएन । खास-खास टोलका केही संख्यामा खेलाडी हुन्थ्यो । त्यो समग्र ललितपुरकै पहिलो ठूलो र लोकप्रिय क्लब भने रह्यो । त्यो दिन सम्झँदा मज्जाले भन्न सकिन्छ, फुटबल त्यस बेला असाध्यै लोकप्रिय थियो । त्यो हाम्रो समाजको एउटा महत्त्वपूर्ण भाग थियो । फुटबल तत्कालीन समाजसँग घुलमिल भएको थियो ।

फेरि त्यति बेला अरू खेल केही थिएन । जति थिए, त्यसमध्ये दर्शक आफै आएर हेर्ने लायकको खेल भनेको फुटबलमात्रै थियो । त्यसैले यसको प्रभाव धेरै रह्यो । मलाई सम्झना भएसम्म केही हदसम्म हक्की खेलिन्थ्यो भने क्रिकेट पनि हुने गरेको याद छ । मैले आफैले पनि क्रिकेट खेलेको सम्झना छ । हक्की पनि खेलें ।

खासमा त्यो बेला सबैले सबै खेल खेल्थे । एउटा राम्रो खेलाडीको परिचय सबै खेल खेल्ने हुन्थ्यो । मैले एथलेटिक्समा सहभागिता जनाइनँ, तर अरू खेलाडी दौडिने र उफ्रिनेमा धेरै राम्रा थिए । मलाई लाग्छ, फुटबलका खेलाडी बढी एथलेटिक्समा सहभागी हुन्थे । संकटाका अधिकांश खेलाडी एथलेटिक्सका थिए । महावीरका खेलाडी पनि बढी एथलेटिक्समा सहभागिता जनाउँथ्यो । (क्रमशः)

याे पनि

https://kheladi.com/football/26652

https://kheladi.com/football/26544

https://kheladi.com/football/26434

https://kheladi.com/football/26330

https://kheladi.com/football/26196