असार ७, २०८२ शनिबार | ०४:३७:००
‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ दक्षिण अफ्रिकाको यात्रा चोकर्सदेखि च्याम्पियनसम्म स्कटल्यान्डलाई त्रिकोणात्मक शृंखला, निर्णायक खेलमा नेपाल पराजित नेपाललाई पहिलो झट्का, भुर्तेल चार रन बनाउँदै पेभिलियन फर्किए स्कटल्यान्डले दियो नेपाललाई १९४ रनको लक्ष्य बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान
शनिबारको दिन

आत्मकथा शृंखला-५: मैल गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो

काठमाडौं । पद्मकृष्ण श्रेष्ठ- फ्रेन्ड्स युनियनले स्थापनाको केही वर्षमै आफूलाई नेपाली फुटबलको बलियो टिमको रूपमा उभ्याएको थियो । उसको आफ्नै अलग्गै व्यवस्थापन समूह पनि थियो । फुटबल खेल्न चाहिने सबथोक खेलाडी आफैंले मिलाउन नसक्ने भएपछि त्यही बेला व्यवस्थापनको सोच आइसकेको थियो । हामीले ०२३ सालमा उपाधि जित्दा विद्या व्यायामविरुद्धको अन्तिम खेल फाइनल जस्तै भएको थियो ।

खासमा त्यो फाइनल थिएन, किनभने त्यही बेला लिग साँच्चैको लिगकै रूपमा आयोजना हुन्थ्यो । त्यस खेलमा विद्या व्यायाम मन्दिरलाई बराबरी मात्र पनि पर्याप्त थियो, उपाधि जित्नका लागि । फ्रेन्ड्स युनियनलाई पनि जित नै अनिवार्य थियो । बाँकी टिमको लिग जित्ने सम्भावना समाप्त भइसकेको थियो । त्यसैले यो खेल हेर्न दशरथ रंगशाला दर्शक भरिभराउ हुन्थे । हाम्रो जर्सी थियो, लाइट ब्लु र डार्क ब्लु कोठा-कोठा भएको ।

त्यो पुलिसको जर्सी जस्तै थियो, किनभने हामी पुलिस फुटबलको समर्थक थियौं । पुलिसको उस्तै जर्सी थियो । पुलिसको ब्यारेक ललितपुरमै थियो । त्यतिबेला पुलिसले खेल्ने फुटबल पनि राम्रो थियो अनि उसका केही खेलाडी राम्रा थिए । पुलिसले खेल्ने फुटबल त्यो बेला आर्मीको भन्दा धेरै फरक थियो । पुलिस छोटो-छोटो पास खेल्थ्यो र बलमाथि बढीभन्दा बढी नियन्त्रण गर्न खोज्थ्यो ।

त्यो पुलिस टिमको एउटा ठूलो विशेषता के भन्दा यो टिममा तत्कालीन बर्माबाट नेपाल आएका धेरै जना थिए । जस्तो, रुमबहादुर थापा । उनी पछि आईजीपी पनि भए । यस्तै फत्तेबहादुर । उनी एसएसपीसम्म भए । एनसी राई नामका अर्का खेलाडी पनि थिए, बर्माबाटै आएका । लिग खेल्दाको समय हाम्रो फ्रेन्ड्स युनियन टिममै दुई बाहिरका खेलाडी थिए, त्यसमध्ये एक कालिङपोङबाट आएका । त्यसमा एक थिए, राजु राई ।

हामी अपराजित रहेर लिग च्याम्पियन भएका थियौं । ६ खेल जितेर एक खेल भने बराबरी खेलेका थियौं ।

उनी गोलरक्षक थिए । निकै राम्रा गोलरक्षक । अर्का चम्पक राई । उनी भने झापाका थिए । यस्तै पुलिसका एक खेलाडीले पनि हाम्रोतर्फबाट खेलेका थिए । उनी थिए, राजु क्षेत्री । पुलिसले त्यतिबेला लिग खेल्न छाडिसकेको थियो । अझ आर्मीका एक खेलाडीले पनि हाम्रोबाट खेलेको थियो । उनी थिए, वसन्त बस्नेत । उनी पछि कर्णेलबाट रिटायर्ड भए । अर्को महत्त्वपूर्ण तथ्य के भने जर्सीमा नम्बर लेख्न चलन सुरु भइसकेको थिएन ।

हामीले लिग जित्दा सात टिम थिए । ती एनआरटी, संकटा, आरसिटी, महावीर, ठमेल, अनि फ्रेन्ड्स क्लब र हाम्रो आफ्नै फ्रेन्ड्स युनियन । अब लिग विजेता हाम्रो टिमका खेलाडीको नामतर्फ जाऔं । त्यसमध्ये म आफैं एक भएँ । अनि सम्झेकामध्ये ज्ञान धाख्वा, प्रेम धाख्वा, विजय क्षेत्री, वसन्त बस्नेत, चम्पक राई, पुरुषोत्तम लिपालु, राजु राई, आशाकाजी शाक्य, सूर्यमान तुलाधर । सूर्यमान भने काठमाडौंका थिए ।

लिपालु त्यो समयका नाम चलेका खेलाडीमा पर्थे । डिफेन्सबाट खेल्थे, निकै बलिया थिए । आक्रामक भएर खेल्थे । झगडा भयो भने सबैभन्दा अगाडि हुन्थे । अब त उनी रहेनन् । लिग भने आफैंमा एक राउन्डको थियो र हाम्रो १३ अंक भएको थियो । हामी अपराजित रहेर लिग च्याम्पियन भएका थियौं । ६ खेल जितेर एक खेल भने बराबरी खेलेका थियौं । मलाई राम्रोसँग सम्झना छ, उपाधि जितेको बेला पुरस्कार वितरण गर्न तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह आएका थिए ।

मेडलसम्म खेलाडीले पाए, आर्थिक पुरस्कार भने केही थिएन । फ्रेन्ड्स युनियनले लिग जितेको एक वर्ष अगाडि त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल पनि खेलेको थियो, तर उपविजेतामै सीमित रह्यो । त्यो प्रतियोगिता भने मैले खेलिनँ । म आफैंमा ठिकैको खेलाडी थिएँ । नराम्रो पनि थिइनँ । मैले बागमती अञ्चलका लागि पनि खेलें । बागमतीका लागि ०२२ सालतिर नर ट्रफी पनि खेलें । यसरी मेरो खेल जीवन पाँच वर्षजतिको मात्र भयो ।

लिग जित्दाको केही वर्षमै यो क्लब सदाका लागि हराएर गयो । यसको मुख्य कारण त, क्लबका लागि पर्याप्त आर्थिक स्रोत नहुनु नै थियो ।

मैले फुटबल खेलेकामा घरमा खुसी पनि थिएनन्, दुःख पनि भएनन् । तर मामाघरका बाजे पनि असाध्यै खुसी हुनुहुन्थ्यो, किनभने मैले गोल गर्दा गोरखापत्रमा नाम निस्क्थ्यो र यो मेरो मामाघरका लागि गर्वको विषय हुन्थ्यो । त्यो समय गोरखापत्रमा खेलको समाचार दिने क्रम सुरु भइसकेको थियो । त्यस्तो समाचारमा कम्तीमा गोल गर्नेको नाम हुन्थ्यो । मामा रमा भने त्यही बेला पत्रिका पढ्ने चलन सुरु भइसकेको थियो ।

लिग जित्दाको केही वर्षमै यो क्लब सदाका लागि हराएर गयो । यसको मुख्य कारण त, क्लबका लागि पर्याप्त आर्थिक स्रोत नहुनु नै थियो । फेरि क्लबमा नयाँ खेलाडी पनि आउन छाडे । त्यही बेला ललितपुरमा थ्री स्टारको पनि जन्म हुने क्रम चलिरहेको थियो । पछि यसलै ललितपुरको मूल क्लबको रूपमा आफूलाई स्थापित गर्यो । मेरो विचारमा फ्रेन्ड्स युनियनले ०२६ सालसम्म फुटबल खेलेको हुनुपर्छ । 

याे पनि

https://kheladi.com/football/26196

https://kheladi.com/football/26330

https://kheladi.com/football/26434

https://kheladi.com/football/26544