जेष्ठ १९, २०८२ आइतबार | १६:१३:०६
हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन हरियाणाले गर्याे घनश्याम राेक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित मियामीको जितमा मेसीको दुई गोल विनानतिजा टुंगियो नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल सानदार जित निकाल्दै पिएसजी च्याम्पियन रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
शनिबारको दिन

आत्मकथा शृंखला-२ः परिवारको प्रभाव निर्णायक रह्यो

काठमाडौं । –पद्मकृष्ण श्रेष्ठ । कोही कसैको पनि व्यक्तित्व विकासमा परिवारको ठूलो भूमिका हुन्छ । म पनि यसमा अपवाद रहने कुरै भएन । मलाई पनि जीवनको यहाँसम्मको यात्रामा परिवारका प्रत्येक सदस्यले दिएको कुनै न कुनै शिक्षाले प्रभाव पारेकै छ । अझ सुरुमा फुटबल खेलाडी र पछि प्रशिक्षक हुँदा पनि शिक्षाको ठूलो महत्त्व रहने गरेको छ । यस्तै मलाई असाध्यै धेरै प्रभावित पार्ने एक सदस्यको पनि चर्चा गर्न चाहन्छु । अझभन्दा म उहाँबाट धेरै प्रभावित रहेंभन्दा पनि हुन्छ ।

यो मेरो काकाबारे हो । उहाँ मेरो आफ्नै बाजेको दाइको छोरा हुनुहुन्थ्यो । अनि उहाँको नाम मंगलकृष्ण श्रेष्ठ । त्यसैले उहाँ मेरो बुवाको भाइ हुनुभयो । मलाई लाग्छ, हाम्रो परिवारमा उहाँ जत्तिको बुद्धिमान र प्रतिभाशाली अरू कोही छैनन् होला । उहाँ तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री जुद्ध शमशेरको सल्लाहकार हुनुहुन्थ्यो । जुद्ध शमशेरलाई आर्थिक क्षेत्रको कुनै समस्या पर्यो कि उहाँसँग सल्लाह लिने काम हुन्थ्यो । केही ठूलो काम प‍र्यो कि दरबारबाट उहाँलाई बोलाउने गरिन्थ्यो ।

एक पटक के भएछ भने पाँच पैसाको एउटा ढ्याक बजारबाट एकाएक हराएर गएछ । त्यतिबेला यो नै आर्थिक लेनदेनका लागि सबैभन्दा बढी प्रयोग हुने मुद्रा रहेछ । यसले पूरा बजारमै हल्लीखल्ली मच्चिएछ । सरकारले पनि यस विषयमा गम्भीर चासो राखेको रहेछ । हुँदाहुँदा जुद्ध शमशेरले आर्थिक क्षेत्रको ज्ञान हुने जतिलाई बोलाएर एउटा भेला राख्न लगाएछ । त्यसमा भाइ, भारदार र मन्त्रीहरूको पनि सहभागिता थियो । प्रश्न त्यही थियो, ‘यो पाँच पैसाको ढ्याक बजारबाट कहाँ हरायो त ?

यस विषयमा सबैले आफूले जाने जत्तिको विचार प्रस्तुत गरे । ढ्याक हराएको कसैको के कसैको के खाले दाबी थियो । तर कसैले पनि ठोस उत्तर दिन सकेका थिएनन् । मेरो काका पनि त्यस भेलामा उपस्थित हुनुहुन्थ्यो, तर चुपचाप बसिरहनुभएको रहेछ । पेसाले उहाँ पनि व्यापारी, घरमा आफ्नै ठूलो भाडाकुँडाको पसल भएको । अन्त्यमा जुद्ध शमशेरले उहाँतिर हेर्दा प्रश्न गरेछन्, ‘भन त भएको के हो ?’ सम्भवतः जुद्ध शमशेरलाई कुनै पनि उत्तरबाट चित्त बुझेको थिएन ।

मेरो बुवाको पालामा स्कुल भन्ने नै थिएन । त्यसैले स्कुल गएर पढ्ने चलन पनि थिएन ।

काकाले उत्तर दिनुभयो, ‘यो पाँच पैसाको ढ्याकको मूल्य बजारमा पाँचै पैसा मात्र छ । तर यसको निर्माणका लागि जुन धातु प्रयोग भएको छ, त्यो पाँच पैसाभन्दा बढी भइसकेको छ । अहिले बजारमा यो पाँच पैसालाई गालेर र पगालेर अरू नै वस्तु निर्माण गर्ने गरिन्छ र यसको मूल्य २० पैसा बराबर हुन्छ । त्यसैले यो पाँच पैसाको ढ्याक बजारबाट हराएको हो । यत्तिको थाहा हुने कसैले पनि यो पाँच पैसाको ढ्याकलाई बाहिर बजारमा ल्याउन चाहँदैनन् ।’

यो सुनेर जुद्ध शमशेर प्रभावित भए र तुरुन्तै आदेश दिए, ‘अबदेखि यो पाँच पैसाको ढ्याक बनाउन बन्द गर्नु ।’ काका धेरै पढेलेखेका पनि हुनुहुन्थेन । अझ भन्ने हो भने हो भने मेरो बुवाको पालामा स्कुल भन्ने नै थिएन । त्यसैले स्कुल गएर पढ्ने चलन पनि थिएन । त्यो दरबार स्कुल खुलेको समय नै थिएन । यति हुँदाहुँदै पनि उहाँ यतिकै सफल व्यवसायी हुनुहुन्थ्यो । व्यापारबारे उहाँका प्रचुर ज्ञान थियो । त्यसैले एक खास आर्थिक वर्ष पूरा नेपालमै सरकारलाई सबैभन्दा कर तिर्नेमा मंगलकृष्ण श्रेष्ठको नाम थियो ।

सुरुमा उहाँको भाडाकुँडाकै व्यापार थियो । पछि व्यापारको क्षेत्र र आकार पनि बढ्यो । त्यही बेला दोस्रो विश्वयुद्ध पनि भएको थियो । उहाँले टेक्सटाइलको व्यापार गर्नुभयो, आयातनिर्यातमा पनि हात हाल्नुभयो । जापानबाट सामान झिकाउने काम पनि गर्नुभयो । आम नागरिकबाट पहिलो पटक गोर्खा दक्षिणबाहु प्रथम मानपदवी पाउने उहाँ नै पहिलो हुनुहुन्थ्यो । म सानो छँदा मलाई उहाँ खुबै माया गर्नुहुन्थ्यो । पछि बिरामी हुँदा जहिले पनि मलाई आफ्नो कोठामा बोलाउनुहुन्थ्यो । म उहाँबाट साँच्चै धेरै प्रभावित रहें ।