फाल्गुन २५, २०८२ सोमबार | १२:१४:२२
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै

काठमाडौं । भारत र श्रीलंकामा भइरहेको ट्वान्टी २० विश्वकपमा पराजित भएमा विश्वकपको समूह चरणबाट बाहिरिने खतरामा रहेको अस्ट्रेलियाको खेल सोमबार रहेको छ । सोमबार अस्ट्रेलियाले कोलम्बोमा हुने समूह बी को खेल श्रीलंकासँग बेलुका ७ः१५ मा  हुँदैछ ।

श्रीलंकासँगको खेल जित्नै पर्ने दबाबमा रहेको छ । यदी श्रीलंकासँगको खेल गुमाएमा अस्ट्रेलियाको सुपर आठमा पुग्ने सम्भावना गणितीय हिसाबमा मात्र रहने छ । पहिलो खेलमा आयरल्याण्डलाई सहज रुपमा हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाब्वेसँग पराजित भएको थियो ।

श्रीलंका भने अस्ट्रेलियालाई हराउँदै एक खेल अघि नै सुपर आठमा प्रवेश गर्न चाहन्छ । यस्तै, सोमबार नै अन्य दुई खेल पनि हुदैछन् । दिनको पहिलो खेलमा अफगानिस्तानले युएईको सामना गर्दैछ । यो खेल भारतको दिल्लीमा नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ ।

समूह डी का युएई र अफगानिस्तान यस खेलमा जित निकाल्दै सुपर आठ प्रवेशको सम्भावना कायमै राख्न चाहन्छन् । अफगानिस्तानले हार बेहोरेमा सुपर आठ प्रवेशको उसको सम्भावना औपचारिक रुपमा समाप्त हुनेछ । भने, युएई पराजित भएमा उसको पनि गणितीय सम्भावना मात्र कायम रहन्छ । यस समूहबाट दक्षिण अफ्रिकाले सुपर आठमा प्रवेश पाइसकेको छ ।

सोमबारकै दोस्रो खेलमा इङ्ल्याण्डले इटलीको सामना गर्दैछ । इङ्ल्याण्ड र इटलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः१५ मा भारतको कोलकातामा सुरु हुदैछ । इङ्ल्याण्ड यस खेलमा जित निकाल्दै सुपर आठमा स्थान पक्का गर्ने लक्ष्यमा छ । इटली भने, ठूलो टिमविरुद्ध ऐतिहासिक जित सहित सुपर आठको सम्भावना कायमै राख्न चाहन्छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||