फाल्गुन ३, २०८२ आइतबार | १४:१२:१८
नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू !

नेपाल युएईसँग पराजित

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला एसिया कप राइजिङ स्टार्समा युएईले नेपाललाई पराजित गरेको छ । राइजिङ स्टार्सको दोस्रो खेलमा नेपाललाई युएईले १८ रनले पराजित गरेको हो ।

टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गरेको थियो ।

युएईको जितमा कप्तान इशा ओझाले ६३ बलमा १४ चौका र ९ छक्काको सहयोगमा १ सय २५ रनको शतकीय ईनिङ खेलिन् । ओझाको १ सय ११औं ट्वान्टी २० आई खेलमा यो छैठौं शतक बनाइनन् । सुरुवात राम्रो गरेको नेपालले पावर प्लेमा महत्वपुर्ण ३  विकेट हात पारेको थियो । पछिल्लो दश ओभरमा नेपालले १ सय ४७ रन खर्चिएको थियो ।

हिना चन्डानीले ३८ बलमा ७ चौका सहयोगमा नट आउट ४५ रन बनाइन् । चौथो विकेटका लागि हिना र इशाले १ सय ६७ रनको शतकीय साझेदारी गरे । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता कुवँरले १ विकेट लिइन् ।

युएईले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले ३९ बलमा ११ चौकाको साथमा ५८ रनको अर्धशतकीय इनिङ खेलिन् । दोस्रो विकेटका लागि कप्तान पूजा महतासँग सम्झनाले १ सय ४ रनको शतकीय साझेदारी गरिन् । पूजाले ३५ बलमा ८ चौका र १ छक्काको ५३ रन जोडिन् ।

अर्की ओपनर बिन्दु रावल १८ बलमा १६ रन बनाउँदै आउट हुँदा सिता राना मगर १५ बलमा २२ रनमा नट आउट रहिन् । युएईका लागि सुरक्षा कोटे र हेना चण्डानीले समान २ तथा इन्दुजा नन्दाकुमारीले १ विकेट लिइन् ।

नेपाल लगातार दुई हार सहित प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पहिलो खेलमा भारत ‘ए’ लाई पराजित गरेको युएईको शतप्रतिशत जित पश्चात सेमिफाइनल सम्भावना बलियो भएको छ ।


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।