फाल्गुन २, २०८२ शनिबार | २०:१२:२५
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा

आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा

तस्बिर सौजन्यः आयोजक

बिर्तामोड, फागुन २ । विदेशी खेलाडी जोनाथन जोरिल्लाले ह्याट्रिक गरेपछि मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबमाथि ४–० को जित हासिल गर्दै बिर्तामोडमा जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको चार पटकको पूर्व च्याम्पियन आर्मीमाथि जित हासिल गरेपछि अब मछिन्द्रले उपाधिका लागि अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

अयोला हमजातको क्रसमा जोनाथनले गरेको गोलबाट चौथो मिनेटमै अग्रता लिएको मछिन्द्रले २४ औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो । टोलीका लागि दोस्रो गोल पनि जोनाथनले नै गरेका थिए । उनैले पूहार गरेको फ्रिकिकमा पेनाल्टी बक्सभित्र विपक्षी खेलाडीको ह्यान्ड भएपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसलाई जोनाथन आफैले गोलमा परिणत गरे ।

तस्बिर सौजन्यः आयोजक

पहिलो हाफमै २–० को अग्रता लिएको मछिन्द्रले मध्यान्तरपछि पनि लयलाई कायम राख्यो । ५२ औं मिनेटमा जोनाथनले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गर्नुका साथै टिमलाई तीन गोलको अग्रता दिलाए । विपक्षी रक्षकले राम्ररी क्लियर गर्न नसकेको बललाई प्रदीप बुढाथोकीले मिलाइदिएपछि जोनाथनले सहज गोल गरेका थिए ।

खेलको अतिरिक्त समयमा मछिन्द्रका बैकल्पिक खेलाडी रेजिन सुब्बाले एक गोल थपे । मैदानको मध्यभागमा बल पाएका रेजिनले दई विपक्षी रक्षकलाई बिट गरेर एकल प्रयासमा गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा सौरभ लिम्बु र अतिरिक्त समयममा अभिषेक स्याङतानले गोलका राम्रा अवसर सदुपयोग गर्न नसक्दा मछिन्द्र गोल अन्तर बढाउने मौका गुमाएको थियो ।

तस्बिर सौजन्यः आयोजक

खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले, जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल फागुन ४ गते सोमबार हुनेछ ।


भिडियो
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह