फाल्गुन ३, २०८२ आइतबार | १५:५७:५२
नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल नेपालले टस हार्यो युएईबाट नेपालले पायो १९० रनको लक्ष्य पुलिस सेमिफाइनलमा, क्वार्टरफाइनलमा संकटाको प्रतिद्धन्द्धी चर्च ब्वाइज पुलिसलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद

नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा

काठमाडौं । भारत र श्रीलंकामा जारी ट्वान्टी-२० विश्वकपको समूह चरणको तेस्रो खेलमा नेपाललाई विकेटले पराजित गर्दै वेस्ट इण्डिज एक खेल अगावै सुपर आठमा स्थान बनाउन सफल भएको छ । पराजित नेपाल भने, एक खेल अगावै विश्वकपको अघिल्लो चरण पुग्नबाट असफल भएको छ ।

आइतबार सम्पन्न दिनको पहिलो खेलमा वेस्ट इण्डिजले नेपाललाई ९ विकेटले पराजित गरेको हो । नेपालले दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इण्डिजले १६.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।


वेस्ट इण्डिजको जितमा जेसन होल्डरले महत्वपुर्ण चार विकेट लिए । त्यस्तै कप्तान शाई होपले ४४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय इनिङ खेले । सिमरन हिटमायरले ३२ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४६ रन बनाए । ओपनर ब्राण्डन किंग १७ बलमा २२ रन बनाएर आउट भए । नेपालका नन्दन यादवले एक विकेट लिए ।

भारतको मुम्बईमा रहेको वानखडे क्रिकेट रंगशालामा टस जितेर वेस्ट इण्डिजले बलिङ रोजेसँगै ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रनको योगफल बनायो । खराब सुरुवात गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएसँगै सम्मानजनक योगफल तयार गरेको थियो ।

नेपालले पहिलो दश ओभरमा ४ विकेट गुमाएर ४२ रन बनाउँदा पछल्लो दश ओभरमा भने ९१ रन बनाएको थियो । दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय इनिङ खेले । तेस्रो विश्वकप सहभागिताको इतिहासमा नेपालको यो दोस्रो अर्धशतक हो । विश्वकपमा नेपालका लागि यो नै सर्वाधिक व्यक्तिगत रन समेत हो ।

दीपेन्द्रले सातौं विकेटका लागि सोमपाल कामीसँग ५४ रनको साझेदारी गरे । यो नेपालको सर्वाधिक ठूलो साझेदारी हो। सोमपाल १५ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाउँदै अविजित रहे । गुलसन १४ बलमा ११ रन बनाउँदै आउट भए । लोकेश बम १५ बलमा १३ तथा आसिफ शेख १० बलमा ११ रनमा आउट भए । वेस्ट इण्डिजका लागि जेसन हाल्डरले ४ तथा म्याथ्यु फोर्ड, अकिल हुसेन, रोस्टन चेस र शेमार जोसेफले समान १ विकेट लिए ।

लगातार तेस्रो जित सहित वेस्ट इण्डिज समूह चरणको एक खेल अगावै अर्को चरण (सुपर आठ) मा पुगेको छ । लगातार तेस्रो हार बेहोरेको नेपाल भने विश्वकप समूह चरणबाटै बाहिरिएको छ । नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्नेछ ।


भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।