कार्तिक २९, २०८२ शनिबार | ००:३६:४२
कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कला र गलाका हस्ती पनि एनपिएलमा झुम्दै कर्णालीको लक्ष्य च्याम्पियन जनकपुरले जोगाउला साविक विजेताको रवाफ ? विराटनगर किङ्सः सन्दीप र गप्टिलको निरन्तरता, डु प्लेसिस र पुबुदुको प्रेरणा थपिँदै काठमाडौंको नयाँ रुप, नयाँ प्रशिक्षकका साथ यसपालीको लक्ष्य उपाधि सुदूरपश्चिम रोयल्सको लक्ष्य ‘अपुरो बिजनेस’ पूरा गर्ने सन्तुलित टोलीसाथ उत्रँदै चितवन राइनोज पहिलो संस्करणमा झस्किएको लुम्बिनीको सचेत तयारी लय खोज्दै पोखरा एभेन्जर्स सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर
शनिबारको दिन नेपाली फुटबल

आत्मकथा शृंखला–३ 'किन गरियो किनेको पहिलो बल चिरा पार्दै भागबन्डा ?'

काठमाडौं ।  –पद्मकृष्ण श्रेष्ठ

मैले वास्तविकको बल प्रयोग गरेर फुटबल खेल्न थालेको ११/१२ वर्षको हुँदा हो । म ७ कक्षामा पढ्दै थिएँ, टोलको टिममा परिहालें । त्यति बेला पाटनमा टोल–टोलको खेल हुन्थ्यो । सुरुमा मैले फुटबल बुट प्रयोग गरेर भने खेलिनँ । नाङ्गै खुट्टा खेलें । बाँसको पोल राखेर नै फुटबल खेलेका थियौं । एउटा घटना खुबै रमाइलो छ । एउटा खेलमा हामी एक गोलले अगाडि थियौं, हाम्रै खेलाडीले प्रहार गरेको बल क्रसबारमा लाग्यो र त्यो भाँचियो । त्यसपछि के चाहियो र ? झगडा सुरु भइहाल्यो । हामीले गोल भयो भन्यौं । किनभने बल बनाइएको पोलभित्र गएको थियो ।

विपक्षी टिमले गोल भएन भन्यो । त्यो खासमा बाजी खेल थियो । त्यो थियो, विजेता टिमका प्रत्येक खेलाडीलाई हारेको टिमका खेलाडीले दुई–दुई टुक्रा बरफ ख्वाउने । त्यति बेला कसैको पनि घरमा फ्रिज भन्ने हुन्नथ्यो । त्यसैले एक टुक्रा ‘आइस’ को पनि ठूलो महत्व थियो । हामी त्यसलाई बरफ भन्थ्यौं । त्यसैले त्यो खेल बरफ बाजीको थियो । बजारमा त्यस्तो बरफ भने किन्न पाइन्थ्यो, थर्मसमा राखेर बेच्न ल्याइन्थ्यो । जसले दुई टुक्रा बरफ खान पायो, त्यसको सान नै बेग्लै हुने गथ्र्यो । अब त्यो खेलमा झगडा भएपछि कसैले बरफ खान पाएनन् । बरफ बेच्न ल्याउने पनि व्यापार भएन ।

हाम्रो टिमको नाम थियो, महापाल । विपक्षी टिम थियो, गाबहाल । यो दुई छिमेकी टोलबीचको खेल थियो । जर्सी भने थिएन । खेलाडीको नम्बर हुने त चलन नै भएन । एक दुई जनाले बुट लगाएर पनि खेल्थे, ती सिनियर खेलाडी हुन्थे । हाम्रो महापाल टिमलाई मित्र पुस्तकालय टिम भनिन्थ्यो । त्यस टिममा जुनियर खेलाडीकै बढी बाहुल्य थियो । राम्रा खेलाडी पनि थिए । छिमेकी टोलबाट पनि खेलाडी झिकाउने काम हुन्थ्यो । त्यति बेला प्रयोग हुने बललाई हामी सबैले ‘पाँच नम्बरको बल’ भन्थ्यौं । म प्रायः राइट–इनको भूमिकामा खेल्थें, राइट–आउट भएर पनि खेलें ।

हामी जुनियर खेलाडीसँग खेल्न ढंगको बल भने थिएन । हामी फुटबल खेल्ने लगनखेलमा पुलिस र आर्मीको ब्यारेक थियो । टेन्ट मात्र राखिएको हुन्थ्यो । सर्वसाधारण सजिलै त्यहाँ जान सक्थे । पुलिससँग बल माग्दा हामीलाई दिन्थ्यो र हामी त्यसैबाट फुटबल खेल्थ्यौं । खेलपछि फिर्ता पनि दिनुपथ्र्यो । एकपल्ट हामीबीच के सल्लाह भयो भने अब एउटा बल आफैले किन्ने । सबैले चन्दा दिए, ५-५ पैसा । १०-१० पैसा । बल एउटाको ५/६ रुपैयाँ जति पथ्र्यो । यसरी हामी एउटा बल किन्न सफल भयौं, एक दुई दिन खेल्यौं पनि ।

अहिले साझा कम्प्लेक्स रहेको मैदानमा हामी खेल्थ्यौं । सानो ठिक्कको मैदान थियो । त्यहाँ एक दुई दिन खेलेपछि झगडा भयो । बल आएपछि राम्रा खेलाडीले मात्र खेल्न पाए । ठिक्कका खेलाडीले पनि खेल्न पाएनन् । त्यसैले विवाद सुरु भयो । अन्त्यमा एउटा निर्णय भयो, त्यो बललाई चिरेर आ–आफ्नो भाग लिने । साँच्चै बललाई टुक्रा टुक्रा पारेर बाँडेर लियौं । यसरी हाम्रो पहिलो बलको अस्तित्व रहेन । हाम्रा लागि त्यो खुबै भावनात्मक क्षण पनि रह्यो । त्यति बेलाको हाम्रो फुटबल यस्तो थियो, यस्तो वातावरणमा हुर्केबढेका थियौं ।