भाद्र २३, २०८१ आइतबार | ०६:१४:५८
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास
शनिबारको दिन कतार विश्वकप २०२२

सिक्नका लागि विश्वकप एउटा विशेष कक्षा हो

जर्मनीको फुटबलसँग मेरो विशेष सम्बन्ध छ । मेरोमात्र होइन, सम्पूर्ण नेपाली फुटबललाई जर्मनीको गुण छ । नेपाली फुटबललाई माथि उकास्कने काममा जर्मन प्रशिक्षकहरुले ठूलो भूमिका खेलेका छन् । जर्मनीबाट छात्रवृत्ति पाएर धेरै नेपाली खेलाडीले आफ्नो प्रतिभा निखारेका छन् । मैले पनि आफूमा भएको फुटबल क्षमता निखार्न जर्मनीको सहयोग प्राप्त गरेँ ।

नेपालमा मात्र होइन विश्व फुटबलमै जर्मनीको प्रभाव धेरै छ । फुटबलका नयाँ-नयाँ शैली र रणनीति बनाउनका लागि ‘आरएन्डडी’ (रिसर्च एन्ड डेभलपमेन्ट)मा सबभन्दा बढि लगानी गर्ने देश हो, जर्मनी । यही कारण हो, चार पटक उपाधि जितिसकेको जर्मनी प्रत्येक पटक विश्वकपमा दाबेदारको छविका साथ प्रस्तुत हुने गर्छ ।

चार पटक उपाधि जितेको टोली चार पटक उपविजेता तथा चार पटक तेस्रो र एक पटक चौथो भएको छ ।

चार पटक उपाधि जितेको टोली चार पटक उपविजेता तथा चार पटक तेस्रो र एक पटक चौथो भएको छ । समग्रमा टोलीले १९ पटक विश्वकपमा सहभागिता जनाउँदा आठ पटक फाइनल खेलेको छ भने १३ पटक सेमिफाइनलसम्मको यात्रा गरेको छ । थप तीन पटक क्वार्टरफाइनल पुगेको छ । समूह चरणबाट जर्मनी बाहिरिएको दुई पटक मात्र हो । यही तथ्यांकले पनि विश्व फुटबलमा जर्मनी कहाँ छ भन्ने देखाउँछ ।

हामी स्कुल पढ्ने बेला नेपालमा १६ वर्ष मुनिको प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा म सर्वोत्कृष्ट खेलाडी घोषित भएको थिएँ । त्यसपछि मैले छात्रवृत्तिमा जर्मनी गएर प्रशिक्षण गर्ने मौका पाएँ । जर्मन प्रशिक्षक होल्गर ओभरम्यानले मलाई जर्मनी लाने भूमिका खेल्नुभएको थियो ।

१३ वर्ष नपुग्दै मैले जर्मनीमा गएर झण्डै तीन साताको प्रशिक्षण गर्ने मौका पाएँ । त्यहाँ हामीले जर्मनीको १९ वर्षमुनिको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पनि पाएका थियौं । त्यसबाट आफ्नो सिप निखार्न र अनुभव बटुल्न राम्रो मौका पाइयो ।

विश्व फुटबलको सबभन्दा ठूलो मेला कतारमा मंसिर चारबाट सुरु हुँदैछ । यो हामी फुटबलकर्मीहरुका लागि त एउटा महान चाढ हो । प्रतियोगिता सुरु भएपछि सबै ६४ खेल निक्कै गम्भीर भएर एक थलोमा बसेर हेर्नुपर्छ ।

वाल्यकालमै गएर सिक्ने मौका पाएकोले होला, त्यसपछि स्वभाविक रुपमै जर्मनीको फुटबललाई पछ्याउन थालियो । सकेसम्म जर्मन खेलाडीहरुको सिको गर्ने प्रयास थालियो । प्राविधिक रुपमा कसरी आफ्नो खेल निखार्ने भन्नेमा पनि उनीहरुकै तरिका सिकियो । उनीहरुलाई नै पछ्याउँदै जाँदा जर्मनी नै मन पर्न थाल्यो ।

मैले जर्मनीलाई समर्थन सँगै आफ्नो पोजिसनअनुसारका खेलाडीले खेल्ने शैलीबाट पनि प्रेरित हुने प्रयास थालेँ । विश्व फुटबलको सबभन्दा ठूलो मेला कतारमा मंसिर चारबाट सुरु हुँदैछ । यो हामी फुटबलकर्मीहरुका लागि त एउटा महान चाढ हो । प्रतियोगिता सुरु भएपछि सबै ६४ खेल निक्कै गम्भीर भएर एक थलोमा बसेर हेर्नुपर्छ ।

एउटा खेलाडी, प्रशिक्षक र फुटबलका अन्य विभिन्न भूमिकामा रहेका मानिसका लागि विश्वकप सिक्ने सबभन्दा ठूलो कक्षा हो । यो कक्षामा एउटा गम्भीर विध्यार्थी भएर पढ्नु पर्नेछ । सामान्यतया जर्मनी मेरो फेभरेट टिम हो । उसले जितोसजस्तो लाग्नु स्वभाविक हो । जर्मनीको टोली पनि त्यस्तै बलियो दाबेदार हो । उनीहरुको टिममा सबै खेलाडी आफ्नो पोजिसनमा प्रभाव पार्न सक्ने खालका छन् ।

उनीहरुले अहिलेसम्म देशका लागि विश्वकप जित्न सकेका छैनन् । त्यसैले मेसी वा रोनाल्डोमध्ये कसैले विश्वकप जितोस भन्ने पनि लाग्छ । त्यसो भयो भने जित्ने खेलाडीको महान करियरले हकलाग्दो क्लाइमेक्स पाउनेछ ।

तर, खेलाडीबाट प्रशिक्षकका रुपमा भूमिका फेरिइसकेकाले अब एउटा समर्थकले जसरीभन्दा पनि त्यहाँबाट रणनीतिहरु सिक्ने गरि विश्वकप हेर्नेछु । खासगरि विभिन्न टिमले अपनाउने रणनीति, खेल्ने शैली, खेलाडी विशेषसँग हुने फरक खालका प्रतिभामाथि विश्लेषण गर्ने गरि विश्वकप हेर्नुपर्छ । त्यसो गर्न सकियो भने त्यहाँबाट सिकेका कुरा नेपाली फुटबलमा लागु गर्न सहयोग मिल्नेछ ।

एउटा टिमका रुपमा जर्मनको समर्थन गरे पनि केही खेलाडी विशेषप्रति पनि सहानुभूति रहन्छ । अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्वका सर्वोत्कृष्ट दुई खेलाडी हुन् । देशका लागि दुवैले आ-आफ्नो महादेशीय कप कोपा अमेरिका र युरोपियन च्याम्पियनसिप जिते ।

क्लब स्तरमा र व्यक्तिगत स्तरमा उनीहरुले जित्न बाँकी केही छैन । तर, उनीहरुले अहिलेसम्म देशका लागि विश्वकप जित्न सकेका छैनन् । त्यसैले मेसी वा रोनाल्डोमध्ये कसैले विश्वकप जितोस भन्ने पनि लाग्छ । त्यसो भयो भने जित्ने खेलाडीको महान करियरले हकलाग्दो क्लाइमेक्स पाउनेछ ।

समर्थन गर्नु र चाहना राख्नु एउटा कुरा भयो । तर, विश्वकप यसैले जित्छ भनेर अनुमान गर्नु सबभन्दा कठिन काम हो । विश्वकपका लागि विश्वका सर्वोत्कृष्ट ३२ टोलीले कतारको भ्रमण गर्दैछन् । सबै टोली एक-अर्कालाई हराउने क्षमता राख्छन् । इटाली जस्तो गत वर्षमात्र युरोपियन च्याम्पियनसिप जितेको टोलीले छनोट चरण नै पार गर्न सकेको छैन ।

म आफू नेपालका लागि खेलिरहँदा विश्व फुटबलमा फ्रान्सका थिएरी हेनरी उच्च लयमा थिए । उनी पनि फरवार्ड पोजिसनबाट खेल्थे । हेनरी मलाई सबभन्दा बढि मन पर्ने खेलाडी हुन् । यही कारण मैले आफ्नो छोराको नाम हेनरी राखेँ ।

त्यसैले यसैले जित्छ भन्न नसके पनि विश्वकपमा युरोप र दक्षिण अमेरिकी टोलीहरुकै प्रभाव रहन्छ भन्न चाँही सकिन्छ । समूह चरणमा केही स्तव्धतापूर्ण नतिजा आउलान । नकआउट चरणमा पनि त्यसले निरन्तरता पाउलान । तर, च्याम्पियन हुने भनेको चाँही युरोप र दक्षिण अमेरिकी टिम नै हुन् । अझ भन्ने हो भने, चार/पाँच वटा देशको नामभित्रैबाट नयाँ च्याम्पियन आउनेछ ।

म आफू नेपालका लागि खेलिरहँदा विश्व फुटबलमा फ्रान्सका थिएरी हेनरी उच्च लयमा थिए । उनी पनि फरवार्ड पोजिसनबाट खेल्थे । हेनरी मलाई सबभन्दा बढि मन पर्ने खेलाडी हुन् । यही कारण मैले आफ्नो छोराको नाम हेनरी राखेँ । अहिले मेसी, रोनाल्डोदेखि थुप्रै प्रतिभावान खेलाडी छन् । कतार विश्वकपबाटै कुनै नयाँ सुपरस्टारको उदय हुन पनि सक्छ । यहाँ जसले जसलाई हराउन पनि सक्छ, प्रत्येक संस्करणबाट नयाँ नयाँ नाम उदाएर पछि तिनले विश्व फुटबलमा राज गर्न सक्छन् । विश्वकपको रोमाञ्च भनेकै यही हो ।

(लेखक नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा एन्फाको महिला विभाग प्रमुख हुन् ।)