चैत्र ७, २०८२ शनिबार | १५:१३:१९
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

मौन छ एन्फा, सरिता परियार को हुन ? एन्फा उपाध्यक्ष लामाको विवाद के हो ?

काठमाडौं । पछिल्लो केही सातायता सरिता परियार भन्ने नाम नेपाली फुटबल र फुटबल पत्रकारिता गर्नेहरुबीच निक्कै चर्चाको केन्द्रमा छ ।

सरिता परियार को हुन कसैलाई थाहा छैन । यही नामको व्यक्तिको भौतिक अस्तित्व भए नभएकोमा पनि कोही जानकार छैनन् । तर यही नामबाट आउने इमेलमा भएका सामाग्रीले नेपाली फुटबल प्रशासनलाई भित्रभित्रै नराम्ररी हल्लाइरहेको छ ।

सरिता परियारको नामबाट पछिल्ला दिनमा सबैजसो खेल पत्रकारलाई निरन्तर एन्फाका मुख्य पदाधिकारीहरुको विरुद्धमा विभिन्न तथ्यहरु उल्लेख गर्दै इमेल आइरहेका छन् ।

सबभन्दा पहिला उनको नामबाट जनवरी २३ मा एउटा इमेल आयो, जसमा एन्फाका उपाध्यक्ष दावा लामा लागु औषध अपराधमा पुनरावेदन अदालतबाट दोषी ठहर भएको र अदालतको आदेशअनुरुप पाँच वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना भुक्तान नगरेको उल्लेख थियो । त्यही इमेलमा सरिता परियारले लामालाई पक्राउ गर्दै तोकिएको कैद तथा जरिवाना भुक्तान गराउन सहयोगका लागि सञ्चार माध्यमहरुसँग अनुरोध गरेकी छन् ।

स्वयम सरिता परियारको परिचय नखुलेको अवस्थामा सञ्चार माध्यमहरुले त्यो अनुरोधलाई महत्व दिएनन् । त्यसपछि फेरि जनवरी २९ मा त्यही आइडीबाट ‘समाचार प्रकासित एवं प्रसारित गरिदिने’ भन्दै अर्को इमेल आयो । त्यसमा यही माघ १० गते पाटन उच्च अदालतबाट प्रमाणित गरिएको लामाको मुद्धासम्बन्धि निर्णयको प्रतिलिपी र लामाको नागरिकताको प्रतिलिपी थियो ।

 

जटिल आन्तरिक राजनीतिमा रुमल्लिएको एन्फाभित्रको शक्ति संघर्षमा दावा लामा महत्वपूर्ण नाम हो । २१ सदस्यीय कार्यसमितिका सबै वैठक विवादित हुने एन्फामा निर्णय गराउनका लागि प्रत्येक टाउकोको महत्व छ । लामा अध्यक्ष पंकजविक्रम नेम्वाङका निकट मानिन्छन् ।

प्रत्येकजसो बैठकमा नेम्वाङको पक्षमा ११ जना पुगेर निर्णय हुने गरेका छन् । १० जना सधैजसो विपक्षमा रहने अवस्थामा नेतृत्वको सबभन्दा निकट र सशक्त खम्बा मानिएका लामाविरुद्ध निरन्तर आक्रमण भइरहँदा पनि फुटबल प्रशासनबाट कसैले सार्वजनिक रुपमा केही बोलिरहेको छैन ।

संस्थापन पक्ष सरिता परियार भन्ने कोही मान्छेको भौतिक अस्तित्व नै नरहेको, यो कसैले छद्म नाममा गरिरहेको षडयन्त्र भनेरै पन्छिइरहेको छ । विपक्षीले पनि खुलेर यस विषयमा केही बोल्ने, लेख्ने आँट बटुलेका छैनन् । सबै तै चुप मै चुपको अवस्थामा छन् । जवकि सरिता परियार आइडीको इमेलबाट पत्रकारलाई आएका मेलका विवरण यति सहज र नजरअन्दाज गर्न सकिने खालका छैनन् । निक्कै गम्भीर र चिन्ताजनक छन् ।

जीवनका मुल्य मान्यताहरु स्थापित गर्नुपर्ने फुटबलजस्तो खेलको सर्वोच्च निकायका उपाध्यक्ष लागु औषध सेवन र कारोवारमा अदालतबाट दोषी ठहर भएको विषय इमेलमा छ । यस्तो गम्भीर विषयमा लामा निर्दोष छन् भने स्वयम उनी र नेतृत्वले सरिता परियारविरुद्ध कानुनी उपचार खोज्नुपर्ने होइन ? ‘त्यो नामको कोही मानिस नै छैन, विरोधीले गरेको षडयन्त्र हो’ भनेको भरमा एन्फा पन्छिन मिल्छ ?

अर्कोतिर सरिता परियार स्वयमले पनि यदी लामा दोषी नै हुन भने अदालतबाटै दोषी सावित भइसकेको मान्छेविरुद्ध त्यही अदालतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन नदिएर सञ्चार माध्यमहरुमा इमेलको लर्को किन पठाइरहेकी छिन ? अथवा फुटबल नेतृत्वले भनेझै यो नामको कोही मानिस नै छैन भने जसले त्यो नामको उपयोग गरिरहेको छ, आफै खुलेर किन कानुन कार्यान्वयनको बाटोमा अघि बढ्दैन ?

उसोत अदालतको फैसला कार्यान्वयन निर्देशनालयको आदेशमा नेपाल प्रहरीले लामाविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको चर्चा फुटबल वृत्तमा व्याप्त छ । तर यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । 

के फुटबल प्रशासनमा उपाध्यक्ष लामाविरुद्धको यो अभियान पनि तर्साउने र आफ्नो दुनो सोझ्याउने उद्देश्यको खेल त होइन ? दुवै पक्षको मौनताले फुटबल प्रशासन सामान्य शक्ति संघर्ष र आन्तरिक राजनीतिभन्दा धेरै पर पुगिसकेको संकेत गर्छ । सबैले एक–अर्काका कमजोरीका ठेली लिएर बस्ने अनि आवश्यकता पर्दा त्यसको प्रयोग गर्ने मनसाय हो की भन्ने अनुमानलाई जायज बनाउँछ । यदी त्यसो हो भने फुटबलको अस्वस्थ र अनैतिक राजनीतिका कारण कुनै दिन ठूलो आपराधिक घटना निम्तिने भय रहन्छ ।

यसको जल्दोबल्दो उदाहरण ‘सरिता परियार’को अस्वभाविक सक्रियता हो । यही आइडीबाट हिजाे भर्खर अर्को इमेल आयो । जहाँ दावासँगै खेल सामाग्री उत्पादक कम्पनी केल्मी र एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको पनि नाम जोडिएको छ । नेम्वाङ, दावा र केल्मीको मिलोमतोमा थुप्रै अनियमितता भएको दावी उक्त इमेलमा गरिएको छ ।

इमेलमार्फत सार्वजनिक गरिएका तथ्य र दाबीहरुको कानुनी आधार यहाँ चर्चा गर्न खोजिएको होइन । यस्तो गर्नेको परिचयको हो । अनि यति गम्भीर विषयमा एन्फा मौन बस्न मिल्छ ? भन्ने हो । पक्कै पनि मिल्दैन । नेतृत्वमा रहनेका व्यक्तिगत विवाद तथा स्वार्थप्रेरित लडाईंहरुका कारण नेपाली फुटबल इतिहासकै सबभन्दा बदनाम अवस्थामा छ । सामान्य खेलप्रेमीको विश्वास दिनप्रतिदिन फुटबलले गुमाउँदैछ ।

कोमामा पुगेको नेपाली फुटबललाई सक्रिय अवस्थामा जीवन्त राख्ने हो भने, नेपाली फुटबल राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने हो भने तत्काल कानुनका निर्णयहरु कार्यान्वयन गरिनुपर्छ । एन्फाले मौनताको प्रतिकृया नजनाई परिपक्व तरिकाले सम्बोधन गर्नुपर्छ ।  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो